नवजनचेतना राष्ट्रिय दैनिक २०८१ जेठ १० गते बिहिबार
बिहीबार, जेठ १०, २०८१
गाउँ फर्किएर व्यवसायिक गाई–भैसी पालन
बुधबार, जेठ ९, २०८१
गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२ वर्ष विदेश बसे । विदेश (दुवई) मा उनले होटलमा काम गर्थे । उनी एकपटक घर आएको बेला फेरि विदेश जान मन लागेन । अन्ततः पाण्डेले २०७० सालदेखि व्यावसायिक गाईपालन सुरु गरे ।
आज युगकविको सम्झना गरिँदै
बुधबार, जेठ ९, २०८१
युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औँ जन्म जयन्ती आज मनाइँदै छ । विसं १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उनको जन्म भएको थियो । उनको जन्म जयन्तीको अवसरमा श्रेष्ठको योगदान सम्झना गर्दै जन्म जयन्ती मनाउन लागिएको हो ।
जैविक विविधता संरक्षण आवश्यक
बुधबार, जेठ ९, २०८१
पारिस्थितिक प्रणाली, त्यस भागका रूपमारहेका जीवर वनस्पतिको सम्बन्ध तथा विविधतालाई नै जैविक विविधता भन्ने गरिन्छ । आकाशीय, स्थलीय, जलीय, सामुद्रिकर अन्य क्षेत्रमा रहेका जीवजन्तुहरूको पारिस्थितिक प्रणालीमा विविधता रहन्छ । जैविक विविधताले प्राणी, वनस्पति तथा सूक्ष्म जीवात्माको जातीय–प्रजातीय विविधता, आनुवांशिक विविधता तथा पारिस्थितिक प्रणालीको विविधता समेतलाई जनाउँछ ।
म भक्त देवको
मंगलबार, जेठ ८, २०८१
हवा छ स्वच्छ मन्दमा, छ स्वच्छ तेज गण्डकी
बनेर कृष्ण देवता, लिएर पद्म कुण्डली ।
गुमेको आँखाको ज्योति फर्काउँदै रिब्दीकोट सरकार
मंगलबार, जेठ ८, २०८१
आँखाको ज्योति गुमाएर अन्धकार जीवन बिताइरहेकी रिव्दीकोट गाउँपालिका–२ लघुवाकी विष्णु कुमारी नेपाल अहिले आँखा देख्ने भएकी छन् । नजिकैको स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा अप्रेसन गरेपछि उनले आँखा देख्न थालेकी हुन् । ‘मलाई २ बर्ष अघि नै मोतियाविन्दु भएको थियो, गाउँपालिकाले वडामै आँखा शिविर राख्यो, आँखा जचाँए, गाउँपालिकाले नि:शुल्क अप्रेसन गरिदिएकाले अब...
विपद् व्यवस्थापनमा पूर्व तयारी गर
मंगलबार, जेठ ८, २०८१
प्राकृतिक विपद् बाजा बजाएर आउँदैन । यो कति बेला आउन्छ भन्ने कुनै पूर्व अनुमान गर्न सकिदैन । तथापी विपद् प्रतिकार्य योजना बनाएर तयारी अवस्थामा रहने हो भने विपद्बाट हुन सक्ने क्षतिबाट केही हदसम्म बच्न भने सकिन्छ । विशेष गरी बर्खा र खडेरीको समयमा सबै भन्दा बढी प्राकृतिक विपद्का घटना हुने...
रास्वपा र सहकारीप्रतिको गिर्दो जनविश्वास
सोमबार, जेठ ७, २०८१
चिन्ता रास्वपाको होइन, चिन्ता आमनागरीकसँग सरोकार राख्ने सहकारीको हो । जसको सम्बन्ध तल्लो सिमान्तकृत वर्ग जसले सानो पुँजी बचत गर्ने र परिचालन गर्ने हैसियत राख्दछन् । ती वर्ग जसको नेपालको राजनीतिमा ठूलो पहुँच पनि राख्दैनन् ।
स्थानीय सरकार : आगो निभाउन दमकल छैन, जनप्रतिनिधिलाई महँगा गाडी
सोमबार, जेठ ७, २०८१
पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा यही वैशाख १९ मा लागेको डढेलो बस्तीमा फैलिएपछि ३३ घरगोठ जलेर नष्ट भए ।
पाल्पामा ९ हजार ४ सय ६७ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
सोमबार, जेठ ७, २०८१
यही जेठ १३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रम अन्तर्गत पाल्पाका ९ हजार ४ सय ६७ बालबालिकालाई आइपिभी खोप उपलब्ध गराउने तयारी गरिएको छ ।


