Shittalpati
तिनाउ गाउँ सरकारको खर्च : वित्तिय प्रगति ८७ प्रतिशत
तिनाउ गाउँ सरकारको खर्च : वित्तिय प्रगति ८७ प्रतिशत जिल्लाको तिनाउ गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९/८० मा करिब ८७ प्रतिशत वित्तिय प्रगती गरेको छ । गाउँपालिकाले चालुतर्फ तर्फ ८६.९२ प्रतिशत पुँजीगततर्फ ८६. ८२ प्रतिशत रकम खर्च गरेको हो ।
पाल्पामा भानुभक्तको चर्चा
पाल्पामा भानुभक्तको चर्चा पाल्पामा आदिकवि भानुभक्त आचार्यको कृतित्व र व्यक्तित्वको चर्चा गर्दै स्मरण गरिएको छ । २१० औं भानुजयन्तीका अवसरमा पाल्पा साहित्य समाजद्वारा आयोजना गरिएको कवि गोष्ठीमा भानुभक्तको चर्चासँगै स्मरण गरिएको हो ।  
तानसेनलाई काकाकुल बनाउँनेहरु फेरि सलबलाउँदै !
तानसेनलाई काकाकुल बनाउँनेहरु फेरि सलबलाउँदै ! तानसेनवासी निकै सोझा र अनुशासित छन् । महिनौ घरका धारामा पानी नआउँदा पनि विरोध गर्दैनन् । बरु ग्यालेन र गाँग्रो बोकेर धारा, कुवा र पँधेरा धाउँछन् । त्यति मात्र होइन उनीहरु  नियमित खानेपानी महशुल खुरुक्क तिर्छन् । खानेपानीको जिम्मा पाएको निकाय नै गैरजिम्मेवार बन्दा यहाँका नागरिकले वर्षौदेखि खानेपानीको समस्या भोग्नुपरेको...
परम्परागत बाली हराउँदै, बीउ पाउन मुस्किल
परम्परागत बाली हराउँदै, बीउ पाउन मुस्किल बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत बीउ पाउन मुस्किल परेको छ । परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफुलका बिरुवा हिजोआज किसानले लगाएको खासै देखिँदैन । छोटो समयमा धेरै उत्पादन लिन बजारमा आएका उन्नत तथा हाइब्रिड जातका बीउमा धेरैको आकर्षण बढेको छ । थोरै जग्गामा अन्नबाली, तरकारी, फलफूल...
आज विश्व युवा दक्षता दिवस मनाइँदैं
आज विश्व युवा दक्षता दिवस मनाइँदैं जुलाई १५ तारिख अर्थात् आज विश्व युवा दक्षता दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि संसारभरका युवाको समाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि पक्षलाई सुदृढ गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।
युवा दक्षता दिवसको सन्दर्भ
युवा दक्षता दिवसको सन्दर्भ प्रत्येक वर्षजस्तै आज विश्व युवा दक्षता दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभरि मनाइँदै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि संसारभरका युवाको समाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि पक्षलाई सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष जुलाई १५ मा यो दिवस मनाउने गरिएको हो ।
माथागढीमा भुक्तानी लफडा : कर्मचारी माथि दाउरा प्रहारको प्रयास, मागे सुरक्षा, जनप्रतिनिधी समेत संलग्न रहेको आरोप 
माथागढीमा भुक्तानी लफडा : कर्मचारी माथि दाउरा प्रहारको प्रयास, मागे सुरक्षा, जनप्रतिनिधी समेत संलग्न रहेको आरोप  पाल्पाको माथागढी गाउँपालिकामा केही योजनाहरुको भूक्तानीको विषयलाई लिएर कर्मचारी माथि अभद्र व्यवहार भएको पाइएको छ ।  गत बुधबार केही उपभोक्ताहरुले योजनाहरुको भुक्तानी नदिएको भन्दै पालिकाको लेखा शाखामा कार्यरत कर्मचारी, प्राविधिक इन्जिनियर माथि अभद्र व्यवहार गरेको पाइएको हो ।
भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर बदली रहनुका साथै सबै प्रदेशमा वर्षाको सम्भावना रहेको हो । 
सम्भावना नदेखेपछि विदेश पलायन हुँदै खेलाडी
सम्भावना नदेखेपछि विदेश पलायन हुँदै खेलाडी खेल क्षेत्रमै सम्भावना बोकेका खेलाडी पछिल्लो समय वैदेशिक रोजगारका लागि आकर्षित भइरहेका छन् । रामपुर नगरपालिका–७ किसानबारी बस्ने असिम राना आफ्नै खर्चमा खेलमा लगानी गरेर प्रतिस्पर्धा गर्नुपर्दा खेलाडीलाई समस्या पर्ने गरेको बताउँछन् । आठवर्षदेखि भलिबल खेलमा आवद्ध उनी अहिले २४ वर्षको भए । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशको...
आज भानु जयन्ती मनाइँदै
आज भानु जयन्ती मनाइँदै भाषाको माध्यमबाट राष्ट्रिय एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज  देश तथा विदेशमा विविध कार्यक्रम मनाइँदैछ । विसं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको स्मरणमा हरेक वर्ष जन्म जयन्ती मनाउने गरिएको हो ।
होटल व्यवसायी संघ पाल्पाको नयाँ नेतृत्वलाई पद हस्तान्तरण
होटल व्यवसायी संघ पाल्पाको नयाँ नेतृत्वलाई पद हस्तान्तरण होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाको नयाँ नेतृत्वलाई पद हस्तान्तरण तथा  सपथ ग्रहण गराइएको छ । संघको चौथो साधारण सभा एवं दोस्रो अधिवेशनवाट नवनिर्वाचित कार्यसमितिलाई एक औपचारिक कार्यक्रमकाबिच तानसेनमा पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको हो ।
भानुभक्तको स्मरण
भानुभक्तको स्मरण आज असार २९ गते अर्थात् भानु जयन्ती । आजकै दिनमा आदिकवि भानुभक्त आचार्यलाई विशेषरुपमा स्मरण गर्ने गरिन्छ । भाषाको माध्यमबाट राष्ट्रिय एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका आचार्यको २१० औं जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
Weather Update