कालीगण्डकीमा एक पुरुष मृत फेला
                        
                        
                                                
                                             
                                                                    पाल्पा, कालीगण्डकीमा नदीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको रम्भा गाउँपालिका –१ बिसमुडे घाटस्थित कालिगण्डकी नदीमा असर्दीका ५२ वर्षीय सञ्जय बोटे आज मृत अवस्थामा फेला परेका हुन् ।
विहीबार दिउँसो खोलामा माछा मार्न जान्छु भनि घरबाट हिँडेका उनी शुक्रबार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिए ।
शवको प्रारम्भिक अनुसन्धानपछि पोष्टमार्टमको लागि रामपुर अस्पताल पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                         
                                         
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    