Shittalpati
खतरामुक्त छैन, लोकतन्त्र
खतरामुक्त छैन, लोकतन्त्र नेपालको भू–राजनैतिक तरलतासँगै शुक्रबार प्रचण्ड–नेपाल पक्षका तर्फबाट राजधानी काठमाडांैमा भएका प्रर्दशन र विरोध सभाले बालुवाटारको कञ्चड तातेको महशुस भएको छ । ओलीले नेकपाभित्र आफ्नो बाहेक अरुको चल्दैन भन्ने भ्रमपूर्ण अभिव्यक्ति दिइरहने प्रवृतिको केही हद्सम्म भण्डाफोर भएको अड्कल गर्न सकिन्छ ।
पूर्व सांसद रायमाझीलाई कोरोना, थप उपचारका लागि काठमाडौं लगियो
पूर्व सांसद रायमाझीलाई कोरोना, थप उपचारका लागि काठमाडौं लगियो नेकपाका नेता तथा पूर्व सांसद यादव बहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मिसन अस्पतालमा उपचार गराइ रहेका रायमाझीको पिसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।
रेडक्रसका गतिविधि थप प्रभावकारी बनाउँछौ : शर्मा
रेडक्रसका गतिविधि थप प्रभावकारी बनाउँछौ : शर्मा नेपाल रेडक्रस शोसाइटी पाल्पा शाखाका सभापति बुद्धिप्रसाद शर्माले रेडक्रसका गतिविधिहरुलाई थप प्रभावकारी बनाएर लैजाने बताएका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका ८ फेकमा भएको सिविएचएफए पुनर्ताजगी तालिमको शुक्रबार समापन गर्दै सभापति शर्माले स्थानीयस्तरमै पुगेर रेडक्रसका गतिविधिहरुलाई थप प्रभावकारी बनाउदै लैजाने बताएका हुन् ।
अनलाइनको मुद्दामा मन्त्रालयलाई छलफलका लागि बोलाउन आदेश
अनलाइनको मुद्दामा मन्त्रालयलाई छलफलका लागि बोलाउन आदेश अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानका विरुद्ध दर्ता भएको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आज कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चले अन्तरिम आदेश दिने, नदिने विषयमा विपक्षीलाई छलफलका लागि बोलाउने आदेशसमेत गरेको छ ।
घुस लिएको अभियोगमा पक्राउ
घुस लिएको अभियोगमा पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको नाप जाँचसम्बन्धी काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अभियोगमा जिल्ला अदालत रुपन्देहीका दुई कर्मचारीलाई पक्राउ गरेको छ ।
मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै
मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको जहाज आज राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उड्दैछ ।
बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही
बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय (क), (घ) र (च) को कसुरमा ऐन नियमावलीको नियम ११९ को उपनियम १ को (२) ले दिएको अधिकारको प्रयोग गरी सोही नियमावलीको...
रिब्दीकोटमा सिकार खेल्दा बन्दुकको छर्राले लागि एकको मृत्यु
रिब्दीकोटमा सिकार खेल्दा बन्दुकको छर्राले लागि एकको मृत्यु पाल्पाको रिब्दीकोट गाउँपालिका ८ दानसिङडाँडामा सिकार खेल्दा बन्दुकको छर्राले लागि एकको मृत्यु भएको छ । बिहीबार रातिको समयमा साथीहरुसँग सिकार खेल्न चिलाउने पानी सामुदायिक वनमा जाँदा भरुवा बन्दुकको छर्राले लागेर रिब्दीकोट गाउँपालिका वडा ८ का १३ वर्षीय बालक लक्ष्मण छहारीको मृत्यु भएको हो ।
एनसेल सिम फोरजीमा अपग्रेड गर्दा २ जीबी डाटा बोनस
एनसेल सिम फोरजीमा अपग्रेड गर्दा २ जीबी डाटा बोनस एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजी मा सिम अपग्रेड गर्ने ग्राहकका लागि बोनस योजना ल्याएको छ । यो योजना अन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले दुई जीबी फोरवी डाटा बोनस पाउने कम्पनीले जनाएको छ ।
काँग्रेसका लागि भावी चुनौती
काँग्रेसका लागि भावी चुनौती एकाएक मुलुकको राजनैतिक चरित्र परिवर्तन हुँदै जाने संकेत अगाडि देखिएका छन् । संघीय संसद्को विघटन पछि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र नेकपाबाट विभाजित हुँदै गरेको प्रचण्ड माधव नेपाल गुटबीच हेलमेल हुँदै गर्दा संसद् पुनःस्थापना होस् या नहोस् फेरि राजनैतिक शिखण्डीहरुका लागि नयाँ अवरसर आएको अनुभूति हुने देखिएको छ ।
Weather Update