पेट्रोलियम पदार्थको मूल्य घट्यो, कहाँ कति ?
मंगलबार, असार १९, २०८०

सुुन बरामद प्रकरण : बुटवलका दुई सुन पसल सिल
सोमबार, असार १८, २०८०
रुपन्देहीको कालिदह नाका हुँदैै भारत लैजाँदै गर्दा बरामद भएको साढे दुई केजी सुनको अनुसन्धानका क्रममा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिएको छ । नाका हुँदै यही असार १० गते भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटाजस्तै रङ र आकारको झण्डै साढे दुई किलोको शङ्कास्पद वस्तु बरामद गरेको थियो ।

भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची
आइतबार, असार १७, २०८०
भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । इण्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने व्यवस्था अनुसार नयाँ नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको हो ।

नौ हजार पाँच सय ९० जनाले बुझाएनन् सम्पत्ति विवरण
आइतबार, असार १७, २०८०
आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौँ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिशसहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदनसमेत बुझाइसकेको जनाइएको छ ।

सन् २०२३ मा भित्रिए चार लाख ७६ हजार पर्यटक
आइतबार, असार १७, २०८०
सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा...

आर्थिक समृद्धिका लागि रोजगारमूलक कार्यक्रम हाम्रो प्राथमिकता : मुख्यमन्त्री चौधरी
आइतबार, असार १७, २०८०
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आर्थिक समृद्धिका लागि रोजगारमूलक कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । आइतबार पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षदेखि रोजगार सिर्जना गर्ने गरी कार्यक्रम ल्याइएको बताएका हुन् ।

नबिल बैंकले ‘नबिल ग्रीन वीक’ मनाउँदै
आइतबार, असार १७, २०८०
नबिल बैंक लिमिटेडले ‘नबिल ग्रीन वीक’ कार्यक्रम मनाउने भएको छ । नबिल बैंकले नबिल दिगो बैंकिङको वार्षिकउत्सवमा ‘नबिल ग्रीन वीक’ मनाउने भएको हो । २०७८ धान दिवसको दिन प्रारम्भ गरिएको ‘नबिल दिगो बैंकिङ’ले एक वर्ष पूरा गरेको उपलक्ष्यमा बैंकले ‘नबिल ग्रीन वीक’ मनाउने भएको हो ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ पाल्पाको अध्यक्षमा बस्याल
शुक्रबार, असार १५, २०८०
जिल्लाका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुको छाता संगठन पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघमा नयाँ नेतृत्व आएको छ । संघको तानसेनमा भएको चौथो साधारण सभा एवं दोस्रो अधिवेशले नयाँ नेतृत्व चयन गरेको हो ।

बुटवलमा किसानलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याइने
शुक्रबार, असार १५, २०८०
बुटवल उपमहानगरपालिका–१५ उजेलापुरमा आज धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरेको छ । उजेलापुरस्थित भीमकुमारी थारुको खेतमा उपमहानगरपालिकाले बाजागाजासहित रोपाइँ गरेर दिवस मनाइएको हो ।

कुथेली बुखरी स्मल हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै
शुक्रबार, असार १५, २०८०
कुथेली बुखरी स्मल हाइड्रोपावरले आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कुथेली बुखरी स्मल हाइड्रोपावरले असार २६ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।

निस्दीले गर्यो २० वर्ष पुगी विवाह गर्नेलाई सम्मान
बुधबार, असार १३, २०८०
जिल्लाको निस्दी गाउँपालिकाले २० वर्ष पुगी विवाह गर्ने महिलाई नगदसहित सम्मान गरेको छ । पालिकाले समाजमा बढिरहेको बालविवाहलाई रोक्ने उद्देश्यले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगी विवाह गर्ने महिलालाई प्रोत्साहनस्वरुप नगद सहित सम्मान गरेको हो ।

स्थानीय तहले आइतबार बजेट प्रस्तुत गर्दै
शनिबार, असार ९, २०८०
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ५३ स्थानीय तहको बजेट आइतबार सार्वजनिक हुँदैछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान स्थानीय...

सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब दाबी भुक्तानी
शनिबार, असार ९, २०८०
सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै रु पाँच अर्ब दाबी भुक्तानी गरेको छ । कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई रु चार अर्ब ७९ करोड भुक्तानी गरेको हो ।