Shittalpati
‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालन हुन्छ’
‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालन हुन्छ’ नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने बताएका छन् । उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरे  ।
ठगी गर्ने नासु पक्राउ
ठगी गर्ने नासु पक्राउ वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायव सुब्बा पशुपति अधिकारी रहेका छन् ।
ठगी गर्ने गिरोह सार्वजनिक
ठगी गर्ने गिरोह सार्वजनिक वैदेशिक रोजगारीमा क्रममा मृत्यु भएकाहरुका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको आरोपमा प्रहरीले छजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो पत्रकार सम्मेलन गरी काठमाडौँको गोङ्गबु बस्ने रामबहादुर तामाङसहित छ जनालाई सार्वजनिक गरेको हो ।
कार्यसम्पादनमा रैनादेवी छहरा गाउँपालिका उत्कृष्ट
कार्यसम्पादनमा रैनादेवी छहरा गाउँपालिका उत्कृष्ट जिल्लाभरका स्थानीय तहको कार्यसम्पादन सूचक बापतको मूल्यांकनमा रैनादेवी छहरा गाउँपालिका उत्कृष्ट ठहरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीय सञ्चित कोषबाट स्थानीय सरकारलाई प्रदान गर्ने समानिकरण अनुदानका लागि विभिन्न १७ सूचकका आधारमा मूल्यांकन गर्दा यहाँका १० पालिकामध्ये सो गाउँपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरेको हो । सूचकमा कूल...
आजदेखि निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू हुने भएको छ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गर्ने भएको हो ।
फेरि कोभिडकै भय
फेरि कोभिडकै भय केही समय कम भएको कोभिड–१९ महामारीले फेरि बढ्दो रुप लिएको छ । यसले गर्दा आम नागरिकमा फेरी भयको सिर्जना गरिदिएको छ । नेपालमा एक सातायता कोरोना संक्रमितको संख्या बढ्न थालेको हो । पछिल्लो एक सातामा ४ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ । अहिले देखिएको संक्रमण कोरोना भाइरसको नयाँ...
लुम्बिनी म्याराथन दीपक र राजपुरालाई
लुम्बिनी म्याराथन दीपक र राजपुरालाई बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद भन्ने’ मूल नारासहित आयोजित लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल गरेका छन् ।
तानसेनमा हनुमान जयन्ती मनाइयो
तानसेनमा हनुमान जयन्ती मनाइयो जिल्लाको तानसेनमा हनुमान जयन्ती मनाइएको छ । बिहीबार सनातन धर्म सेवा समिति मेहल्धारा तानसेनले हुनुमानको पूजासँगै हनुुमानको मन्दिरमा र·रोगन गरी हनुमान जयन्ती मनाएको हो । हनुमान जयन्तीको अवसरमा सनातन धर्मका अनुयायीले नारायणस्थान फूलबारीस्थित हनुमान मन्दिरमा हनुमानको पुजा गरेका हुन् ।
खेलकुदले मित्रता बढाउँछ : अध्यक्ष ओली
खेलकुदले मित्रता बढाउँछ : अध्यक्ष ओली नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रलाई उपेक्षा नभई थप महत्व दिनुपर्ने बताएका छन् । उनले खेल क्षेत्रबाट राष्ट्रिय पहिचानलाई थप उज्यालो गरी देखाउन सकिने उल्लेख गर्दै खेलाडीलाई सरकारले थप प्रोत्साहन गर्नुपर्नेसमेत बताए ।
लोक दोहोरी प्रतिष्ठान लुुम्बिनीको पाल्पामा भित्तेपात्रो विमोचन
लोक दोहोरी प्रतिष्ठान लुुम्बिनीको पाल्पामा भित्तेपात्रो विमोचन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेशले २०८० सालको भित्ते पात्रो विमोचन गरेको छ । प्रतिष्ठान लुुम्बिनी प्रदेशको आयोजना र प्रतिष्ठान पाल्पा शाखाको सह–आयोजनामा बिहीबार पाल्पाको तानसेनमा भित्तेपात्रो विमोचन गरिएको हो ।
Weather Update