सांसदद्वारा शान्तिसुरक्षा हुनुपर्ने माग
बिहीबार, असोज १८, २०८०
गुल्मी प्रशासन कार्यसम्पादनमा देशकै उत्कृष्ट
बिहीबार, असोज १८, २०८०
जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादनमा देशभरबाटै उत्कृष्ट भएको छ । नेपाल सरकार गृह मन्त्रालयले तयार गरेको कार्यसम्पादन सम्झौता मूल्याङ्कनका सुचाकहरुको आधारमा देशका ७७ जिल्लामध्ये गुल्मी उत्कृष्ट भएको हो ।
मौसममा क्रमिक सुधार
बिहीबार, असोज १८, २०८०
मौसममा केही सुधार हुँदै गएको छ । लगातार पाँच दिनदेखि परेको झरी विहीबारदेखि भने केही सुधार हुँदै गएको हो । पाल्पासहित देशका अधिकांस स्थानको मौसम क्रमिक रुपमा सुधार हुँदै गएको छ ।
पाल्पामा असोजमै पाक्यो सुन्तला !
बिहीबार, असोज १८, २०८०
सामान्यतयाः मंसिर–पुस महिना सुन्तला पाक्ने सिजन हो तर पाल्पामा भने भदौको अन्त्यदेखि सुरु भई असोज महिनामै लटरम्म पाकेका छन् । यहाँको सुन्तला जात फलफूल विकास केन्द्र तानसेनको फर्ममा सुन्तला फलेको मात्रै छैन पाकेर पहेँलपुर भएका छन् ।
कालीगण्डकी गाउँ सरकारको अनुदानमा व्यावसायिक फूलखेती
बिहीबार, असोज १८, २०८०
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा व्यावसायिक सयपत्री फूलखेती गरिएको छ । गाउँपालिकाका विभिन्न वडाका समूह, सहकारी तथा व्यक्तिले ६० रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरेका हुन् ।
आज विश्व शिक्षक दिवस मनाइँदै
बिहीबार, असोज १८, २०८०
‘हामीले चाहेको शिक्षाको लागि शिक्षकहरू चाहिन्छ : शिक्षक अभावलाई उल्टाउन विश्वव्यापी अनिवार्यता’ भन्ने नाराका साथ आज विश्व शिक्षक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
सेन्ट कपितानियोमा रेडक्रस गठन
बुधबार, असोज १७, २०८०
तानसेनस्थित सेन्ट कपितानियो स्कुलमा नेपाल युवा जुनियर रेडक्रस सर्कल गठन भएको छ । स्कुलमा भएको विद्यार्थीहरुको भेलाले सर्कल गठन गरेको हो ।
तीन दिनको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना
बुधबार, असोज १७, २०८०
आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोशी र बागमती प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।
यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते
बुधबार, असोज १७, २०८०
सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ ।
भिण्डीले बजार नपाएपछि किसान समस्यामा
बुधबार, असोज १७, २०८०
व्यावसायिक उत्पादन गरिएको भिण्डी (रामतोरियाँ) ले बजार नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । घरायसी प्रयोजनका लागि मात्रै भिण्डी लगाउँदै आएका किसानले यसपटक व्यावसायिक रूपमा खेती गरेका थिए ।
आज विश्व पशु दिवस मनाइँदै
बुधबार, असोज १७, २०८०
आज विश्व पशु दिवस मनाइँदैछ । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन हरेक वर्ष अक्टोबर ४ तारिखमा विश्व पशु दिवस मनाउने गरिन्छ ।
दुर्लभ चराको बासस्थान बन्दै रेसुङ्गा–मदाने वन
मंगलबार, असोज १६, २०८०
“रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र दुर्लभ चराको मुख्य बासस्थान बन्दै गएको छ”, नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले भने, “विश्वमा पाइने दुर्लभ चरामध्ये यहाँ छ प्रजाति भेटिएका छन् ।”
विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे
मंगलबार, असोज १६, २०८०
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।


