रुपन्देहीबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
आइतबार, पुस ८, २०८०
पाल्पाको सिजी सिमेन्ट उद्योगमा स्थानीयले लगाए ताला, शनिबारदेखि काम ठप्प
आइतबार, पुस ८, २०८०
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–२ सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगमा ताला लागेको छ । उद्योगले धूलोधूवा गराएको, तीब्र गतिमा टिपर चलाएको, जथाभावी फोहोर गरेको, वातावरणीय प्रदुषण बढाएको भन्दै स्थानीयले शनिबारदेखि उद्योगमा ताला लगाएका हुन् ।
तानसेनमा क्रिसमसको रौनक
आइतबार, पुस ८, २०८०
पाल्पाको तानसेनमा क्रिसमसको रौनक छाएको छ । यस वर्ष सोमबार परेको क्रिसमस डे पर्वको अवसर पारेर यहाँका चर्चहरुमा रौनक छाएको हो । क्रिसमस डे पर्वको अवसर पारेर तानसेनमा रहेका इसाई धर्मावलम्बीले शनिबार खुसियाली मनाउँदै र्याली निकालेका छन् ।
पाल्पामा महिलाको पाठेघर र स्तन क्यान्सरको शिविर , दुई सय बढीले लिए सेवा
शनिबार, पुस ७, २०८०
पाल्पा लायन्स क्लवको आयोजना, नेपाल अष्ट्रेलियन राजदुतावास, नेपाल अष्ट्रेलियन सर्भाइकल क्यान्सर फाउण्डेसनको सहयोगमा पाल्पाको तानसेन र रामपुरको जब्गादीमा एक दिने निःशुल्क महिलाको पाठेघर मुख र स्तन क्यान्सरको शिविर सञ्चालन गरिएको छ ।
निस्दीको एक घरमा आगलागी : ९ महिने बालिकाको मृत्यु, भैसी र बाख्रा समेत जले
शनिबार, पुस ७, २०८०
जिल्लाको निस्दी गाउँपालिका–३, क्याङ्रुङ् गाउँको एक घरमा शनिबार आगलागी हुँदा ९ महिने बालिकाको मृत्यु भएको छ । श्याम बहादुर पल्लीको माटो ढुङ्गाले बनेको फुसले छाएको एकतले कच्ची घरमा आगलागी हुँदा घरमा सुुतिरहेकी बालिकाको ज्यान गएको हो ।
साहित्य प्रतिष्ठानको वार्षिक दिवस : प्रतिभा सम्मान र छात्रवृत्ति वितरण
शनिबार, पुस ७, २०८०
शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले प्रतिष्ठान स्थापनाको १८ औं वार्षिक दिवस र ९५ औं कुलमणि देवकोटा जन्म जयन्ती मनाएको छ । प्रतिष्ठानले शनिबार तानसेनमा प्रतिभा सम्मान पुरस्कार समर्पण एवं छात्रवृत्ति वितरण कार्यक्रम गरी वार्षिक दिवस र देवकोटा जन्म जयन्ती मनाएको हो ।
पाल्पाका सांसद गैरेले गरे वार्षिक प्रगति सार्वजनिक
शनिबार, पुस ७, २०८०
पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य ठाकुुर गैरेले संसदको पहिलो एक वर्षे कार्यकालको वार्षिक प्रगति सार्वजनिक गरेका छन् ।
१६८ मुरी धान फलाएका बम्जन दम्पती पुरस्कृत
शनिबार, पुस ७, २०८०
पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो ।
किसान आकर्षित नहुँदा मासिदै जौँ खेती
शनिबार, पुस ७, २०८०
रुकुमपूर्वमा दशक अघिसम्म प्रशस्त मात्रामा गरिने जौँखेती हराउँदै गएको छ । कुनै समय जिल्लाको प्रमुख बाली भित्र पर्ने सो खेतीप्रति किसान आकर्षित नहुँदा पछिल्लो समय बिरलै मात्रामा देखिने गरेको छ । अहिले पूजा आजामा आवश्यक पर्ने जौँसमेत जिल्लामा उत्पादन हुन छाडेको छ ।
मासिक डेढ लाख कमाउँछन् हिरालालले
शनिबार, पुस ७, २०८०
जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्छन् ।
सुन्तलाखेतीमा मास्टरसाब : बर्सेनि पाँच लाख कमाइ
शनिबार, पुस ७, २०८०
धेरै जागिरेहरू अवकाश पछि आराम गर्छन् । तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेशामा बिताउँदासमेत थाकेनन् । एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उनी सुन्तलाखेतीमा रमाउँदै आएका छन् ।
समस्या राजनीतिक नेतृत्वमा की कर्मचारी प्रशासनमा ?
शनिबार, पुस ७, २०८०
लोकतान्त्रिक गणतान्त्रिक संघीय साशन व्यवस्थाको अभ्यास भएको पनि करीब दुई दशक पुरा हुन लाग्यो । यस साशन व्यवस्था सञ्चालनका परिपुरक जस्तै मानिने राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनले यसको बागडोर राम्रोसँग सञ्चालन गर्नमा भने समस्या सिर्जना भएको देखिन्छ ।
जल्दोबल्दो समस्या समाधानमा इमान्दारिताका साथ काम गर्छु : प्रजिअ काफ्ले
शनिबार, पुस ७, २०८०
नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा पाल्पा आएका आनन्द काफ्लेले पाल्पाको जल्दोबल्दो समस्या समाधानमा इमान्दारिताका साथ काम गर्ने बताएका छन् ।


