ओझेलमा रहेको ३ सय ७७ वर्ष पुरानो ‘माण्डव्य ऋषिको मन्दिर’ प्रचार–प्रसारमा चासो
आइतबार, वैशाख २४, २०८०
आज पाल्पा महोत्सवको अन्तिम दिन
आइतबार, वैशाख २४, २०८०
वैशाख १४ गतेदेखि सुरु भएको पाल्पा महोत्सवको आज अन्तिम दिन हो । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भएको १३ औं पाल्पा महोत्सव आज सकिदै छ । महोत्सवको समय थपिनेमा धेरैले अनुमान गरे पनि आयोजकले मेला आजै समापन गर्ने जनाएको छ । पानीका कारण केही दिनको महोत्सव प्रभावित भएकाले महोत्सवको...
घट्यो इन्धनको खपत
आइतबार, वैशाख २४, २०८०
पछिल्लो समय नेपालमा इन्धनको खपत घटेको छ । आर्थिक मन्दीका कारण इन्धनको खपत घटेको हो । अर्थतन्त्र चलायमान हुँदा इन्धनको खपत बढी हुने गरे पनि अहिले अर्थतन्त्र संकटग्रस्त भएकाले मागमा पनि कमी आएको छ ।
बजेट अधिवेशनले सार्थकता पाओस्
आइतबार, वैशाख २४, २०८०
संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । यस अघि मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आजलाई आह्वान गरेका थिए । अधिवेशनमा आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ । तर...
७६ जना कोरोना संक्रमित थपिए
शनिबार, वैशाख २३, २०८०
पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा संक्रमण देखिएको हो ।
शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लगियो
शनिबार, वैशाख २३, २०८०
मायादेवीले सिद्धार्थ गौतमलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतिकका रूपमा लुम्बिनीबाट शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट लगिएको छ । लुम्बिनीमा जन्मिएका सिद्वार्थ गौतमलाई बुद्धपूर्णिमाको अर्काे दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलवस्तु लगिएको थियो । त्यही दिनको प्रतीकका रूपमा शनिबार लुम्बिनीबाट सिद्वार्थलाई तिलौराकोट दरबार लगिएको हो ।
तानसेनको दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालियो
शनिबार, वैशाख २३, २०८०
जिल्लाको तानसेन नगरपालिका –९ दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालिएको छ । वैशाख पूर्णिमाका दिन माण्डव्य ऋषिको रथ यात्रा निकालिएको हो ।
पाल्पामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु
शनिबार, वैशाख २३, २०८०
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर पाल्पामा एक महिलाको मृत्यु भएको छ । जिल्लाको निस्दी गाउँपालिका– ३, खाँदरकी ५४ वर्षीया उमावती गाहाको आफ्नै घरमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्युु भएको हो ।
‘शिक्षा सिक्ने, बिक्ने र टिक्ने बनाउनुपर्छ’
शनिबार, वैशाख २३, २०८०
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले वर्तमान शिक्षालाई सिक्ने, बिक्ने र टिक्ने बनाउनुपर्ने बताएका छन् । जिल्लास्तरीय आधारभुत तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकलाई रामपुरमा सम्बोधन गर्दै प्रमुख खनालले अहिलेको शिक्षा, व्यवहारिक र जीवनउपयोगी नभएको भन्दै अब त्यसलाई सिक्ने, बिक्ने र टिक्ने बनाउनुपर्ने बताएका हुन् ।
इसेवाको अफर :‘एकमा चार’
शनिबार, वैशाख २३, २०८०
भुक्तानी सेवा प्रदायक इसेवाले आकर्षक अफर ल्याएको छ । उसले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै ‘एकमा चार’ नामक अफर ल्याएको हो ।
‘सूचना प्रविधिको प्रयोगबाटै विकास र समृद्धि हुन्छ’
शनिबार, वैशाख २३, २०८०
तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले सूचना प्रविधिको प्रयोगबाट विकास र समृद्धि हासिल गर्न सकिने बताएका छन् । क्यान महासंघ पाल्पाले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको सन्दर्भ पारेर आयोजना गरेको सेमिनारलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गुल्मी अस्पतालमा हाडजोर्नी उपचार सेवा
शनिबार, वैशाख २३, २०८०
गुल्मीमै बाङ्गाटिङ्गा हातखुट्टाको उपचार हुन थालेको छ । रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा यो सेवा शुभारम्भ भएको हो । सेवाग्राही टुमाराम गिरी जिल्लामै उपचार पाएपछि खुसी छन् ।


