पाल्पामा हाइस दुर्घटना हुँदा ७ जना घाइते
सोमबार, साउन २८, २०८१
विषालु च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी
सोमबार, साउन २८, २०८१
जिल्लामा विषालु जंगली च्याउ खाँदा एकैघरका आठ जना बिरामी परेका छन् ।
आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
सोमबार, साउन २८, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको मौसमविद् सरोज पुडासैनाले जानकारी दिए ।
पाल्पामा डेंगी संक्रमण बढ्दो
सोमबार, साउन २८, २०८१
जिल्लामा डेंगी संक्रमितको संख्या बढ्दोक्रममा रहेको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा दिनहुँ डेंगी संक्रमण बढ्दै गएको हो ।
आठ महिनाको अवधिमा जिल्लामा एक सय १५ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले बताए । उनका अनुसार यो तथ्याङ्क जनावरी १ देखि अगस्ट १० सम्मको हो ...
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
सोमबार, साउन २८, २०८१
आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । युवासँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । युवाका मुद्दा र सवाललाई सम्बोधन गर्ने उद्देश्यले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ ।
युवाका समस्या जस्ताको त्यस्तै
सोमबार, साउन २८, २०८१
आज विश्वभर अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । १९९९ देखि विश्भरिका राष्ट्रहरूले उत्सवका रूपमा मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको छ । युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारूक गरान यो दिवसको घोषण गरिएको हो ...
श्री ७ सिद्धि विनायक सहयोग समितिमा नयाँ नेतृत्व
आइतबार, साउन २७, २०८१
श्री ७ सिद्धि विनायक सहयोग समितिमा नयाँ नेतृत्व चयन भएको छ । तानसेनमा बसेको समितिको बैंठकले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
काँग्रेस नेता सिवाकोटीले भने ‘काँग्रेस–एमाले सरकारले नागरिकमा व्याप्त निराशा तोड्न सकेन भने आशाको सञ्चार कस्ले गर्ने ?’
आइतबार, साउन २७, २०८१
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता अजयबाबु शिवाकोटीले काँग्रेस– एमाले सरकारले नागरिकमा व्याप्त निराशा तोड्नुपर्ने बताएका छन् । काँग्रेसको जारी केन्द्रीय कार्यसमिमित बैठकको चौथो दिन आइतबार सम्बोधन गर्दै उनले नागरिकमा आशा सञ्चार गर्नुपर्ने बेलामा निराश बनाउने छुट अहिलेको सरकारलाई नभएको भन्दै आशाको सञ्चार गराउनुपर्ने बताएका हुन् ।
अभिभावक पढाउँदै बाल ज्योति
आइतबार, साउन २७, २०८१
केही अपवादबाहेक, अभिभावकहरुले आफ्नो बालबच्चालाई समय दिदैनन् । ग्रामीण र अशिक्षित समाजमा भन्दा सहरी र शिक्षित समाजमा यो समस्या बढ्दो छ ।
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढे
आइतबार, साउन २७, २०८१
स्याङ्जामा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको संख्या बढी रहेको पाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको संख्या पाँच हजारभन्दा बढी रहेको छ ।
बैंकको नाफा ६४ अर्ब १५ करोड
आइतबार, साउन २७, २०८१
वाणिज्य बैंकहरूले एक आर्थिबक वर्षमा ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो आर्थिक वर्ष ०८०/८१ मा २० वटा वाणिज्य बैंकले कमाएको खुद नाफा हो ।
बंगलादेशको घटनाबाट पाठ सिकौं
आइतबार, साउन २७, २०८१
बंगलादेशमा भएको घटनाले यति बेला विश्वको ध्यान खिचेको छ । लगातार १५ वर्ष बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिनाले गत सोमबार सत्तासँगै देश छाड्नुपरेको घटना यति बेला सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । लोकतन्त्रकी सेनानीको रुपमा छवि बनाएको व्यक्तिले एकाएक सत्ता र देश छोड्नुले पनि स्वभाविक रुपमा चासो हुनुलाई...


