Shittalpati
‘कृष्ण’ उपन्यासलाई रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार
‘कृष्ण’ उपन्यासलाई रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार ‘कृष्ण’ उपन्यासलाई यस वर्षको रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा प्राध्यापनरत डा.शंकरप्रसाद गैरेद्वारा लिखित उपन्यासलाई रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार गुठी बाग्लुङले रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार २०७९ प्रदान गर्ने निर्णय गरेको हो ।
साहित्यकार रेग्मीका जम्ल्याहा कृति विमोचन
साहित्यकार रेग्मीका जम्ल्याहा कृति विमोचन पाल्पाली साहित्यकार तथा समीक्षक पुस्कर अथक रेग्मीका जम्ल्याहा कृति काठमाडौंमा विमोचन भएका छन् । रेग्मीद्वारा लिखित शीत बालकथा ‘अर्ती’ र षडऋतु बालकाव्य संग्रह ‘अक्षमाला’को एक भव्य समारोहका बिच विमोचन गरिएको हो । शीत काव्य समाज बागमती प्रदेश र षडऋतु काव्य समाज नेपालको आयोजनामा अथकका दुुई कृति विमोचन भएको छ ।
सामाजिक न्याय दिवसको सार्थकता
सामाजिक न्याय दिवसको सार्थकता हरेक वर्ष फेब्रुअरी २० तारिखमा अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सन् २००७ को २६ नोभेम्बरमा बसेको राष्ट्रसंघको महासभाले सामाजिक न्यायको दिवस मनाउने घोषणा गरेको थियो । सोहीअनुसार सदस्य राष्ट्रले बर्सेनि...
माथागढीको सराईमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुुरु
माथागढीको सराईमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुुरु जिल्लाको माथागढी गाउँपालिका सराईमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन भएको छ । आइतबारदेखि १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो ।
गुल्मीमा आगोमा जलेर एक महिलाको मृत्यु
गुल्मीमा आगोमा जलेर एक महिलाको मृत्यु आगोमा जलेर गुल्मीकी एक ८३ वर्षीया महिलाको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।
रामपुर नगर सरकारले खेलाडीको बिमा गरिदिने
रामपुर नगर सरकारले खेलाडीको बिमा गरिदिने जिल्लाको रामपुर नगरपालिकाले खेलाडीहरुको बिमा गरिदिने भएको छ । उसले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने खेलाडीहरुको दुर्घटना बिमा गरिदिने भएको हो ।
पाल्पाको रिब्दीकोटमा ससुराली गएका ज्वाई मृत फेला
पाल्पाको रिब्दीकोटमा ससुराली गएका ज्वाई मृत फेला बुटवल उपमहानगरपालिका –१२ नयाँ गाउँका ४५ वर्षीय थानेश्वर सुवेदी ससुरालीमा मृत अवस्थामा फेला परेका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका–४ भारकोटमा रहेको आफ्नै ससुराली प्रेम विश्वकर्माको घरमा आइतबार विहान सुुवेदी मृत फेला परेका हुन् ।
उपनिर्वाचनका लागि दल दर्ता आह्वान
उपनिर्वाचनका लागि दल दर्ता आह्वान आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न...
रामपुर अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र
रामपुर अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र पाल्पाकै ठूलो अस्पतालका रुपमा रहेको रामपुर अस्पतालमा लैङ्गिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ । लैङ्गिक हिंसामा परेका नागरिकको स्वास्थ्योपचार, कानुनी उपचार र कानुनी सहायता, परामर्श र पुनरुत्थान गर्ने उद्देश्यले यहाँ एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) स्थापना गरिएको हो ।
महाशिवरात्रिको सन्देश
महाशिवरात्रिको सन्देश
Weather Update