आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइदैं
बुधबार, साउन २४, २०८०
मुलुकको राजनैतिक अवस्था : हाम्रो दायित्व
बुधबार, साउन २४, २०८०
हाम्रा धार्मिक चाडपर्वहरु हामी सबैका आँगनमा तछाड मछाड गरेर आउँदैछन् । बर्षायामसँगै अहिले जताततै हरियालीमयी प्रकृतिको मनोरम आनन्दमयी वातावरण निर्माण भइरहेका बेला मानो रोपेर मुरी उब्जाउने चटारोसँगै मुलुक निर्माण गर्ने जिम्मेवार निकायहरु अहिले गैर राजनैतिक चरित्रको शिकार भएका छन् ।
रोल्पामा बस दुर्घटना : चार जनाको मृत्यु
मंगलबार, साउन २३, २०८०
रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । मत्यु हुनेमा तीन पुरुष र एक महिला छन् । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नं को बस त्रिवेणी गाउँपालिका–७ तिला रीचिमा दुर्घटना भएको हो ।
रामपुरलाई व्यवस्थित शहर निर्माणका लागि सम्भाव्यता अध्ययन
मंगलबार, साउन २३, २०८०
रामपुर नगरपालिकालाई व्यवस्थित शहर निर्माणका लागि सम्भाव्यता अध्ययन अन्तर्गत योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी भएको छ । सम्भाव्यता अध्ययनको क्रममा सरोकारवालाहरुसँग राय तथा सुझाव संकलनका लागि सोमबार कार्यशाला गोष्ठी भएको हो ।
लुम्बिनी प्रदेशका विभिन्न सडक पहिरोले अवरुद्ध
मंगलबार, साउन २३, २०८०
वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न स्थानमा खसेको पहिराले राजमार्गहरु अवरुद्ध भएका छन् । लगातारको वर्षाका कारण राजमार्ग क्षेत्रमा खसेको पहिराले सवारी आवागमन अवरुद्ध भएका हुन् । बुटवलस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्ड, भालुवाङ–प्यूठान सडकखण्ड र लमही–घोराही सडकखण्ड पहिराले अवरुद्ध भएका छन् ।
रकम नपाएपछि मिसनले रोक्यो बिमा उपचार
मंगलबार, साउन २३, २०८०
सरकारले भुक्तानी नदिएपछि तानसेनको युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थागित गरेको छ । लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि अस्पतालले आइतबारदेखि स्वास्थ्य बिमा कार्यक्रम रोकेको हो ।
धान उत्पादन बढाऔं
मंगलबार, साउन २३, २०८०
सरकारले कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा धान उत्पादन भने घट्दै गएको छ । अघिल्लो वर्षहरुको तुलनामा यस वर्ष भने धान उत्पादन झन घट्ने अनुमान गरिएको छ । साउनको मध्य हुँदा मुलुकभर धान रोपाइँ ७७ प्रतिशत मात्र भएको छ ।
पाल्पामा डेंगीबाट एक महिलाको मृत्यु
सोमबार, साउन २२, २०८०
डेंगी संक्रमणबाट पाल्पामा एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन मधुसुधन भट्टराईका अनुसार तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको डेंगीबाट मृत्यु भएको हो ।
गत आवमा यस्तो देखियो वाणिज्य बैंकको वित्तीय स्वास्थ्य
सोमबार, साउन २२, २०८०
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएका वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० को आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरुको वार्षिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा खुद मुनाफा उल्लेख्य रुपमा बढेको छ । वितरणयोग्य मुनाफा भने घटेको छ ।
तेइस ठेकेदार कम्पनी कालोसूचीमा
सोमबार, साउन २२, २०८०
विभिन्न सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम २३ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको खरिद अनुगमन कार्यालयले जनाएको छ ।
ढुंगा खसेर जिप च्यापिदा तीन जना घाइते
सोमबार, साउन २२, २०८०
पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै सिद्धार्थ राजमार्गमा सडक माथिबाट खसेको ढुंगाले जिप च्यापिदा तीन जना घाइते भएका छन् । सोमबार बिहान ढुंगा खस्दा बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको सिंगल क्याप पिकप बलेरो जिपलाई च्याप्दा गाडीमा सवार तीन जना घाइते भएका हुन् ।
घर, टहरा भत्काइएको क्षेत्र बन्यो पार्किङ्ग स्थल
सोमबार, साउन २२, २०८०
तानसेन नगर सरकारले ऐतिहासिक पाल्पा दरबार क्षेत्र वरपरका घर, टहरा भत्काएपछि बनेको पार्किङ्ग स्थल । नगर सरकारले तानसेनको मुटुमा रहेको दरबारलाई सुन्दरता प्रदान गरी विश्व पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउने उद्देश्यले वैशाख ६ गते यहाँका ५७ घर, टहरा भत्काएको थियो ।
रामपुरमा जेष्ठ नागरिकहरुको भेला, उमेर मिल्नेहरु भेट हुँदा उत्साहित
सोमबार, साउन २२, २०८०
जिल्लाको रामपुरमा जेष्ठ नागरिकहरुको भेला भएको छ । जेष्ठ नागरिक समन्वय समिति रामपुर–६, पाल्पाले जेष्ठ नागरिकहरु समाजका पथप्रदर्शक रहेको भन्दै उनीहरुलाई एक ठाउँमा भेला गराएको हो । भेलामा नगरभित्रका ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु सहभागी रहेका थिए ।


