Shittalpati
२४ कम्पनीलाई सोधियो स्पष्टीकरण
२४ कम्पनीलाई सोधियो स्पष्टीकरण सार्वजनिक खरिद अनुगमन कार्यालयले २४ निर्माण कम्पनी तथा आपूर्तिककर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सात दिने स्पष्टीकरण सोधेको हो ।
मकै खेती छोडेर लिची
मकै खेती छोडेर लिची गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ अन्तर्गत थोर्गा च्युरेकको लिची गाउँका किसान व्यावसायिक लिची उत्पादनमा लागेका छन् । यस क्षेत्रमा प्रमुख नगदे फलफूल बालीको रुपमा लिची मानिन्छ । यहाँका कृषकले आजभोलि परम्परागत रुपमा गर्दै आएको मकै खेतीलाई छोडेर मकै लगाउने बारीमा लिचीका बोट लगाउँदै आएका छन् । 
विपद् व्यवस्थापनको तयारीमा लाग्ने की ?
विपद् व्यवस्थापनको तयारीमा लाग्ने की ? जब पर्‍यो राती तब बुढी ताती । भन्ने नेपाली उखान जस्तै आखा अगाडि नै विपद्को अवस्था नआउदासम्म सक्रिय नहुने हाम्रा निकायहरुले कतै यो वर्ष पनि सोही अवस्थालाई निरन्तरता दिने त होइन जनमानसमा छलफलको विषय बनेको देखिन्छ । राज्यको पूर्व तयारी र योजना नहुँदा विपद् व्यवस्थापनको लागि विगतमा अरबौं रकम खर्च  ...
तानसेन टुँडिखेलमा लायन्स क्लवले गर्‍यो वृक्षारोपण
तानसेन टुँडिखेलमा लायन्स क्लवले गर्‍यो वृक्षारोपण तानसेनस्थित टुँडिखेलमा लायन्स क्लव अफ पाल्पा तानसेनले वृक्षारोपण गरेको छ । क्लवले शनिबार टुँडिखेलमा पुगेर ३० प्रजातिका विरुवा रोपेको हो । वातावरण स्वच्छ, हरियाली बनाउने उद्देश्यले क्लवले वृक्षारोपण गरेको जनाएको छ ।
बौद्ध युवा संघ पाल्पाको नयाँ नेतृत्वलाई पद हस्तान्तरण
बौद्ध युवा संघ पाल्पाको नयाँ नेतृत्वलाई पद हस्तान्तरण बौद्ध धर्मलम्वीहरुको संस्था बौद्ध युवा संघ पाल्पाको नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको छ । संघको १७ औं अधिवेशनबाट निर्वाचित भएर आउने नेतृत्वलाई पुरानो नेतृत्वले पद हस्तान्तरण गरेको हो ।
एसइईको पूरक परीक्षा साउन २६ र २७ गते हुने
एसइईको पूरक परीक्षा साउन २६ र २७ गते हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ ।
मृगौला पीडित राजेशलाई आर्थिक सहयोग
मृगौला पीडित राजेशलाई आर्थिक सहयोग जिल्लाको रम्भा गाउँपालिका –३ का ५२ वर्षीय मृगौला पीडित राजेश चितौरे रानालाई विभिन्न व्यक्तिहरुले उपचारका लागि आर्थिक सहयोग गरेका छन् । पाल्पा श्रीनगर समाज हङकङको सहयोग र समाजका अगुवा वसन्त श्रीनेतको सक्रियतामा सकंलित एक लाख ५८ हजार २ सय मृगौला पीडित रानालाई सहयोग गरिएको हो ।
गाउँ  हे गुण पंचशिलको
गाउँ हे गुण पंचशिलको गाउँ हे गुण पंचशिलकों शुद्ध बनाई तन आत्मा खोली हेर चक्षु ज्ञानको, पाउनेछ शान्ति चारधाम
जेष्ठ नागरिकलाई घरमै पुगेर सम्मान
जेष्ठ नागरिकलाई घरमै पुगेर सम्मान स्याङ्जाको वालिङ नगरपालिका–८ ले चौरासी वर्ष पूरा भएका जेष्ठ नागरिकलाई बुधबार सम्मान गरेको छ । वडा अध्यक्षसहित जनप्रतिनिधि तथा कर्मचारीले जेष्ठ नागरिकको घरदैलोमै पुगेर सम्मान गरेका हुन् ।
एसईई नतिजाको सन्देश
एसईई नतिजाको सन्देश माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार प्रकाशित भएको छ । परीक्षा भएको झण्डै ३ महिनापछि  नतिजा प्रकाशित भएको हो । स्तरीकृत अंक (जीपीए)को हिसाबमा विगतको भन्दा नतिजा सुधार देखिन्छ । २२ हजार ४ सय ७५ जना विद्यार्थीले सर्वोत्तम अर्थात् ३.६० देखि ४.० जीपीए ल्याउन सफल भएका छन् ।
Weather Update