नवजनचेतना राष्ट्रिय दैनिक २०८० असोज १ गते सोमबार
सोमबार, असोज १, २०८०
आज दर खाँइदै, भोलि निराहार व्रत
आइतबार, भदौ ३१, २०८०
हरितालिका (तिज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तिज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ ।
तानसेन खानेपानीको विशेष साधारण सभा : संशोधित विधान पारित
आइतबार, भदौ ३१, २०८०
तानसेन खानेपानी उपभोक्ता समितिको संशोधित विधान पारित भएको छ । शनिबार तानसेनमा भएको उपभोक्ता तदर्थ समितिको विशेष साधारण सभाले संशोधित विधान २०८० पारित गरेको हो ।
काँग्रेसले देशैभर संविधान दिवस मनाउने
आइतबार, भदौ ३१, २०८०
नेपाली काँग्रेसले देशैभर संविधान सदवस मनाउने भएको छ । काँग्रेसले ३ असोजमा देशका ७ सय ५३ पटै स्थानीय तहमा दिवस मनाउने भएको हो । उसले सबै स्थानीय तहमा संविधान दिवस विशेष कार्यक्रम गर्न मातहतका निकायहरूलाई पत्राचार समेत गरेको छ ।
पाएँ त खाएँ नगरौं
आइतबार, भदौ ३१, २०८०
मिठा–मिठा परिकारका साथमा आज दर खाइँदै छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अघिल्लो दिन दर खाने प्रचलन विगत देखि नै रहेको हो । नेपाली महिलाहरु व्रत बस्नु अघिल्लो दिन घरमा टन्न दर खाने र भोलिपल्ट तिजको व्रत बस्ने गर्छन् । दर खाने निहुँमा आफ्नो स्वास्थ्य बिग्रने खालका खाद्यवस्तु...
दुर्घटनामा दुईको मृत्यु
शनिबार, भदौ ३०, २०८०
चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना ८ ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्याङ्करले विपरीत
भोजपुरका किसानको रोजाइमा चिराइतो खेती
शनिबार, भदौ ३०, २०८०
चिराइतो खेती भोजपुरका किसानहरुको रोजाइमा परेको छ । बहुउपयोगी जडीबुटी चिराइतोबाट मकै, आलुलगायतको तुलनामा खेती गर्न सहज हुने र आम्दानी पनि मनग्य हुने भएपछि किसानको रोजाइमा परेको हो ।
तरकारी खेतीबाट वार्षिक २५ लाख बढी आम्दानी
शनिबार, भदौ ३०, २०८०
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा रु २५ लाख बढी आम्दानी गर्दै आएका छन् । डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले दुई बिघा १० कड्डा जग्गामा खेती गर्दै आएका हुन् ।
रामपुर नगरपालिकाले गर्यो विद्यार्थीलाई सम्मान
शनिबार, भदौ ३०, २०८०
जिल्लाको रामपुर नगरपालिकाले विद्यार्थीहरुलाई सम्मान गरेको छ । उसले ५९ औँ बाल दिवसका अवसरमा २०७९ सालमा माध्यमिक शिक्षा परीक्षा एसईईमा ३.६५ जिपिए र सो भन्दा बढी जिपिएका साथ उत्तिर्ण भएका २३ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
ओजोन तह बचाउ दिवसको सन्दर्भ
शनिबार, भदौ ३०, २०८०
आज १६ सेप्टेम्बर अर्थात् ओजोन तह संरक्षणका लागि अन्तर्राष्ट्रिय दिवस । विश्वभर बर्सेनि आजकै दिनलाई विश्व ओजोन तह बचाउ दिवस मनाइने गरिन्छ । यस दिन विश्वभरि विभिन्न कार्यक्रम गरेर मनाइन्छ । ग्लोबल वार्मिङका कारण पृथ्वीको तापमान बढ्दै गएकोमा विश्व समुदाय चिन्तित भइरहेकै बेला यो दिवस मनाइँदै छ ।
लुम्बिनी प्रदेश मन्त्रालय बढाउने दाउमा
शनिबार, भदौ ३०, २०८०
लुम्बिनी प्रदेश सरकारमा पावर सेयरिङमा कुरा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकस भएको छ । ८ दलको समर्थनमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार रहे पनि मन्त्रीहरूको शक्ति बाँडफाँटमा कुरा नमिल्दा ढिलाइ भएको हो ।
संघीयता विफल भए : त्यसकाे दोषी संघीय सरकार हुन्छ : मुख्यमन्त्री चौधरी
शुक्रबार, भदौ २९, २०८०
लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले, प्रदेश सरकारलाई केन्द्र सरकारले अधिकार नदिएकाे आराेप लगाएका छन ।


