रुपन्देहीमा कोरोनाबाट थप एक महिलाको मृत्यु
सोमबार, भदौ १५, २०७७
सन्दीपको दुई विकेटपछि जमैकालाई राहत
सोमबार, भदौ १५, २०७७
नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि उनी आवद्ध जमैका तल्लाहवाजलाई राहत मिलेको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो ।
नेपालमा कोरोना बिमा गर्ने बढे
सोमबार, भदौ १५, २०७७
नेपालमा कोरोना भाइरस संक्रमणको संख्या बढ्दै गएपछि कोरोना बिमा गर्नेहरु पनि बढेका छन् । कोरोना संक्रमणले निम्त्याउन सक्ने आर्थिक जोखिमलाई लक्षित गर्दै सरकारले बिमा नीति ल्याएको र संक्रमणको दर बढ्दै गएपछि कोरोना बिमा गर्नेहरु ह्वात्तै बढेका हुन् ।
पाल्पामा विदेशबाट फर्किएकालाई गाउँमै अवसर
सोमबार, भदौ १५, २०७७
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि विदेशमा काम गरिरहेका पाल्पाका करिब ४ हजार युवा घर फर्किएका छन् । अहिले पाल्पाका १० वटै पालिकाको गाउँबस्तीमा विदेशको रोजगारी गुमाएर फर्किएका युवाहरुले भरिएका छन् ।
भारतको चलखेल कुलमानको विदाई !
सोमबार, भदौ १५, २०७७
आज कै दिन तर ५ वर्ष अगाडिको समय कल्पना गरौं त अत्यासलाग्दो, अन्धकारमय उधेक लाग्दो थियो । वत्ति आएको पत्तै हुदैन्थ्थे । ब्यापारिक एवं औधोगिक घरनामा जेनेटरको आवाज सुनिन्थ्यो ।
कमजोर प्रतिपक्ष
सोमबार, भदौ १५, २०७७
पछिल्लो समय प्रतिपक्षका रूपमा काँग्रेसको उपस्थिति निकै कमजोर रहेको देखिएको छ । प्रमुख प्रतिपक्षी दल भनेको मुलुकको शासन सत्ताको वैकल्पिक शक्ति हो ।
पाल्पामा समुदायस्तरका थप दुई जनामा कोरोना संक्रमण
आइतबार, भदौ १४, २०७७
जिल्लामा समुदायस्तरका थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रम्भा गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण देखिएको हो ।
पाल्पाको रम्भामा विद्युत सर्ट भई आगोलागी हुँदा ३५ लाखको क्षति
आइतबार, भदौ १४, २०७७
जिल्लाको रम्भा गाउँपालिका १ संघामा विद्युत सर्ट भई आगोलागी हुँदा ३५ लाख बराबरको भौतिक क्षति भएको छ । आईतबार दिउँसो संघामा रहेका श्री कृष्ण गण्डकी युवा क्लव, युवा सुचना केन्द्र र ठूलिटार सामुदायिक बन कार्यालय हुंगीको सामुहिक भवनमा अचानक विद्युतको तार सर्ट भई आगोलागी हुँदा ३५ लाख बराबरको भौतिक क्षति...
प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु
आइतबार, भदौ १४, २०७७
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका एक कोरोना संक्रमितको आईतबार मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
एम्बुलेन्स दुर्घटना : दुईको मृत्यु
आइतबार, भदौ १४, २०७७
वालिङ नगरपालिका–५ मजकोटमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आईतबार बिहान करिब ५ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । घाइते भएका चारमध्ये दुई जनाको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी प्रमुख...
कोरोनाबाट थप १३ को मृत्यु
आइतबार, भदौ १४, २०७७
नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या दिनप्रतिदिन बढ्दै गएको छ । शनिबार पनि थप १३ जनको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
पाल्पामा कोरोनाबाट दुई जनाको मृत्यु, पाँच सय ७९ जनामा संक्रमण, पाँच सय ६१ जना निको
आइतबार, भदौ १४, २०७७
विश्वभर बढ्दै गएको कोरोना भाइरसको संक्रमण पछिल्ला महिनायता नेपालमा पनि बढ्दै गएको छ । यसको गति तीव्र भइरहदा समुदायमै फैलिइसकेको आशंका समेत हुन थालेको छ ।


