बढ्दो दुर्घटना रोकौं
सोमबार, वैशाख ६, २०७८
पाल्पामा शिक्षक परीक्षामा भएको धाँधली विरुद्ध अख्तियारमा उजुरी
आइतबार, वैशाख ५, २०७८
पाल्पामा शिक्षकका लागि लिइएको परीक्षामा धाँधली भएको भन्दै अख्तियारमा उजुरी परेको छ । जिल्लाको बगनासकाली गाउँपालिका ५ मा रहेको सरस्वती आधारभूत विद्यालयमा खुला विज्ञापनमार्फत लिइएको शिक्षकको परीक्षामा धाँधली भएको एक महिना वितिसक्दा समेत सम्बन्धित निकायले छानविनमा चासो नदेखाएपछि त्यसका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलमा उजुरी परेको हो ।
माथागढी महिला, पुरुष भलिवलको उपाधि झडेवालाई
आइतबार, वैशाख ५, २०७८
पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले आयोजना गरेको महिला, पुरुष भलिवलको उपाधि झडेवाले हात पारेको छ । पुरुषतर्फ भएको फाइनल खेलमा झडेवाको आनन्दनगर स्पोर्टस क्लबले कसेनीलाई सोझो सेटमा हराउदै उपाधि हात पारेको हो ।
नेपालमा कोरोनाबाट थप ८ को मृत्यु
आइतबार, वैशाख ५, २०७८
पाल्पा, नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । देशका विभिन्न जिल्लाहरुमा उपचाररत थप ८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ ।
साझा नेटर्वक मिडियाद्वारा पत्रकार सम्मानित
आइतबार, वैशाख ५, २०७८
साझा नेटवर्क मिडिया प्रालिले क्रियाशील पत्रकारलाई सम्मान गरेको छ । नयाँ वर्ष २०७८ को अवसरमा आयोजित भित्तेपात्रो विमोचन कार्यक्रमका अवसरमा प्रालिले गुल्मीका ६ जना क्रियाशील पत्रकारलाई सम्मान गरेको हो ।
मोक्षधामका चार धाममा कलात्मक मन्दिर बनाइँदै
आइतबार, वैशाख ५, २०७८
तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीमा रहेको मोक्षधाममा चारधामका कलात्मक नमूना मन्दिर निर्माण गरिने भएको छ । पुराणमा उल्लेख भएअनुसार भारतका बद्रीनाथ, जगन्नाथ, रामेश्वरम र द्वारिका गरी चार धाम तथा नेपालका रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तूप त्यहाँ बन्न लागेको हो ।
पाल्पामा तानसेनका १२ जना सहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, वैशाख ५, २०७८
पाल्पामा पुनः कोरोना संक्रमण दर बढ्दो देखिएको छ । कोरोना महामारीको दोस्रो लहर भयावह बनिरहेको भारतबाट स्वदेश फर्किने नेपालीको संख्या बढ्दै गएपछि जिल्लामा पनि संक्रमणको दरमा पनि वृद्धि हुँदै गएको हो ।
नेपालको शानदार जित
आइतबार, वैशाख ५, २०७८
त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो । नेदल्याण्ड्सले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा एक विकेट गुमाएर भेटायो ।
२ सय २६ कोरोना संक्रमित निको
आइतबार, वैशाख ५, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा २ सय २६ जना कोरोना संक्रमित निको भएका छन् । देशका विभिन्न अस्पताल तथा आइशोलेसन सेन्टरमा रहेका २ सय २६ संक्रमितहरु निको भएका हुन् । योसँगै अहिलेसम्म निको हुनेको संख्या दुई लाख ७५ हजार ३८ पुगेको छ । नेपालमा निको हुने दर ९७ प्रतिशत रहेको छ ...
रामपुरमा पनि जनगणना कार्यालय खोलियो
आइतबार, वैशाख ५, २०७८
राष्ट्रिय जनगणना २०७८ को लागि पाल्पाको रामपुरमा पनि कार्यालय खोलिएको छ । कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको काम समेत शुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ । सोही क्रममा पाल्पाको रामपुरमा पनि कार्यालय स्थापना भई काम सुरु भएको हो ।
प्यूठान दुर्घटनामा मृत्यु भएकाहरु प्रति शोक व्यक्त
आइतबार, वैशाख ५, २०७८
गत बुधबार प्यूठानको स्वर्गद्वारी रुमालेमा भएको दुर्घटनामा मृत्युभएका राष्ट्रसेवक कर्मचारीप्रति शोक व्यक्त गरिएको छ । नेपाल निजामती कर्मचारी युनियन (संघ) गुल्मीले शोक विज्ञप्ति जारी गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको हो । नयाँ वर्ष मनाउन गएका जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको जीप दुर्घटना हुँदा...
कृषकलाई आत्मनिर्भर बनाउन बाख्रा
आइतबार, वैशाख ५, २०७८
जिल्लाको निस्दी गाउँपालिकाका कृषकहरुलाई आत्मनिर्भर गराउने उद्देश्यले बाख्रा वितरण गरिएको छ । नेपाल सरकार कृषि मन्त्रालय पशु सेवा विभागको लागत साझेदारी कार्यक्रम तथा निस्दी गाउँपालिका पाल्पा र गल्धा महिला सामाजिक उद्यमी सहकारी संस्थाको संयुक्त लगानीमा बाख्रा हस्तान्तरण गरिएको हो । निस्दी ५ गल्धाका १ सय घर परिवारले प्रतिघर १ वटा...


