Shittalpati
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउन सुझाव
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउन सुझाव अपाङ्गता भएका बालबालिकालाई कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट शिक्षा दिन निकै गाह्रो भइरहेको छ । विद्यालय वा आफ्ना साथीसँग खेलेर रमाउँदै सिक्ने बानी परेका ती बालबालिकालाई अनलाइन माध्यमबाट घरमा ध्यान केन्द्रित गराएर सिकाउन कठिन भएको हो ।
बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँशी
बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँशी सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी मौन स्नान गरी मनाइएको छ । आज बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । आज परेको सोमबारे औँशी यस वर्षको दोस्रो सोमबारे औँशी हो ।
भाषा शिक्षकहरुलाई अनलाइन अभिमुखीकरण तालिम
भाषा शिक्षकहरुलाई अनलाइन अभिमुखीकरण तालिम भाषा शिक्षकहरुका लागि अभ्यास पुस्तिका सम्बन्धी अनलाइन अभिमुखीकरण तालिम भएको छ । रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग, बेस नेपालको व्यवस्थापन र शिक्षा तथा समन्वय इकाई पाल्पाको समन्वयमा भाषा शिक्षकहरुका लागि ६ दिने अनलाइन अभिमुखीकरण तालिम भएको हो ।
जलेका लालपूर्जा १८ वर्षपछि वितरण
जलेका लालपूर्जा १८ वर्षपछि वितरण अठार वर्षपछि लालपूर्जा पाउँदा छत्रदेव गाउँपालिका–२ बल्कोट र वडा नं ४ केरुङ्गाका बासिन्दा खुशी भएका छन् । सशस्त्र द्वन्द्वको समयमा विसं २०५९ मा तत्कालीन नेकपा (माओवादी)ले सदरमुकाम आक्रमण गर्दा जलेर लालपूर्जा नष्ट भएपछि जिल्ला नै नक्शाविहीन बनेको थियो ।
कपिलवस्तुमा महिलाको हत्या
कपिलवस्तुमा महिलाको हत्या कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए ।
जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक जना पुरूष पक्राउ परेका छन् । रामपुर नगरपालिका–५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगाबहादुर नेपाली करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।
७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी
७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ । कार्यालयमा दुई/तीन महिना पहिले छापिएकादेखि दुई/तीन वर्ष पहिले छापिएर आएको अनुमतिपत्र लिन सेवाग्राही आउन बाँकी रहेको कार्यालय प्रमुख सम्बरबहादुर कार्कीले बताए...
अमेरिकी नागरिक थम्सनको सहयोगमा विद्यार्थीहरुलाई स्वीटर
अमेरिकी नागरिक थम्सनको सहयोगमा विद्यार्थीहरुलाई स्वीटर जिल्लाको बगनासकाली गाउँपालिका वडा ७, खानीगाउँ रामबगैचाका विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको छ । अमेरिकी ६८ वर्षीय नागरिक पउल थम्सनको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच न्यानो स्वीटर वितरण गरिएको हो ।
शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थाबाट त्रुटि स्वीकार
शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थाबाट त्रुटि स्वीकार बिना स्वीकृति नेपाल सरकारको निशाना छाप प्रयोग गरी तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरेकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कारवाही प्रक्रिया अघि बढाएपछि शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले सो क्रममा प्रक्रियागत त्रुटि भएको स्वीकार गरेको छ ।
गुल्मीका सरोकारवालाहरुद्वारा भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यवद्धता
गुल्मीका सरोकारवालाहरुद्वारा भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यवद्धता गुल्मीका सरोकारवाला निकायहरुले भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यवद्धता जनाएका छन् । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसका अवरमा भ्रष्टाचार विरुद्धको नागरिक निगारानी संस्था गुल्मीले जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले नेपालमा भ्रष्टाचार बढ्दै गईरहेको प्रति चिन्ता व्यक्त गर्दै भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यवद्धता जनाएका हुन् ।
गुल्मीमा २० जना भन्दा बढी जन्ती लान नपाइने
गुल्मीमा २० जना भन्दा बढी जन्ती लान नपाइने गुल्मीमा २० जना भन्दा बढी जन्ती लान नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले धार्मिक कार्य (दिवाली) तथा बिवाह गर्दा साउण्ड सिष्टम तथा बाजा नबजाउने निर्णय गरेको हो ।
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै विश्व मानव अधिकार दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । सन् १९४८ डिसेम्वर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि बिहीबार विविध कार्यक्रम गरी मनाइदैछ ।
Weather Update