Shittalpati
आज मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस
आज मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ । महिला बेचबिखन विरुद्ध अभियान सञ्चालन गरिरहेका सामाजिक संस्था र सरकारी तवरबाट बेचिएका चेलीबेटीको उद्दार, बेचबिखनबाट जोगाउन चाल्नुपर्ने कदम लगायतका विषयमा चेतनामुलक कार्यक्रम गरि मनाउँदै छन् ।
तिज : सद्भाव र संस्कृतिका रुपमा मनाऔं 
तिज : सद्भाव र संस्कृतिका रुपमा मनाऔं  आज तिजको पहिलो दिन दर खाएर मनाइँदै छ । माइतीले आफ्ना चेलीहरूलाई बोलाएर विभिन्न मीठा(मीठा परिकार खुवाएर यस दिनलाई रमाइलोसँग मनाउने गर्छन् । विशेष गरी विवाह गरेर गएका छोरीचेलीहरू माइतीघरमा आएर खिर, घिउ, दूध, दही, मिठाई, फलफूललगायतका परिकारलाई दरको रूपमा खाने गर्छन् ।
निष्ठाको राजनीतिक कायम राख्छौ : नेता भण्डारी
निष्ठाको राजनीतिक कायम राख्छौ : नेता भण्डारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले नेपाली काँग्रेस पाल्पाका पूर्व सभापति तथा प्रजातन्त्र सेनानी स्व.ठाकुर चन्द्र (विप्र) कोइरालाको निष्ठानको राजनीति कायम राख्ने बताएका छन् । बधुबार नेपाली काँग्रेस पाल्पाले स्व. कोइरालाको निवास तानसेन –६ बर्तुङ्गमा सातौं दिनको पूण्य तिथिमा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै...
मुलुक पछाडी फर्कनु हुन्न, अब परिवर्तनको बाटोमा जानुपर्छ : डा. भण्डारी
मुलुक पछाडी फर्कनु हुन्न, अब परिवर्तनको बाटोमा जानुपर्छ : डा. भण्डारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले मुलुक अब परिवर्तनको बाटोमा जानुपर्ने बताएका छन् । बुधबार नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भण्डारीले मुलुक अब परिवर्तनको बाटो अघि बढ्नुपर्ने बताएका हुन् ।
तिनाउ खोलामा शव फेला
तिनाउ खोलामा शव फेला जिल्लाको माथागढी गाउँपालिका– ३ बेलटारीस्थित तिनाउ खोलामा एक पुुरुषको शव फेला परेको छ । बुधबार तानसेन नगरपालिका –९ का ५६ वर्षीय मानबहादुर कुमालको शव फेला परेको हो ।
अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम
अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ । विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञ बताउन्छन् । उनिहरुका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमलगायतका रोग बढ्दो क्रममा छ ।
आजको मौसम :  देशको  केही स्थानमा हल्का, कतै भारी वर्षा
आजको मौसम :  देशको  केही स्थानमा हल्का, कतै भारी वर्षा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जारी रहेको छ ।  मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
सहकारी सम्बन्धी छानबिन समितिको म्याद थप
सहकारी सम्बन्धी छानबिन समितिको म्याद थप सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको म्याद थपिएको छ । प्रतिनिधिसभाले समितिको म्याद १५ दिन थपेको हो । समितिका संयोजक सूर्य थापाले प्रतिनिधिसभामा पेस गरेको म्याद थपसम्बन्धी प्रस्ताव मंगलबार बहुमतले पारित भएको छ ।
महिनाभर मनाउने गुँला पर्व आज सकिदै
महिनाभर मनाउने गुँला पर्व आज सकिदै नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले महिनाभर मनाउने गुँला पर्वको आज समापन हुँदै छ । प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदाबाट यो पर्व प्रारम्भ भई भाद्र शुल्क प्रतिपदाका दिन समाप्त हुन्छ । एक महिनासम्म धार्मिक स्थानमा बाजागाजासहित घुम्ने र पूजापाठ गर्ने चलन रहिआएको छ । यस वर्षको गुँलापर्वको आज समाप्ति हुँदै छ ।
Weather Update