Shittalpati
श्रीलंका टुरका लागि भारत तयार
श्रीलंका टुरका लागि भारत तयार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले श्रीलंका टुरका लागि तयार रहेको बताएको छ । जुलाई ६ देखि सुरु हुने तय भएको एक दिवसीय र टी–ट्वान्टी सिरिजका लागि भारतीय क्रिकेट टोली तयार रहेको बोर्डले जनाएको हो ।
जाँच प्रणाली तीव्र बढाऊ
जाँच प्रणाली तीव्र बढाऊ समस्यै समस्या बीच कोरोना महामारीले ग्रस्त विश्वमान चित्र भित्रको हाम्रो मुलुकमा पनि दिन प्रतिदिन महामारी फैलिने क्रम बढेको छ । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई पुगेको छ भने संक्रमितहरु झण्डै ३ सय पुगेका छन् । यस्तो अवस्थाप्रति सरकारको ध्यान जुन रुपमा जानुपर्ने हो त्यस्तो भएको पाइदैन ।
पाथीको प्रयोग गरी मकै बेच्दै न्यौपाने
पाथीको प्रयोग गरी मकै बेच्दै न्यौपाने तानसेन नगरपालिका–१४, अर्गलीका स्थानीयवासीलाई पाथीमा मकै बेच्दै युवराज न्यौपाने ।
चेम्बरले दियो सरकारलाई बजेट सम्बन्धी सुझाव
चेम्बरले दियो सरकारलाई बजेट सम्बन्धी सुझाव नेपाल चेम्बर अफ कमर्शले आगामी आर्थिक वर्षको बजेटमार्फत नेपाललाई आत्मनिर्भर बनाउन योजनाबद्ध कार्यक्रम ल्याउनुपर्ने र कोरोनाका कारण अर्थतन्त्रमा परेको असरलाई कम गर्दै पुनरुत्थानमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएको छ । चेम्बरका उपाध्यक्ष कमलेशकुमार अग्रवालले आइतबार राजश्व सचिव रामशरण पुडासैनीलाई एक सुझावपत्र बुझाउँदै कोरोना असर कम गरी मुलुकको समग्र अर्थतन्त्रलाई पुरानै...
गुल्मी काँग्रेसद्वारा भारतमा रहेका नागरिक प्रति चासो
गुल्मी काँग्रेसद्वारा भारतमा रहेका नागरिक प्रति चासो नेपाली काँग्रेस गुल्मीले भारत रहेका नागरिक प्रति चासो देखाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपका कारण उत्तरभारत क्षेत्र लगायत देश विदेशका विभिन्न स्थानमा रहेका नागरिकहरुप्रति गुल्मी काँग्रेसले चासो देखाएको हो ।
कालीगण्डकीमा दुई बालक बेपत्ता
कालीगण्डकीमा दुई बालक बेपत्ता रामपुर नगरपालिका १० मलौटेघाटबाट कालीगण्डकीमा पौडी खेल्ने क्रममा दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा रामपुर १० सिकोडाँडा पाल्पा रेशम भट्टराईको छोरा १० वर्षिय सुनिल भट्टराई र सोही स्थानका तिलकराम चापागाईको छोरा १० वर्षिय समीर चापागाई बेपत्ता भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भिमबहादुर कार्कीले बताए ।
नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ ।
जातिय विभेदको घटनालाई लिएर अधिकारकर्मीहरु पुगे प्रशासनमा
जातिय विभेदको घटनालाई लिएर अधिकारकर्मीहरु पुगे प्रशासनमा जिल्लाको कालिगण्डकी गाउँपालिका वडा ५ फोक्सिङमा गत वैशाख २२गते भएको जातिय विभेदको घटनालाई लिएर जिल्लामा क्रियाशिल दलित अधिकारकर्मीहरु जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् । फोक्सिङमा दलित युवा गैरदलितको घरमा पसेपछि १५ सयजरिवाना तिराईएको घटनालाई लिएर आपत्ति जनाउँदै प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई ज्ञापनपत्र बुझाउन गएका हुन् ।
आलोपालोमा सहकारी सञ्चालन
आलोपालोमा सहकारी सञ्चालन कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि बागलुङका वित्तीय संस्था सञ्चालनमा समय तालिका निर्धारण गरिएको छ । यहाँका बैंक आलोपालो खुल्न थालेपछि सहकारीलाई समेत आलोपालो खुलाउन थालिएको छ ।
कोरोना संक्रमितले भरिए अस्पताल
कोरोना संक्रमितले भरिए अस्पताल रुपन्देहीको सदरमुकामस्थित कोरोना विषेश भीम अस्पताल कोरोना संंक्रमित बिरामीले भरिएका छन् । प्रदेश नं ५ सरकारले कोरोना विषेश अस्पतालका रूपमा स्थापना गरेको २७ श्ययाको सो अस्पतालमा अहिले संक्रमितले भरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नालले जानकारी दिए ।
Weather Update