पहिरोका कारण ६ घर परिवार विस्थापित
बुधबार, साउन १४, २०७७
मेगा बैंकले ल्यायो अत्यन्तै सस्तो ब्याजदरमा कर्जा सुविधा
बुधबार, साउन १४, २०७७
मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई अत्यन्तै सस्तो ब्याजदरमा साना तथा मझौला कर्जा योजना ल्याएको छ । मेगा बैंकको दशौं वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुलाई ८.३२ ब्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ योजना ल्याएको हो ।
गुल्मीमा शैक्षिक संस्था खोल्नेलाई कारवाही गरिने
मंगलबार, साउन १३, २०७७
जिल्लामा शैक्षिक संस्था खोल्नेलाई कारवाही गरिने भएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को गत साउन ५ गते भएको निर्णयले शैक्षिक संस्थाहरु अर्को सूचना जारी नहुन्जेलसम्म सञ्चालन नगर्न भने पनि जिल्लामा केहि संस्थागत, सामुदायिक तथा क्याम्पसहरु सञ्चालन गरेको पाइएकाले शैक्षिक संस्था खोल्नेलाई कारवाही गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
पाल्पाको रामपुरमा पितृप्रसाद ग्रहण गरेका २९ बढी एकै पटक बिरामी
मंगलबार, साउन १३, २०७७
जिल्लाको रामपुर नगरपालिका-७ मा सामूहिक प्रसाद ग्रहण गरेका २९ जना भन्दा बढी बिरामी परेका छन् । आइतबार मोहोटी टोलमा पितृप्रसाद ग्रहण गरेकाहरु सोमबारदेखि बिरामी परेका हुन् ।
पाल्पाका विद्यालयमा पढाइ शुरु
मंगलबार, साउन १३, २०७७
कोभिड–१९ को संक्रमणको त्रासका कारण गत चैतदेखि मुलुकभरका विद्यालयहरुको पठनपाठन बन्द रहेको बेला यहाँका विभिन्न विद्यालयले पढाउन सुरु गरेका छन् । कोभिड–१९ को संक्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीका कारण बन्द भएका विद्यालयले स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालनमा ल्याइएको विद्यालयले जनाएको छ । रामपुर नगरपालिकामा रहेका केही निजी विद्यालयले प्राथमिक...
पाल्पामा पिसिआर मेसिन राख्ने कामको तयारी तिव्र
मंगलबार, साउन १३, २०७७
जिल्लाको तानसेनमा पिसिआर जाँच गर्ने मेसिन राख्ने कार्यको प्रारम्भिक तयारी तिव्र रुपमा भइरहेको छ । मेसिन राख्ने कामको जिम्मा पाल्पा अस्पतालले पाएपछि मेसिन जडान गर्ने स्थानको मर्मत तथा संहारको कार्य अहिले रातदिन गरेर भइरहेको पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले जानकारी दिए ।
रित्तिए रामपुर नगर भित्रका क्वारेन्टाईन तथा आइसोलेशन
मंगलबार, साउन १३, २०७७
कोरोना संक्रमण फैलिन नदिनरामपुर नगरपालिकाका स्थापना भएका क्वारेन्टाइन तथा आइसोलेशनहरु खाली भएको छ ।लकडाउनसँगै भारत तथा तेस्रो मुलुकबाट फर्किएका नागरिकहरुले भरिएका क्वारेन्टाइनहरुक्रमशः खाली हुँदै गएकोमा आइसोलेशन तथा क्वारेन्टाइनमा रहेका १३ जनालाई आइतबारघर पठाएसँगै खाली भएको हो ।
गुल्मीमा पहिरोले ट्रक बगायो
मंगलबार, साउन १३, २०७७
जिल्लाको चन्द्रकोट गाउँपालिका वडा ७ स्थित खसीमारे भन्ने स्थानमा पहिरोले ट्रक बगाएको छ । बुटबलबाट शान्तिपुरतर्फ आउँदै गरेको ना ६ ख ७७९२ नम्बरको ट्रकलाई पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।
पाल्पा–बुटवल सडक पुनः अवरुद्ध
मंगलबार, साउन १३, २०७७
लगातार बर्षाको कारण सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक अवरुद्ध भएको छ । तानसेन नगरपालिका वडा नंं ८ गौडेपुल, तिनाउँ गाउँपालिकाको वडा नंं ३ सिद्धबाबा क्षेत्र, पानी मिल क्षेत्र, पाल्पा पोखरा सडक खण्डको राम्दी क्षेत्रमा पहिरो झरी सडक अवरुद्ध भएको हो ।
पहिरोको वितण्डा, जमिन भासिएसँगै ३३ घर जोखिममा
मंगलबार, साउन १३, २०७७
तिनाउ गाउँपालिका–३, पानी मिलमा जमिन भासिन थालेसँगै ३३ घर जोखिममा परेका छन् । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको पानी मिलबाट अर्घाखाँची सिमेन्टकोे चुनढुङ्गा खानी जाने सडकमा पहिरो र जमिन भासिन थालेको छ ।
कमजोर रोजगार कार्यक्रम
मंगलबार, साउन १३, २०७७
सबै नागरिकलाई रोजगारी दिलाउने उद्देश्य राखेर सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम देशभर चलिरहेको छ । सरकारले यसलाई ठूलो उपलब्धीको रुपमा लिएपनि आम जनता भने यसबाट प्रत्यक्ष लाभान्वित भएको देखिएको छैन ।
‘सिरी ए’ को उपाधि युभेन्टसलाई
मंगलबार, साउन १३, २०७७
इटालियन ‘सिरी ए’ को उपाधि युभेन्टसले हात पारेको छ । साम्पडोरियालाई दुई–एक गोलले हराउँदै युभेन्टसले दुई खेल अगाडि नै लिगको उपाधि जित्न सफल भएको हो ।


