लुम्बिनी प्रदेशमा मन्त्रालय बढाउनु हुँदैन भन्ने हाम्रो अडान हो : सभापति पुन
आइतबार, मंसिर १०, २०८०
तानसेन सहकारीको १५ औं साधारण सभा
शनिबार, मंसिर ९, २०८०
तानसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ औं साधारण सभा गरेको छ । सहकारीले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी तानसेनमा साधारण सभा गरेको हो ।
अर्को संविधानको नाममा युग खेर फालिदैंन : महामन्त्री थापा
शनिबार, मंसिर ९, २०८०
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान संविधानको नाममा युग खेर नफालिने बताएका छन् । उनले काँग्रेसको नेतृत्वमा आएको शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा संविधान नै फेर्ने गरी अहिले टिकाटिप्पीहरु आएको भन्दै अब अर्को संविधानको नाममा युग खेर नफालिने धारणा व्यक्त गरे ।
गरिमा विकास बैंक १७ औं वर्षमा प्रवेश
शनिबार, मंसिर ९, २०८०
गरिमा विकास बैंक लिमिटेड १७ औं वर्षमा प्रवेश गरेको छ । सबैका लागि पहुँच भन्ने नाराका साथ बैंकले १६ औं वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेश गरेको हो ।
अलैँची बिक्रीबाट २४ करोड आम्दानी
शनिबार, मंसिर ९, २०८०
अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर रु २४ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
शनिबार, मंसिर ९, २०८०
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ ।
आजको मौसम : पहाडी भेगमा आंशिक बदली, काठमाडौँमा सफा
शनिबार, मंसिर ९, २०८०
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ ।
घरबाटै महिला हिंसा अन्त्य गरौं
शनिबार, मंसिर ९, २०८०
आजबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाइने गरिएको छ ।
भारतीय तरकारीले बजार पाएपछि नेपाली किसान मर्कामा
शनिबार, मंसिर ९, २०८०
भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा स्याङ्जाका कृषकले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । कठिन भौगोलिक अवस्थाका कारण यहाँका किसानकोे तरकारीको उत्पादन लागत बढी पर्न जान्छ ।
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइँदै
शनिबार, मंसिर ९, २०८०
आज २५ नोभेम्बर अर्थात् अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदैछ । यस वर्ष ‘एकजुट हुनुहोस् : महिला र केटीहरु विरुद्ध हिंसा अन्त्य गर्न सक्रियता’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।
पाल्पाको सराईमा भोलीदेखि व्यापार महोत्सव हुँदै
शुक्रबार, मंसिर ८, २०८०
जिल्लाको माथागढी गाउँपालिका –३ सराई बजारमा यही मंसिर ९ गते भोली शनिबार देखी २१ गतेसम्म दोस्रो माडी सांस्कृतिक पर्यटन कृषि तथा व्यापार महोत्सव २०८० हुने भएको छ । सराई युवा क्वल पाल्पाको आयोजना, गाउँपालिका तथा ३ नं वडा कार्यालययको समन्वयमा महोत्सव हुन लागेको हो ।
पिकअप र मोटरसाइकल ठोक्किँदा बुटवलमा एक जनाको मृत्यु
शुक्रबार, मंसिर ८, २०८०
पिकअप र मोटरसाइकल ठोक्किँदा बुटवलमा एक जनाको मृत्यु भएको छ । बेलवास–बेथरी सडक खण्ड अन्तरगत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको बलेरो पिकअप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल ठोक्किंदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको हो ।


