काँग्रेसले ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउने
मंगलबार, साउन २, २०८०
अधिकमास अर्थात् मलमास सुरु
मंगलबार, साउन २, २०८०
प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ । साउन ३१ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार तीन सय ६५ दिनको वर्ष हुन्छ ।
विदेश भ्रमणमा जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी
मंगलबार, साउन २, २०८०
आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो । उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो ।
गत आवमा लागुऔषध प्रयोग गर्ने साढे पाँच हजारभन्दा बढी पक्राउ
मंगलबार, साउन २, २०८०
गत आर्थिक वर्ष २०७९/८० मा लागुऔषध कारोबार तथा सेवनमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच हजार छ सय ११ जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध तीन हजार सात सय १२ वटा मुद्दा दर्ता गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
१० हजार डलरसहित विदेशी नागरिक पक्राउ
मंगलबार, साउन २, २०८०
नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षार्थ खटिएको नेपाल प्रहरीको नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँदेखि दुवई जान लागेका लेवनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ढोलीमारा किवीले हराभरा
मंगलबार, साउन २, २०८०
जिल्लाको पूर्वखोला गाउँपालिका –२ जल्पाको ढोलीमारा यति बेला किवीले हराभरा भएको छ । ७ वर्षअघिसम्म बाँदरबाट मकैबारी जोगाउन मुस्किल पर्ने ढोलीमाराका बारीहरु यतिबेला किवीले हराभरा देख्न सकिन्छ । अहिले व्यावसायिक रुपमा किवी खेती थालिएपछि एकातिर बाँदरबाट बाली जोगिएको छ भने अर्कोतिर किसानले सामूहिक रुपमा थालेको व्यवसायिक किवीबाट सफलता पाउन थालेका...
आगोको राँको बालेर लुतो फालियो
मंगलबार, साउन २, २०८०
साउने संक्रातिका दिन आगोको राँको बालेर लुतो फालिएको छ । साउन १ गतेका दिन साँझ घर–घरका छत/आगनबाट आगोको राँको बालेर लुतो फालिएको हो । विशेषतः पहाडी जिल्लाका गाउँहरुमा आगोको राँको बालेर लुतो फालिएको छ । आगोको राँका बालेर शरीरमा पुछेर फालेमा वर्षभरीको दुःखकष्ट रोगग्रह जाने र घरमा शान्ति आउने जनविश्वास...
बालेन कार्य शैली आजको आवश्यकता !
मंगलबार, साउन २, २०८०
काठमाडौं नेपालको संघीय सरकारको राजधानी हो तर आजभोली काठमाडौं शहरलाई जनता भन्दैछन् बालेन शहर । नभनुन् पनि कसरी यतिका वर्ष होला की ? भन्ने आशमा अस्त व्यस्त, भिडभाड, फोहोरका थुप्रोमा बसेका काठमाडौवासीलाई छोटो अबधिमै विकासका रुपरेखाहरु देखाउन सफल भैसकेका छन् मेयर बालेन शाह । प्रविधिमैत्री, समयको माग अनुसारको विकासका समाचारहरुले...
किसानको पीडामा गम्भीर बन
मंगलबार, साउन २, २०८०
असार–साउनको महिना मानो छरेर मुरी उब्जाउने बेला हो । किसान यतिबेला खेतीपातीमै व्यस्त छन् । उनीहरु एकातिर खेती लगाउने काममा व्यस्त छने भने अर्कोतर्फ ‘लम्पी स्किन’को महामारीका कारण पीडामा छन् । ‘लम्पी स्किन’का कारण किसानले पालेका गाईभैंसी संक्रमित हुनुको साथै मरेका छन् ।
तानसेनका अधिकांस पसलमा ठूलो परिणाममा अखाद्य वस्तु भेटियो
सोमबार, साउन १, २०८०
पाल्पाको सदरमुकाम तानसेनका किराना पसलमा अखाद्य वस्तु बिक्री गरेको पाइएको छ । अनुगमनका क्रममा ठूलो परिणाममा अखाद्य वस्तु बरामद गरिएको हो ।
गुल्मीमा रातो प्लेट गाडीले यात्रु बोके कारवाही गरिने
सोमबार, साउन १, २०८०
रातो नम्बर प्लेट (निजी सवारी) ले यात्रुु बोके कारवाही गरिने भएको छ । जिल्लाका विभिन्न ठाउँहरुबाट रातो नम्बर प्लेटका गाडीले यात्रु बोकेको भन्ने गुनासो आएपछि ईलाका प्रहरी कार्यालय रिडीले त्यस्ता गाडीलाई कारवाही गर्ने भएको हो ।
इनोभेसनको ठहर : दुध तथा पशु उत्पादनमा वृद्धि
सोमबार, साउन १, २०८०
नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना बुटवलले पाल्पा तथा गुल्मी जिल्लामा सञ्चालित उप आयोजना कार्यक्रमले दुध तथा पशु उत्पादनमा वृृद्धि भएको ठहर गरेको छ । आयोजना कार्यालय बुटवलले तानसेनमा गरेको समिक्षा कार्यक्रममा दुध तथा पशु उत्पादनमा वृद्धि भएको र वास्तविक कृषकहरु लाभान्वित भएको ठहर गरेको हो ।
गाडी भाडा घट्यो, पाल्पा–काठमाडौंको कति ?
सोमबार, साउन १, २०८०
यातायात व्यवस्था विभागले साउन २ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै मूल्य घटेपछि सार्वजनिक यातायातको भाडा घटाइएको हो ।


