Shittalpati
रेसुङ्गा नगर सरकार र बेलायतको हकिन्ज नगर बिच भगिनी सम्बन्ध
रेसुङ्गा नगर सरकार र बेलायतको हकिन्ज नगर बिच भगिनी सम्बन्ध गुल्मीको रेसुङ्गा नगरपालिका र सयुंक्त अधिराज्य बेलायतको हकिन्ज नगर परिषद् बिच भगिनी सम्बन्ध स्थापित भएको छ । नेपाली राजदूतावास लण्डनले एक प्रेस विज्ञप्तिमार्फत रेसुङ्गा नगरपालिका र संयुक्त अधिराज्यको हकिन्ज नगरपरिषद् बिच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौताबारे जानकारी दिएको रेसुङ्गा नगरपालिकाका सूचना अधिकारी शंकर गौतमले जानकारी दिए ।
पाल्पामा थप १२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ सय ९५ पुग्यो
पाल्पामा थप १२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ सय ९५ पुग्यो ,जिल्लामा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार माथागढी गाउँपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, तिनाउ गाउँपालिकाका १ र लुम्बिनी मेडिकल कलेज प्रभासबाट स्वाब संकलन गरिएका ८ जनामा कोरोना संक्रमण देखिएको हो ।
पाल्पामा लागूऔषध र चोरी मुद्दाका फरार अभियुक्त कारागार चलान
पाल्पामा लागूऔषध र चोरी मुद्दाका फरार अभियुक्त कारागार चलान पाल्पामा लागूऔष र चोरी मुद्दाका फरार अभियुक्तलाई कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालयले अदालतबाट दोषी भई फरार रहेका अभियुक्तलाई पक्राउ गरि कारागार चलान गरेको जनाएको छ ।
प्रदेश पाँचका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
प्रदेश पाँचका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु भएको छ । प्रदेश पाँचका कपिलवस्तु,रुपन्देही, बर्दियामा भएका घटनामा तीन जनाको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार कपिलवस्तुमा सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ
उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल
उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकको अन्य भूभागमा कोरोनाको प्रकोप विस्तारै नियन्त्रणउन्मुख हुँदै...
उपचाररत तीन कोरोना संक्रमितको मृत्यु
उपचाररत तीन कोरोना संक्रमितको मृत्यु बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र लुम्बिनी प्रादेशिक अस्पतालमा एक गरी तीन कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका वडा नं ९ की ५५ वर्षीया महिलाको उपचारका क्रममा...
पाल्पाली समाज युकेले गर्‍यो पहिरो पीडितलाई आर्थिक सहयोग
पाल्पाली समाज युकेले गर्‍यो पहिरो पीडितलाई आर्थिक सहयोग असोज ८ गते पाल्पा रम्भा गाउँपालिका वडा २ फोक्सिङ्गकोट बेलौजाका पहिरो पीडितहरुलाई पाल्पाली समज युकेले चन्दा रकम उठाएर सहयोग गरेको छ । पाल्पाली समाजक युकेका प्रतिनिधि ईन्द्र थापा, बृहस्पती राना, मगर पत्रकार महासंघका महासचिव देव पचभैया मगर, वडा २ का वडा अध्यक्ष उमानसिंङ्ग सारु सहयोग रकम हस्तान्तरण गरेका छन् ।
बगनासकालीका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री
बगनासकालीका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री आधुनिक नेपाल पाल्पाले निरन्तर स्वास्थ्य क्षेत्रमा खटिने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । आधुनिक नेपाल संस्थाले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गरेर बगनासकाली वडा ९ को स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको हो ।
दुई हजार तीन सय ४० जना संक्रमणमुक्त
दुई हजार तीन सय ४० जना संक्रमणमुक्त नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका हुन् ।
सरकारको दायित्व
सरकारको दायित्व जनताले कर किन तिरेका हुन् ? यी र यस्तै खाले महामारीका बेला सरकार हाम्रो कवच बनेर उभिन्छ भन्ने सोंचले जनताले कर तिरेका हुन् भन्ने कुरालाई बिर्सनुहुँदैन । त्यसकारण सरकारले आफ्ना हरेक दायित्व र जिम्मेवारीलाई पूरा गर्नैपर्ने हुन्छ ।
भारतमा घट्दो क्रममा कोरोना
भारतमा घट्दो क्रममा कोरोना भारतमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण बिस्तारै घट्दो क्रममा देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका ६१ हजार नयाँ संक्रमित फेला परेका छन् ।
Weather Update