तानसेन नगर सरकारको एक वर्ष : २५ उपलब्धि
शनिबार, जेठ ६, २०८०
अझै पानी घट्टको प्रयोग
शनिबार, जेठ ६, २०८०
पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत प्रविधि लोप हुँदै गएका छन् । तर, गुल्मीका दुर्गम बस्तीमा अझै पनि कुटानी–पिसानीका लागि परम्परागत पानी घट्टको प्रयोग कायमै छ ।
स्थानीय तह : विकृतिबाट माथि उठ
शनिबार, जेठ ६, २०८०
स्थानीय सरकार आम जनताको नजिकको सरकार हो । जो कोहीले खोज्दा भेटिने र देखिने सरकार स्थानीय सरकार भएकाले पनि धेरैको चाहाना जनअपेक्षा काम गरोस् भन्ने हुन्छ । तर स्थानीय सरकार पहिलो कार्यकाल सकेर दोस्रो कार्यकालमा छन् । यो अवधिमा उनीहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको धेरैको गुनासो छ ।
तानसेन नगरपालिका र बुटवल उपमहानगरपालिकाबिच अन्तरसंवाद
शनिबार, जेठ ६, २०८०
जिल्लाको तानसेन नगरपालिका र बुटवल उप महानगरपालिका बिच अन्तरसंवाद भएको छ । शुक्रबार तानसेनमा तानसेन
नगर सरकार र बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु बिच अन्तरसंवाद भएको हो । कार्यक्रममा उनीहरुले आ–आफ्ना पालिकाहरुले गरेका गतिविधि, भोग्नुु परेका समस्या र अनुुभव एक आपसमा राखेका थिए ।
खेलकुद पत्रकार मञ्च पाल्पाको अध्यक्षमा पुनः अर्याल
शुक्रबार, जेठ ५, २०८०
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पाल्पाको अध्यक्षमा माधव अर्याल पुनः निर्विरोध चयन भएका छन् । मञ्चको शुक्रबार तानसेनमा भएको साधारणसभा तथा जिल्ला भेलाले अर्याललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
पाल्पाबाटै लाइसेन्स नविकरण सेवा सुरू
शुक्रबार, जेठ ५, २०८०
पाल्पामै पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नविकरण सेवा सुरु भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेठ ४ गतेदेखि सेवा सञ्चालनमा ल्याएको हो ।
अर्घाखाँचीमा बिजुलीको खम्बाबाट खसेर एकको मृत्यु
शुक्रबार, जेठ ५, २०८०
सन्धिखर्क नगरपालिका–८ किमडाँडामा बिजुलीको खम्बाबाट खसेर एक जनाको ज्यान गएको छ । सो घटनामा एक जना घाइते भएका छन् ।
रामपुरमा आवधिक योजना तर्जुमा कार्यशाला
शुक्रबार, जेठ ५, २०८०
रामपुर नगरपालिकाको आवधिक योजना तर्जुमा सम्बन्धी ३ दिने कार्यशाला गोष्ठि विहिबार देखि शुरु भएको छ । रामपुर नगरपालिकाको आयोजना र प्रदेश सुशासन केन्द्र बाँकेको प्राविधिक सहयोगमा आवधिक नगर विकास योजना तर्जुमा कार्यक्रम अन्तर्गत कार्यशाला गोष्ठि शुरु भएको हो ।
बस दुर्घटनामा एक जनाको मृत्यु
शुक्रबार, जेठ ५, २०८०
दाङमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु२ख ७८५ नम्बरको बस र वीरगञ्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना५ख ४८९८ नम्बरको बस आज बिहान लमही नगरपालिका–३ फल्कापुरमा एकापसमा ठोक्किएका हुन् ।
रामपुरका अव्यवस्थितवासीलाई ‘लाल पुर्जा’, ६ सय १६ जग्गाधनीले पाए पुर्जा
शुक्रबार, जेठ ५, २०८०
रामपुरका अव्यवस्थितवासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । गत वर्षदेखि वितरण सुरु गरिएकोमा हालसम्म ६ सय १६ अव्यवस्थितवासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।
आज नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति
शुक्रबार, जेठ ५, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम शुक्रबार संघीय संसंद्मा प्रस्तुत गर्दै छन् । संघीय संसद्को दिउँसो ४ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपतिबाट आर्थिक वर्ष २०८०/०८१ नीति तथा कार्यक्रम प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ । गठबन्धन नेतृत्वको सरकारको पहिलो नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेको हो ।
भ्रष्टाचारविरुद्धको आन्दोलन सशक्त बनोस्
शुक्रबार, जेठ ५, २०८०
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा ‘हाई प्रोफाइल’कै संलग्नता देखिएपछि नागरिकहरू स्वस्फुर्त रूपमा भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिन थालेका छन् । प्रहरी अनुसन्धानमा दवाब र प्रभाव हुन नदिन खबरदारीका लागि पाल्पासहित देशभरका ठूला शहरमाहरुमा भ्रष्टाचारविरोधी प्रदर्शन हुँदै आएको छ ।

