Shittalpati
डढेलो नियन्त्रणमा चनाखो बन
डढेलो नियन्त्रणमा चनाखो बन मौसम सुक्खा छ । हावाहुरी चल्ने र आगलागी हुने बेला हो यो । विशेष गरी फागुन, चैत हावाहुरी लाग्ने र डढेलोको उच्च जोखिम हुने समय पनि हो । केही दिनयता देशभरका अधिकांश वन–जंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो फैलिएको छ । डढेलोले वायुमण्डललाई प्रदूषित बनाएसँगै कतिपय मानवबस्ती नै जोखिममा परेका...
यूएईलाई हराउँदै विश्वकप छनोटमा नेपाल
यूएईलाई हराउँदै विश्वकप छनोटमा नेपाल आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईसँग भएको एकदिवसीयमा नेपालले जित हासिल गरेको छ । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो । योसँगै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
इन्धनको मूल्य घटेर आयो
इन्धनको मूल्य घटेर आयो भारतबाट इन्धनको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपालाई मूल्य घटाएर पठाएको हो ।
उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा
उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार उपराष्ट्रपतिका लागि मतदान हुँदैछ । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आयोगको ध्यानाकर्षण
आयोगको ध्यानाकर्षण निर्वाचन आयोगले यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ ।
पाल्पा दरबार क्षेत्रका घर संरचना हटाइँदै
पाल्पा दरबार क्षेत्रका घर संरचना हटाइँदै तानसेनमा रहेको ऐतिहासिक पाल्पा दरबार क्षेत्रका घरसंरचना हटाइने भएको छ । तानसेनको मुटुमा रहेको दरबारलाई सुन्दरता प्रदान गरी विश्व पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउन यहाँका घरसंरचना हटाउन लागिएको हो ।
तानसेनको श्रीनगरमा डढेलो नियन्त्रणको अभ्यास
तानसेनको श्रीनगरमा डढेलो नियन्त्रणको अभ्यास गर्मी मौसम शुरु भएसँगै देशभरी आगलागीका घटनाहरु बढ्दै गएको समयमा डढेलो नियन्त्रणका लागि पाल्पामा नौलो अभ्यास सुरु भएको छ । आगलागीका घटनाहरु हुनै नदिन र भइहाले पनि मानव बस्तीमा क्षति नहोस् भन्नका लागि डिभिजन वन कार्यालय पाल्पाले श्रीनगरडाँडाको जंगलबाट नौलो अभ्यास सुरु गरेको हो ।
अधिकांश मासु पसल मापदण्ड विपरीत
अधिकांश मासु पसल मापदण्ड विपरीत यहाँका अधिकांश मासु पसल न्यूनतम मापदण्डविपरीत सञ्चालन भएका भेटिएका छन् । सदरमुकाम तम्घास बजार क्षेत्रमा दुई दिन गरिएको मासु पसलको छड्के अनुगमनका क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन गरिएको पाइएको गुल्मीस्थित भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
मर्कै मर्कामा किसान
मर्कै मर्कामा किसान रासायनियक मलको अभावमा हरेक वर्ष मर्कामा पर्दै आएका किसान अहिले फेरि मलमा दिर्दै आएको अनुदान कटौतीले मर्कामा परेका छन् । किसानले हरेक वर्ष खेतीपाती गर्ने बेलामा मल नपाएर मर्कामा पर्दै आएका थिए । सरकारले उनीहरुको मर्कालाई सम्बोधन गर्नुपर्नेमा झन् दिर्दै आएको अनुदान समेत कटौती गरेर थप मर्कामा पारेको छ 
पाल्पामा पनि बढ्यो दूधको मूल्य
पाल्पामा पनि बढ्यो दूधको मूल्य पाल्पामा पनि बुधबारदेखि दुधको मूूल्य बढेको छ । सरकारले दुधको मूूल्य बढाएपछि जिल्ला दुग्ध उत्पादक सहकारी संघ र नेपाल डेरी एसोसिएसन पाल्पाले दुधको मूूल्य बढाएका हुन् ।
Weather Update