Shittalpati
पाल्पाका प्रमुख व्यक्तित्वलाई रामपुरमा स्वागत
पाल्पाका प्रमुख व्यक्तित्वलाई रामपुरमा स्वागत जिल्लाका प्रमुख व्यक्तित्वहरुलाई रामपुरमा स्वागत गरिएको छ । यहाँको रामपुर नगरपालिकाले भरखरै पाल्पा आए जिल्ला अदालत पाल्पाका न्यायधिस कमलराज विष्ट, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्बर शर्मालाई एक औपचारिक कार्यक्रमका बिच स्वागत गरेको हो ।
आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने
आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने एसियाली विकास बैंक (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव एक प्रतिशतमा खुम्चने र मुद्रास्फीति सात दशमलव चार प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ । “एसियन डेभलपमेन्ट आउटलुक, अप्रिल २०२३” प्रतिवेदनमार्फत् एडिबीले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।
खेलकुद दिवसको सन्दर्भ
खेलकुद दिवसको सन्दर्भ अप्रिल ६ अर्थात् आज ‘अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि खेलकुद दिवस’ विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्र संघ (यूएन) को साधारणसभाले सन् २०१३ को अगस्ट २३ लाई विश्व खेल दिवस घोषणा गरेको थियो । यसलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले अनुमोदन गर्दै सन् २०१४ मा अप्रिल ६ तारिकलाई विश्व खेल...
‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक
‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक विश्व बैंकले ‘नेपाल डेभपलमेन्ट अपडेट’ सार्वजनिक गरेको छ । अर्थसचिव तोयम राया र नेपाल, श्रीलङ्का तथा माल्दिभ्सका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जार्वोसले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
वैशाख १४ गतेदेखि हुन लागेको पाल्पा महोत्सव टुँडिखेलमा हुने
वैशाख १४ गतेदेखि हुन लागेको पाल्पा महोत्सव टुँडिखेलमा हुने आउँदो बैशाख १४ गतेदेखि हुन लागेको पाल्पा महोत्सव तानसेनको टुँडिखेलमा हुने निश्चित भएको छ । महोत्सव आयोजना गर्न लागेको पाल्पा उद्योग वाणिज्य संघले महोत्सवका लागि टुँडिखेलमा स्थान निश्चित गरेको हो ।
पाल्पाको रैनादेवी छहरामा एक युवक मृत फेला
पाल्पाको रैनादेवी छहरामा एक युवक मृत फेला जिल्लाको रैनादेवी छहरा गाउँपालिका –८ बुुडीदमारस्थित खरबारीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । बुडीदमारका झविलाल रानाको ३० वर्षीय छोरो हिमबहादुर राना मृत फेला परेका हुन् ।
उखु खेती प्रवर्द्धन गर्दै रामपुरका युवा
उखु खेती प्रवर्द्धन गर्दै रामपुरका युवा उखुु खेती लोपोन्मुख हुन थालेपछि यहाँका युवाले सामूहिक खेती सुरुआत गरेका छन् । यहाँका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन् । रामपुर नगरपालिका वडा ५ भम्बकमा करिब १५ रोपनी जग्गा भाडामा लिएर स्थानीय जातको उखुलाई प्रवद्र्धन गर्ने उद्देश्यले उखुखेती सुरु गरेको युवा विष्णुप्रसाद गौतमले बताए ।
आठ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा
आठ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा सरकारले ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७ जिल्लाका ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको हो ।
सहकारी दिवसले दिएको सन्देश
सहकारी दिवसले दिएको सन्देश आइतबार चैत्र २० गते राष्ट्रिय सहकारी दिवस देशैभर धुमधामका साथ मनाइएको छ । यो वर्षको सहकारी दिवसले एउटा नौलो र अत्यान्तै प्रभावकारी सन्देश दिएको छ । ‘सहकारीको दीगोपन, स्वनियमन र सुशासन’ भन्ने मूल नाराका साथ मनाइएको सहकारी दिवसले सहकारीको औचित्य अनि त्यसको अवश्यकता माथिको महत्वलाई दर्शाएको छ ।
नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति
नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति भएको छ । पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेको रोहवरमा आज पार्टी कार्यालयमा बसेको बैठकले सबै पक्षलाई समेटेर दश दिनभित्र तदर्थ समितिलाई पूर्णता दिने सहमति भएको हो ।
Weather Update