राज्यको नियम कानुन सबैले मान्नु पर्छ : सासंद गैरे
शनिबार, साउन २०, २०८०
भारी वर्षाको सम्भावना
शनिबार, साउन २०, २०८०
नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । साथै मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पाल्पामा जग्गा तथा आवास विकास संघ गठन
शनिबार, साउन २०, २०८०
पाल्पा जग्गा तथा आवास विकास संघको तदर्थ समिति गठन गरिएको छ । तानसेनमा बसेको घरजग्गा व्यवसायीहरुको भेलाले तदर्थ समिति गठन गरेको हो ।
के एमालेले सधै संसद् अवरोध गरिरहने हो ?
शनिबार, साउन २०, २०८०
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसद् अवरोध गर्ने कार्य उसको विशेषता नै बनेको छ । सत्तामा हुँदै पनि संसद्प्रति अनुदार देखिएको एमाले सत्ताबाहिर हुँदा निरन्तर त्यसविरुद्ध उभिँदै आएको छ । जनताका प्रतिनिधिहरूको आवाज व्यक्त गर्ने ठाँउ निरन्तर अवरोध हुँदा संसद्माथि नै प्रश्न उठ्ने गरेको छ । एमालेले अब कतिञ्जेल यो...
सिटिजन्सका ग्राहकलाई क्रिमसन अस्पतालमा छुट
शनिबार, साउन २०, २०८०
सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएसँगै बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।
खानेपानीमा अत्यधिक ‘कोलीफर्म’
शनिबार, साउन २०, २०८०
स्याङ्जाका स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना संकलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो ।
मिसन अस्पतालमा बिमा उपचार सेवा स्थगित गर्ने निर्णय यथावत् , जस लिने दाउमा राजनीतिक दल
शुक्रबार, साउन १९, २०८०
तानसेनस्थित युनाईट मिसन अस्पतालले बिमा उपचार सेवा स्थगित गर्ने निर्णय यथावत राखेको जनाएको छ । साउन १२ गते पत्रकार सम्मेलन गरी साउन २१ गतेदेखि बिमा उपचार सेवा स्थगित गर्ने निर्णय गरेको अस्पतालले सो निर्णय यथावत् रहेको जनाएको हो ।
काँग्रेस लुम्बिनी प्रदेशले भदौ पहिलो हप्ता प्रशिक्षण दिदै
शुक्रबार, साउन १९, २०८०
संगठन सुुदृढीकरणमा लागेको नेपाली काँंग्रेस लुम्बिनी प्रदेशले भदौ पहिलो हप्ता प्रशिक्षण दिन लागेको छ । शुक्रबार दाङको भालुबाङस्थित प्रदेश कार्यालयमा बसेको प्रशिक्षण विभागको बैठकले आगामी भदौ पहिलो हप्ता प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो ।
नेपाली क्रिकेटका पूर्वकप्तान ज्ञानेन्द्रले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास
शुक्रबार, साउन १९, २०८०
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गरेर उनले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् ।
वडा अध्यक्ष अधिकारीले भने ‘ नदीजन्य पदार्थ निकासीमा राजनीतिक पूर्वाग्रह साँधियो’
शुक्रबार, साउन १९, २०८०
जिल्लाको बगनासकाली गाउँपालिका –६ का वडा अध्यक्ष लक्ष्मी प्रसाद अधिकारीले नदिजन्य पदार्थ निकासीमा राजनीतिक पूर्वाग्रह साँधिएको बताएका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पालिकाले गरेको निर्णय र समाचारमा आएका कुराहरुमा कुनै सत्यता नभई राजनीतिक पूर्वाग्रह साँधिएको बताएका हुन् ।
लम्पी स्किन पीडितलाई क्षतिपूर्ति देऊ
शुक्रबार, साउन १९, २०८०
देशभरका पशुमा देखिएको ‘लम्की स्किन’ रोग महामारीको रुपमा देखिएको छ । यो रोगका कारण हजारौं पशुको मृत्यु हुँदा पनि यसको रोकथामतर्फ कसैको ध्यान गएको देखिँदैन । सरकारले यस रोग नियन्त्रणका लागि प्रभावकारी कदम चालेको दावी गरे पनि पूर्णरुपमा रोकिएको छैन ।
पाल्पा सबस्टेसनको आईईका लागि सार्वजनिक सुनुवाई
शुक्रबार, साउन १९, २०८०
पाल्पा सबस्टेसन तथा प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (आईई) का लागि सार्जजनिक सुनुवाई कार्यक्रम गरिएको छ । नेपाल विद्युत प्राधिकरणद्वारा प्रस्तावित आयोजनाको आईई प्रतिवेदनका लागि सरोकारवाला निकायसँग सुझाव संकलन गर्न सार्वजनिक सुनुवाई गरिएको हो ।
संसद्प्रति एमाले सधै ‘अनुदार’
शुक्रबार, साउन १९, २०८०
सत्तामा हुँदै पनि संसद्प्रति अनुदार देखिएको नेकपा एमाले सत्ताबाहिर हुँदा निरन्तर त्यसविरुद्ध उभिँदै आएको छ । उसले संसद्लाई जनताका समस्या उठाउने र समाधान खोज्ने थलोभन्दा आफ्नो स्वार्थ पूरा गर्न त्यसलाई प्रयोग गर्दै आएको छ । आफ्नो राजनीतिक अभिस्ट पूरा गर्न प्रधानमन्त्री, मन्त्रीहरुको राजीनामा माग्ने र संसद अवरुद्ध गर्ने एमालेको नियमित...


