Shittalpati
‘सुवर्ण शमशेर स्मृति’ अक्षयकोषमा कर्मचारी युनियन पाल्पाको एक लाख सहयोग
‘सुवर्ण शमशेर स्मृति’ अक्षयकोषमा कर्मचारी युनियन पाल्पाको एक लाख सहयोग नेपाली काँग्रेस पाल्पाले स्थापना गरेको ‘सुुवर्ण शंमशेर स्मृति’ अक्षयकोषमा काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन पाल्पाले आर्थिक सहयोग गरेको छ । युुनियनले शनिबार एक औपचारिक कार्यक्रमकाबिच उक्त अक्षकोषमा एक लाख १० हजार रकम सहयोग गरेको हो ।
पाल्पाबाट सुरु भयो पुस्तक व्यवसायी महासंघको ‘राष्ट्रिय जागरण अभियान’
पाल्पाबाट सुरु भयो पुस्तक व्यवसायी महासंघको ‘राष्ट्रिय जागरण अभियान’ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले पाल्पाबाट ‘राष्ट्रिय जागरण अभियान’ प्रारम्भ गरेको छ । महासंघले व्यवसायीहरुबिचको सम्बन्धलाई थप मजबूद बनाई महासंघलाई गतिशिल र चलायमान बनाउने उद्देश्यले ‘राष्ट्रिय जागरण अभियान’ शनिबारदेखि प्रारम्भ गरेको हो ।
पाल्पा साहित्य समाजले गर्‍यो साहित्यकार र कलाकारलाई सम्मान
पाल्पा साहित्य समाजले गर्‍यो साहित्यकार र कलाकारलाई सम्मान पाल्पा साहित्य समाजले साहित्यकार र कलाकारलाई विभिन्न पुरस्कारबाट सम्मान गरेको छ । समाजले शनिबार १७५ औं छविलाल नेपाल जन्मजयन्ती, १२१ औं माधव प्रसाद देवेकोटा जन्मजयन्ती तथा ३० औं बार्षिक दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान गरेका ८ जना व्यक्तिलाई सम्मान गरेको हो ।
डिजेल र मट्टितेलको मूल्य बढ्यो, अब प्रति लिटर कति ?
डिजेल र मट्टितेलको मूल्य बढ्यो, अब प्रति लिटर कति ? नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले मंसिर १ गतेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।
पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल
पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल तलतिर कलकल बग्ने बबई नदी, सोहीमाथि झोलुङ्गेपुल । चारैतिर हरियाली, नजिकै चिटिक्क परेको मोतिपुर गाउँ । यो दृश्य दाङको तुलसीपुर उपमहानगरपालिका –११ र दीशरण गाउँपालिका –२ सरुवाडाँडा जोड्ने झोलुङ्गे पुल क्षेत्रको हो । यस मनमोहक दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गर्छ ।
आज राष्ट्रिय कर दिवस, सप्ताहव्यापी कार्यक्रम गरिँदै
आज राष्ट्रिय कर दिवस, सप्ताहव्यापी कार्यक्रम गरिँदै १३औं राष्ट्रिय कर दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । मूल्य अभिवृद्धि कर लागू भएको दिन मंसिर १ गतेलाई हरेक वर्ष राष्ट्रिय कर दिवसका रुपमा मनाउने गरिएको छ ।  २०५४ साल मंसिर १ गतेदेखि मूल्य अभिवृद्धि कर भ्याट लागू भएपछि आर्थिक वर्ष २०६९/२०७० देखि राष्ट्रिय कर दिवस मनाउन लागिएको हो ...
अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइँदै
अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस विभिन्न कार्यक्रम मनाइँदै छ । प्रत्येक वर्ष आजकै दिन युनेस्कोद्वारा विभिन्न सम्मेलन र समारोहहरूको आयोजना हुने गर्दछ ।
सहनशीलता दिवसको सार्थकता
सहनशीलता दिवसको सार्थकता आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । यो हरेक वर्ष नोभेम्बर १६ मा  मनाउने गरिन्छ । विश्वभर रहेका सबै समुदायलाई एक–अर्काप्रति सहनशील हुनु र एक–अर्काको स्वरूप र शैलीलाई आह्वान गर्नु यो दिवसको मुख्य लक्ष्य हो ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका–२ भाङबारीमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापाको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 
दार्चुला जिप दुर्घटना : आठ जनाको मृत्यु, पाँच घाइते
दार्चुला जिप दुर्घटना : आठ जनाको मृत्यु, पाँच घाइते दार्चुलामा जिप दुर्घटना हुँदा ८  जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव...
Weather Update