Shittalpati
पाँच दिन तातो हावा यथावत्
पाँच दिन तातो हावा यथावत् देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
प्रधानमन्त्री दाहालद्वारा लुम्बिनी केबलकार उद्घाटन 
प्रधानमन्त्री दाहालद्वारा लुम्बिनी केबलकार उद्घाटन  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइएमई समूहको लगानीमा निर्मित लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् । उनले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक थालिनी गरेका हुन् । 
पाल्पामा सवारी दुर्घटना न्यूूनिकरणमा चासो
पाल्पामा सवारी दुर्घटना न्यूूनिकरणमा चासो पछिल्लो समय पाल्पामा सवारी दुर्घटना बढ्न थालेपछि न्यूनिकरणमा चासो देखाइएको छ । चालकको लापरवाही र पुराना सवारी साधनका कारण अधिकांस दुर्घटना भएको भन्दै त्यसलाई न्यूनिकरण गर्न सम्बन्धित निकायले चासो देखाएका हुन् ।  
रामपुरका किसानलाई अनुदानमा धानको बीउ
रामपुरका किसानलाई अनुदानमा धानको बीउ पाल्पाको रामपुर नगरपालिकाले किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको छ । धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको हो । नगरपालिकाभित्र बसोबास गर्ने किसानको मागको आधारमा बीउ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिए ।
माथागढीका दुुई स्थानमा स्वास्थ्य ईकाइ स्थापना
माथागढीका दुुई स्थानमा स्वास्थ्य ईकाइ स्थापना जिल्लाको माथागढी गाउँपालिकाका दुई स्थानमा स्वास्थ्य इकाई स्थापना भएका छन् । पालिकाले आव २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाको पाँच स्थानमा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गर्ने कार्यक्रम अनुसार यहाँका दुई स्थानमा अहिले स्वास्थ्य इकाई स्थापना भएका हुन् । 
पर्यटन व्यवसायीलाई प्रोत्साहित गर
पर्यटन व्यवसायीलाई प्रोत्साहित गर पछिल्लो केही समय यता नेपालमा कोरोना महामारी मत्थर भएको छ । महामारी कम भएपछि सबै क्षेत्र निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । तर पर्यटन क्षेत्र भने अहिले पनि पुरानो अवस्थामा फर्किन सकेको छैन । कोरोना महामारी संसारभर कम भइरहेको र अधिकांशले खोप लगाए पनि पर्यटन क्षेत्र तंग्रिन नसक्नु दुखद् हो ...
बजेटमा नागरिकका माग समेट्न भन्दै  तानसेन नगर सरकारलाई एमालेको ध्यानाकर्षण 
बजेटमा नागरिकका माग समेट्न भन्दै तानसेन नगर सरकारलाई एमालेको ध्यानाकर्षण  नेकपा एमाले तानसेन नगर कमिटीले आगामी वर्षको बजेटमा नागरिकका विभिन्न मागहरु सम्बोधन गर्न भन्दै  तानसेन नगर सरकारलाई  ध्यानाकर्षण गराएको छ । एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुराश आत्रेयले विभिन्न विषयबस्तुका १८ बुदाँमा नगर प्रमुख सन्तोषलाल श्रेष्ठ र उप प्रमुख प्रतिक्षा गाहा सिंजालीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । 
 पाल्पाको रानीमहलमा भारतीय गाडी दुर्घटना : ३ घाइते 
 पाल्पाको रानीमहलमा भारतीय गाडी दुर्घटना : ३ घाइते  पाल्पाको रानीमहलस्थित रानीमहल सडक खण्डमा भारतिय नम्वरको गाडी दुर्घटना भएको छ ।  भारतको गोरखपुरबाट रानीमहल पुुगेको युपी ५५ वाइ ३३०१ नम्बरको कार बुधबार दिउँसो दुर्घटना भएको हो । 
दादुरा रोगविरुद्धको खोप अभियान
दादुरा रोगविरुद्धको खोप अभियान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठ भोलिदेखि नौ जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको बताए ।
रिडी खोलामा खस्दा एक पुरुषको मृत्यु
रिडी खोलामा खस्दा एक पुरुषको मृत्यु रिडी खोलामा खस्दा एक पुरुषको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका –१ बर्दीस्थित रिडी खोलमा खस्दा गुल्मीको छत्रकोट गाउँपालिका– ५ मानकोटका ४० वर्षीय निर्मल कुमालको मृत्यु भएको हो । 
Weather Update