Shittalpati
पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । उनले ट्वीट गर्दै बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जलि र घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
रामपुर नगरपालिका नगर सभाको १२ औं अधिवेशन
रामपुर नगरपालिका नगर सभाको १२ औं अधिवेशन जिल्लाको रामपुर नगर सरकारको नगर सभा तथा १२ औं अधिवेशन सुरु भएको छ । नगर सभा तथा अधिवेशन विहिबारदेखि रामपुरमा सुुरु भएको हो । सभाको नगर प्रमुख रमण बहादुर थापा र उपप्रमुख बालकुमारी थापाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
निखिलको च्याउ खेती : मासिक दुई लाख कमाई, छ जनालाई रोजगार
निखिलको च्याउ खेती : मासिक दुई लाख कमाई, छ जनालाई रोजगार केही गर्छु भन्ने इच्छा शक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले छेक्दो रहेछ । विश्वास पनि अरूले गर्न नपर्ने रहेछ । जब आफूले आफ्नो इमान्दारिता, असल कर्म र सक्रियतामा विश्वास गरे पुग्ने रहेछ । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ का निखिल खत्रीले आफूले अध्ययन गर्दा सिके अनुसारको व्यवसाय...
आजदेखि स्वस्थानी व्रत सुरु
आजदेखि स्वस्थानी व्रत सुरु प्रत्येक वर्षको पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म चल्ने एकमहिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । मनोकांक्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ । आज हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुभारम्भ गरिदै छ ...
श्री स्वस्थानी ब्रतकथा
श्री स्वस्थानी ब्रतकथा आज पौष शुक्ल पूर्णिमा हो । यस दिनदेखि हिन्दूहरुको घर–घरमा श्री स्वस्थानी ब्रतकथा पढिन्छ र सुनिन्छ । महिला, पुरुष भक्तजनहरु अगेनामा आगो ताप्दै कथा सुन्ने गरिन्छ । शंखरापुर नगरपालिका स्थित शालीनदीको तिरमा रहेको सत्तल, काठमांडौको उत्तरपट्टी रहेको पुरानो बस्ती साँखु लगायतका ठाउँहरुमा भक्तजनहरुले नुुहाउने गर्दछन् ।
स्वस्थानीको सन्देश
स्वस्थानीको सन्देश यस वर्षको स्वस्थानी व्रतकथा आजदेखि शुरु भएको छ । माघ शुक्ल पूर्णिमासम्म हिन्दु धर्मावलम्बीहरूले चोखो बसी घरमा स्वस्थानीको पूजा–आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ ।
पाल्पाको रैनादेवी छहरामा बस दुर्घटना, ६ जनाको मृत्यू, १८ घाइते
पाल्पाको रैनादेवी छहरामा बस दुर्घटना, ६ जनाको मृत्यू, १८ घाइते पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी ढोरपाटन सडक खण्डमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस विहिबार राती दुर्घटना हुँदा खुर्साने गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सबै महिला रहेका छन् ।
पानी नपरेका कारण प्रदूषण बढ्यो
पानी नपरेका कारण प्रदूषण बढ्यो पानी नपरेका कारण केही दिनयतादेखि काठमाडाँै उपत्यकासहित देशभर धुलोधुवाँ पनि बढेको र यसका कारण देशभर प्रदूषण बढेको छ ।
लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान
लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज दलहरूलाई आह्वान गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयलाई आर्थिक अभाव
त्रिभुवन विश्वविद्यालयलाई आर्थिक अभाव सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नु परेको छ । पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाश प्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन पठाउन सकेको छैन ।
स्ववियु चुनाव चैत ५ मा गर्न सिफारिस
स्ववियु चुनाव चैत ५ मा गर्न सिफारिस लामो समयदेखि रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्न सिफारिस गरिएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले चैत ५ मा स्ववियुको चुनाव गर्न कार्यकारी परिषद्मा सिफारिस गरेको हो ।
Weather Update