Shittalpati
७६ जना कोरोना संक्रमित थपिए
७६ जना कोरोना संक्रमित थपिए पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा संक्रमण देखिएको हो ।
शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लगियो
शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लगियो मायादेवीले सिद्धार्थ गौतमलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतिकका रूपमा लुम्बिनीबाट शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट लगिएको छ । लुम्बिनीमा जन्मिएका सिद्वार्थ गौतमलाई बुद्धपूर्णिमाको अर्काे दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलवस्तु लगिएको थियो । त्यही दिनको प्रतीकका रूपमा शनिबार लुम्बिनीबाट सिद्वार्थलाई तिलौराकोट दरबार लगिएको हो ।
तानसेनको दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालियो
तानसेनको दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालियो जिल्लाको तानसेन नगरपालिका –९ दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालिएको छ । वैशाख पूर्णिमाका दिन माण्डव्य ऋषिको रथ यात्रा निकालिएको हो ।
पाल्पामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु
पाल्पामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर पाल्पामा एक महिलाको मृत्यु भएको छ । जिल्लाको निस्दी गाउँपालिका– ३, खाँदरकी ५४ वर्षीया उमावती गाहाको आफ्नै घरमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्युु भएको हो ।
‘शिक्षा सिक्ने, बिक्ने र टिक्ने बनाउनुपर्छ’
‘शिक्षा सिक्ने, बिक्ने र टिक्ने बनाउनुपर्छ’ जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले वर्तमान शिक्षालाई सिक्ने, बिक्ने र टिक्ने बनाउनुपर्ने बताएका छन् । जिल्लास्तरीय आधारभुत तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकलाई रामपुरमा सम्बोधन गर्दै प्रमुख खनालले अहिलेको शिक्षा, व्यवहारिक र जीवनउपयोगी नभएको भन्दै अब त्यसलाई सिक्ने, बिक्ने र टिक्ने बनाउनुपर्ने बताएका हुन् ।
इसेवाको अफर :‘एकमा चार’
इसेवाको अफर :‘एकमा चार’ भुक्तानी सेवा प्रदायक इसेवाले आकर्षक अफर ल्याएको छ । उसले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै ‘एकमा चार’ नामक अफर ल्याएको हो ।
‘सूचना प्रविधिको प्रयोगबाटै विकास र समृद्धि हुन्छ’
‘सूचना प्रविधिको प्रयोगबाटै विकास र समृद्धि हुन्छ’ तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले सूचना प्रविधिको प्रयोगबाट विकास र समृद्धि हासिल गर्न सकिने बताएका छन् । क्यान महासंघ पाल्पाले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको सन्दर्भ पारेर आयोजना गरेको सेमिनारलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गुल्मी अस्पतालमा हाडजोर्नी उपचार सेवा
गुल्मी अस्पतालमा हाडजोर्नी उपचार सेवा गुल्मीमै बाङ्गाटिङ्गा हातखुट्टाको उपचार हुन थालेको छ । रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा यो सेवा शुभारम्भ भएको हो । सेवाग्राही टुमाराम गिरी जिल्लामै उपचार पाएपछि खुसी छन् ।
शरणार्थी प्रकरण : अनुसन्धान प्रभावकारी होस्
शरणार्थी प्रकरण : अनुसन्धान प्रभावकारी होस् नक्कली शरणार्थी प्रकरणको विषयले यतिबेला मुलुक तातेको छ । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने विषयमा हाइ प्रोफाइलका व्यक्तिहरु पक्राउ परेपछि त्यो सर्वत्र चासोको विषय बनेको हो । सो प्रकरणमा पूर्वउपप्रधानमन्त्रीदेखि सांसद, मन्त्रीका सल्लाहकार, बहालवाला सचिव पक्राउ परेपछि तरंग उत्पन्न भएको छ ।
प्रहरीका लेखापाल घुससहित पक्राउ
प्रहरीका लेखापाल घुससहित पक्राउ नेपाल प्रहरीका नायव निरीक्षक (सई)घुससहित पक्राउ परेका छन् ।
प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका विभिन्न भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
Weather Update