नवजनचेतना राष्ट्रिय दैनिक २०८१ जेठ १६ गते बुधबार
बुधबार, जेठ १६, २०८१
पाल्पाबाट पठाएको पत्रकारहरुको नामावली कायम गर्न महासंघ केन्द्रलाई आग्रह
मंगलबार, जेठ १५, २०८१
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले सिफारिस गरेर पठाएका पत्रकारहरुको नामावली कायम गर्न महासंघ केन्द्रलाई आग्रह गरेको छ । शाखाले २०८० साल असार ५ गते सम्पन्न कार्यसमितिको बैंठकले सिफारिस गरेका पत्रकारहरुको सदस्यता कायम राख्न लिखित रुपमा आग्रह गरेको हो ।
पर्यटन क्षेत्रमा ११ अर्ब ९१ करोड बजेट, लुम्बिनीलाई ‘बर्थिङ’ हब बनाइने
मंगलबार, जेठ १५, २०८१
सरकारले पर्यटन क्षेत्रमा ११ अर्ब ९१ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷०८२ को बजेट सार्वजनिक गर्दै पर्यटन क्षेत्रमा सो बजेट विनियोजन गरेको बताएका हुन् ।
बजेट वक्तव्य : प्रदेश र स्थानीय तहका लागि रु पाँच खर्ब ६७ अर्ब विनियोजन
मंगलबार, जेठ १५, २०८१
सङ्घीय सरकारबाट हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटबाट आगामी आर्थिक वर्ष २०८१/८२ मा प्रदेश र स्थानीय तहका लागि रु पाँच खर्ब ६७ अर्ब बराबर हस्तान्तरण हुने अनुमान गरिएको छ ।
लुम्बिनी प्रदेशमा कृषि तथ्याङ्कको अध्यावधिक
मंगलबार, जेठ १५, २०८१
लुम्बिनी प्रदेश सरकारले कृषि क्षेत्रका योजना तर्जुमा र बजेट विनियोजमा व्यवस्थित बनाउन कृषि तथ्याङ्कको अद्यावधिक गरेको छ ।
करेन्ट लागेर एक जनाको मृत्यु
मंगलबार, जेठ १५, २०८१
कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रङपुरमा ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
व्यवस्था फेरिए पनि अवस्था उस्तै
मंगलबार, जेठ १५, २०८१
२०६५ जेठ १५ गते देशमा गणतन्त्र आउँदा रिब्दीकोटका बाले विक आरानमा फलाम थिच्दै थिए । फलामका औजार बनाउने पुर्खयौली पेसा भएको परिवारका उनीमा त्यति राजनीतिक चेत थिएन, तर २२ वर्षे जवानमा उनी पनि गणतन्त्र ल्याउन भन्दै गाउँलेहरुसँगै आन्दोलनमा होमिएका थिए । पछि देशमा गणतन्त्र आएको सुने ।
रामपुर नगरपालिकाद्वारा एकीकृत घुम्ती शिविर
मंगलबार, जेठ १५, २०८१
जिल्लाको रामपुर नगरपालिकाले नागरिकहरुको सेवालाई मध्यनजर गर्दै एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्र जब्गादीमा शिविर गरेको हो ।
बाढीका कारण १६ जनाको मृत्यु
मंगलबार, जेठ १५, २०८१
अफगानिस्तानको बाघलान र बदख्सान प्रान्तमा हालै आएको बाढीमा १६ जनाको मृत्यु भएको टोलो न्यूजले जनाएको छ । प्रभावित प्रान्तका स्थानीय अधिकारीहरूका अनुसार बाढीमा पाँच सय घरमा पूर्ण वा आंशिक रूपमा क्षति भएको छ ।
गणतन्त्र दिवस र यसको सार्थकता
मंगलबार, जेठ १५, २०८१
संघीय लोकतान्त्रिक गणतन्त्र दिवस नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी र ऐतिहासिक दिन हो । यो हरेक वर्षको जेठ १५ अर्थात् आजको दिन यो दिवस मनाउने गरिन्छ । नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट २४० वर्षे जहानिया शासनको अन्त्य गर्दै जनताको जीत भएको दिन ।
रुपन्देहीमा २०७ उद्योग बन्द
सोमबार, जेठ १४, २०८१
रुपन्देहीमा चालु आर्थिक वर्ष २०८०/८१ मा दुई सय सात उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आवको वैशाखसम्ममा रुपन्देहीमा दुई सय सात उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन् ।
नेपाल प्रेस युनियनको स्थापना दिवस : पाल्पाका पत्रकार पुगे फलफूल लिएर अस्पताल
सोमबार, जेठ १४, २०८१
प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पाले ३३ औं स्थापना दिवस पाल्पा अस्पतालमा पुुगेर मनाएको छ । युनियनले अस्पतालमा उपचारत विरामीहरुलाई फलफूल वितरण गरेर दिवस मनाएको हो ।