रेडक्रसको अर्धवार्षिक समीक्षा
सोमबार, साउन २२, २०८०
पाल्पामा अडानले मनायो १८ औं स्थापना दिवस
सोमबार, साउन २२, २०८०
लेखापरीक्षकको छाता संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) पाल्पा शाखाले १८ औं स्थापना दिवस मनाएको छ । अडानले तानसेनमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
लामखुट्टेको टोकाइबाट बचौं
सोमबार, साउन २२, २०८०
पानी पर्न सुरु भएदेखि डेंगीका विरामी बढ्दै गएका छन् । देशभरका जिल्लाहरुमा डेंगीका विरामीहरु बढेका छन् । यो मौसममा बढी सचेत र सजग हुनुपर्छ । अहिले डेंगु महामारी ६९ जिल्लामा प्रवेश गरिसकेको छ ।
पाल्पामा काँग्रेस र प्रेस युनियनबिच छलफल
आइतबार, साउन २१, २०८०
नेपाली काँग्रेस पाल्पा र नेपाल प्रेस युुनियन पाल्पा शाखाबिच तानसेनमा छलफल भएको छ । नेपाली काँग्रेसका गतिविधि, पार्टी र प्रेस युनियनले खेल्नुपर्ने भूमिका लगायतका विषयमा व्यापक छलफल भएको हो ।
विद्युतीय कारोबार गर्ने छ विदेशी कम्पनीले तिरे कर
आइतबार, साउन २१, २०८०
विद्युतीय कारोबार गर्ने छ विदेशी कम्पनीले कर तिर्न सुरु गरेका छन् । गत आर्थिक वर्ष २०७९/८० देखि लागू गरेको विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डिएसटी) वापत हालसम्म त्यस्ता कम्पनीबाट करिब रु १० करोड राजस्व सङ्कलन भएको ठूला करदाता कार्यालयले जानकारी दिएको छ ।
‘स्वास्थ्य बिमा कार्यक्रममा देखिएको समस्या छिट्टै समाधान हुन्छ’
आइतबार, साउन २१, २०८०
प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरेले पाल्पाको स्वास्थ्य बिमा कार्यक्रममा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । उनले स्वास्थ्य बिमा बोर्डसँग पाल्पामा देखिएको समस्याका बारेमा छलफल भइरहेकाले छिट्टै समाधान हुने बताए ।
आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै
आइतबार, साउन २१, २०८०
आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक रूपमा मान्यता दिएको थियो । नेपाल लगायत अधिकांस देशहरुले अगस्टको पहिलो आइतबार यो दिवस मनाउने गर्दछन् ।
अप्पर हाइड्रोको आइपीओ खुला
आइतबार, साउन २१, २०८०
अप्पर लोहोरे खोला हाइड्रोपावरले आइपीओ खुला गरेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधरणको लागि आइपीओ खुला गरेको हो । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओको लागि साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ ।
सम्बन्ध मजबुत बनोस्
आइतबार, साउन २१, २०८०
अन्तर्राष्ट्रिय मित्रता दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक रूपमा मान्यता दिए पनि नेपाल लगायत अधिकांस देशहरुले अगस्टको पहिलो आइतबार मनाउने गर्दछन् ।
पाल्पामा गुल्मेली चेलीबेटी समुह गठन
शनिबार, साउन २०, २०८०
पेशा, व्यवसाय, रोजगार र अध्ययनको शिलशिलामा गुल्मीबाट पाल्पामा बसोवास गर्दै आएका गुल्मेली चेलीहरुले पाल्पामा गुल्मेली चेलीबेटी समुह गठन गरेका छन् । जिल्लामा रहेका गुल्मेली चेलीहरुको शनिबार तानसेनमा भएको भेलाले गुल्मेली चेलीबेटी समुह गठन गरेको हो ।
डा. भगवान कोइराला पाल्पामा पुरस्कृत
शनिबार, साउन २०, २०८०
वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला जन्मथलो पाल्पामा सम्मानसहित पुुरस्कृत भएका छन् । नेपाल औषधि व्यवसायी संघ पाल्पाले सातौं साधारण सभाका अवसरमा ‘औषधि व्यवसायी संगम सम्मान तथा पुरस्कार’ बाट डा. कोइरालालाई पुुरस्कृत गरेको हो ।


