Shittalpati
तिनाउ खोलामा शव फेला
तिनाउ खोलामा शव फेला जिल्लाको माथागढी गाउँपालिका– ३ बेलटारीस्थित तिनाउ खोलामा एक पुुरुषको शव फेला परेको छ । बुधबार तानसेन नगरपालिका –९ का ५६ वर्षीय मानबहादुर कुमालको शव फेला परेको हो ।
बिरामी बोकेको एम्बुलेन्समा आगलागी
बिरामी बोकेको एम्बुलेन्समा आगलागी विरामी बोकेको एम्बुलेन्समा आगलागी भएको छ । स्याङ्जाको पुतली बजार नगरपालिका– ११ करेनडाँडास्थित सिद्धार्थ राजमार्गमा वालिङबाट बिरामी बोकेर पोखरातर्फ गइरहेको एम्बुलेन्समा आगलागी भएको हो ।
रानीमहल जाँदै गरेको कार तानसेनको नारनडाँडामा दुर्घटना, चालकको मृत्यु
रानीमहल जाँदै गरेको कार तानसेनको नारनडाँडामा दुर्घटना, चालकको मृत्यु पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहल जाँदै गरेको कार तानसेन नगरपालिका–१ नारनडाँडामा दुर्घटना भएको छ । तानसेनबाट रानीमहलतर्फ जादै गरेको भारतीय नम्बर प्लेटको यूपी १४ डिएन १०४ नम्बरको कार आइतबार राती दुर्घटना भएको हो ।
तनहुँ दुर्घटनाः मृतकको शव भारत पठाइयो
तनहुँ दुर्घटनाः मृतकको शव भारत पठाइयो तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत पठाइएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजबाट आज अपराह्न भरतपुर विमानस्थलबाट ती शव भारत पठाइएको हो । 
तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने
तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका -२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ ।
रोकिएन सडक दुर्घटना
रोकिएन सडक दुर्घटना असार २८ गते सिमलतालस्थित त्रिशुली नदीमा ४० जना बेपत्ता हुने गरी दुई वटा बस दुर्घटना भए । दुर्घटनामा २४ यात्रुको शव फेला परे पनि अन्यको अझै अत्तोपत्तो छैन् । उक्त दुर्घटना सेलाउन नपाउँदै पुनःअर्को भयानक सडक दुर्घटना भएको छ । 
इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु
इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्नेक्रममा उनीहरुको मृत्यु भएको हो ।
गोरुले किच्दा गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु
गोरुले किच्दा गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु गोरुले किच्दा गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु भएको छ । बुटवलस्थित सडकमाजुँधिरहेका गोरुको बीचमा परेर घाइते भएकी गुल्मीको रेसुंगा नगरपालिका–४ अर्खले घर भई हाल बुटवल–३ गोलपार्क बस्ने ४५ वर्षीया सीता पाण्डेको मृत्यु भएको हो ।
बागलुङ पहिरो : सातको मृत्यु, चारजनाको जीवितै उद्धार
बागलुङ पहिरो : सातको मृत्यु, चारजनाको जीवितै उद्धार बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङ, नवलपरासी पूर्व, चितवन र उदयपुरमा भएका छुट्टाछुट्टै  सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको हो ।
बुटवल–नारायणगढ सडक कात्तिक १५ पछि सुरु हुने
बुटवल–नारायणगढ सडक कात्तिक १५ पछि सुरु हुने नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरु गर्नेगरी कार्यतालिका सरकारी पक्षलाई उपलब्ध गराएको हो ।
ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिँदै   
ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिँदै    अबागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा– जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ । चालु आर्थिक वर्षमा संघिय सरकार र जैमिनी नगरपालिकाले विनियोजन गरेको रु ५० लाख गरी रु एक करोडमा सडक कालोपत्र गर्न थालिएको हो । कुश्मिसेरा बजारदेखि सर्कुवा, ब्यार्थला, बिनामारी, जैदीछिस्ती पुग्ने सडकको कालोपत्रसँगै स्तरोन्नतिको कामसमेत भइरहेको छ ।  
Weather Update