रामग्राम क्षेत्रलाई भाडामा लगाउने सम्झौता खारेज गर्न समितिको निर्देशन
आइतबार, माघ २८, २०८०
प्रेस चौतारी पाल्पाको दोस्रो साधारणसभा रामपुरमा
आइतबार, माघ २८, २०८०
प्रेस चौतारी नेपाल पाल्पा शाखाको दोश्रो साधारण सभा रामपुरमा भएको छ । चौतारीले एक समारोहकोबिच साधारण सभा गरेको हो । सभाको प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले उद्घाटन गरेका हुन् ।
पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा अन्याय हुने गरी काम हुँदैन : अध्यक्ष लम्साल
शनिबार, माघ २७, २०८०
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा अन्याय र अपमान हुने गरी काम नहुने बताएका छन् ।
नेपाल शिक्षक संघ पाल्पाको जिल्ला प्रतिनिधि सभा , उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै रैनादेवी छहरा शिक्षक संघ सम्मानित
शनिबार, माघ २७, २०८०
नेपाल शिक्षक संघ पाल्पाको २३ औँ जिल्ला प्रतिनिधि सभा भएको छ । तानसेनमा एक औपचारिक कार्यक्रम गरी संघले सभा गरेको हो ।
बस दुर्घटनामा २० जना घाइते
शनिबार, माघ २७, २०८०
चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।
लिम्बू भाषाको वंशावली सार्वजनिक
शनिबार, माघ २७, २०८०
लामो समयको खोज अनुसन्धानपछि फेम्सोहाङ लिबाङ (लिम्बू) समुदायको वंशावली सार्वजनिक भएको छ । दश वर्षको अनुसन्धानपछि शुक्रबार मोरङको पथरीशनिश्चरेमा उक्त वंशावली सार्वजनिक गरिएको हो । साँवा वंशावलीका अध्यक्ष धनप्रसाद साँवाको प्रमुख आतिथ्यमा वंशावली सार्वजनिक भएको थियो ।
प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर
शनिबार, माघ २७, २०८०
नेपाल प्रहरी श्रीमती संघले बिहीबार रुपन्देहीमा कार्यरत प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
अझै सुध्रिएन अर्थतन्त्र
शनिबार, माघ २७, २०८०
मुलुक अहिले पनि आर्थिक संकटबाट गुज्रिरहेको छ । बजारमा उपभोक्ताले खर्च गर्न नसक्ने अवस्था अझै कायम छ । अर्थतन्त्रका बाह्य पक्षमा सुधार भएपनि आन्तरिक पक्ष कमजोर भएको छ । सरकारका निम्ति खर्च गर्ने पर्याप्त स्रोत समेत जुट्न सकेको छैन । तर सरकारले भने अर्थतन्त्र सुधारको बाटामा लागेको दाबी गर्दै आएपनि...
सरकारले तीन दिन प्रजातन्त्र दिवस मनाउने
शनिबार, माघ २७, २०८०
सरकारले आउँदो फागुन ७ को ऐतिहासिक दिनको महत्वलाई जनस्तरमा पु¥याउन तीन दिनसम्म विविध कार्यक्रम आयोजना गर्ने भएको छ । सरकारले फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गरी भव्य रुपमा प्रजातन्त्र दिवस मनाउने भएको हो ।
अब सबै पालिकामा हुलाक, १ हजार ६ सय ३६ दरबन्दी खारेज
शनिबार, माघ २७, २०८०
सरकारले हुलाक सेवा सबै पालिकाहरुमा विस्तार गर्ने भएको छ । संगठन संरचना परिवर्तन गर्दै सरकारले हुलाक सेवालाई पालिकाहरुमा विस्तार गर्ने भएको हो ।
पाल्पा राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनलाई
शुक्रबार, माघ २६, २०८०
जिल्लाको सदरमुकाम तानसेनमा भएको पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तानसेन नगरपालिकाले हात पारेको छ । तानसेनले लगातार पाँचौं पटक उपाधि हात पारेको हो ।


