खोप नपाए शैक्षिक क्रियाकलाप सञ्चालन नगर्ने रिब्दीकोटका शिक्षकहरुको चेतावनी
शनिबार, साउन ९, २०७८

गुल्मी जिल्ला अदालतको लक्ष्यभन्दा बढी प्रगति
शुक्रबार, साउन ८, २०७८
गुल्मी जिल्ला अदालतले मुद्दा तथा अन्य विषयको वार्षिक कार्य योजनाले निर्धारण गरेको लक्ष्य एवम् प्रगतीको सम्बन्धमा पत्रकारसँग अन्तक्र्रिया समिक्षा कार्यक्रम गर्दै सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को लक्ष्य एवम् प्रगती सार्वजनिक गरिएको गुल्मी जिल्ला अदालतका श्रेष्तेदार उपसचिव भिम प्रसाद भुसालले जानकारी दिए ।

पाल्पाको रिब्दीकोटमा पुरुष मृत भेटिए
शुक्रबार, साउन ८, २०७८
जिल्लाको रिब्दीकोट गाउँपालिका– ६ ठिमुरेका एक पुरुष मृत भेटिएका छन् । ३५ वर्षीय चिरञ्जीवि राना रक्सी पार्ने गैराको खोल्सामा शुक्रबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

सचिव बस्यालको बिदाई
बिहीबार, साउन ७, २०७८
निजामती सेवामा ३७ वर्ष अनवरत सेवा गरी सेवानिवृत्त भएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याललाई आज सो मन्त्रालयमा आयोजित समारोहमा बिदाई गरिएको छ ।

पाल्पामा प्राध्यापक,कर्मचारीले दिए खोप नपाए परीक्षा रोक्ने चेतावनी
बिहीबार, साउन ७, २०७८
त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिभुवन बुहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक, कर्मचारीहरुले कोरोना भाईरस विरुद्धको खोप लगाउन नपाए स्नातक तह प्रथम बर्षको बार्षिक परीक्षा रोक्ने चेतावनी दिएका छन् ।

पाल्पामा गल्याङ्को लाइन जोडियो
बिहीबार, साउन ७, २०७८
पाल्पामा गल्याङ्को लाइन जोडिएको छ । लामो समयदेखि विद्युतको समस्या झेल्दै आएका जिल्लावासीहरुका लागि बैकल्पिक लाइनको रुपमा गल्याङ्को लाइन जोडिएको हो ।

तीन महिनादेखि कार्यालय प्रमुखविहीन , सेवाग्राही मर्कामा
बिहीबार, साउन ७, २०७८
पाल्पाको रामपुर इलाका प्रशासन कार्यालय प्रमुखविहीन हँुदा नागरिक मर्कामा परेका छन् । कार्यालय प्रमुख नहुँदा नागरिकता, दु्रत राहदानी सेवा लिनका लागि सदरमुकाम तानसेनमै जान नागरिक बाध्य छन् ।
.jpg)
अब रामपुरमै व्यवस्थापनमा स्नातकोत्तर
बुधबार, साउन ६, २०७८
‘आमा बुहारी’ क्याम्पसका रूपमा पहिचान बनाएको पूर्वी पाल्पाको पहिलो शहीद बहुमुखी क्याम्पसमा अब एमबिएस तहमा पढाई हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को गत असार २८ को बैठकले व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनका लागि स्वीकृति प्रदान गरेपछि यहाँ कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।

विद्यालय भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार
मंगलबार, साउन ५, २०७८
गुल्मीमा निर्माणधिन विद्यालयको भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार भएका छन् । जिल्लाको मदाने गाउँपालिका –६ मा रहेको धाराचौर आधारभुत विद्यालयमा निर्माण गर्न लागिएको विद्यालयको भवन बेवारिसे अवस्थामा छाडेर निर्माण व्यवसायी फरार भएका हुन् ।

पाल्पाको रिब्दीकोटमा वृद्ध मृत अवस्थामा फेला
सोमबार, साउन ४, २०७८
जिल्लाको रिब्दीकोट गाउँपालिका –१ ख्याहामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । सोमबार विहान सोही ठाउँका ७० वर्षीय शालिकराम वि.क. मृत अवस्थामा फेला परेका हुन् ।

भ्रूणहत्या आरोपमा युवती पक्राउ
आइतबार, साउन ३, २०७८
अवैध गर्भधारण गरेर भू्रणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भू्रण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो ।

कोरोना खोप : शिक्षकको प्राथमिकता सच्याउन ट्रेड युनियन पाल्पाको माग
आइतबार, साउन ३, २०७८
,नेपाल ट्रेड युनियन काँग्रेस पाल्पाले शिक्षकको प्राथमिकता सच्याउन माग गरेको छ । नेपाल सरकारले कोरोना विरुद्धको खोप लगाउन विश्व विद्यालय, विद्यालयका प्रध्यापक, शिक्षक तथा कर्मचारीलाई दोस्रो प्राथमिकतामा राख्दा पाल्पामा भने तेस्रो प्राथमिकतामा राखिएको प्रति गम्भिर ध्यानाकर्षण जनाउदै तत्काल प्राथमकिता सच्याउन ट्रेड युनियले माग गरेको हो ।

गुल्मीको कालीगण्डकीमा मगर समुदायको भेला
शनिबार, साउन २, २०७८
जिल्लाको कालीगण्डकी गाउँपालिकामा मगर समुदायको अगुवा भेला बसेको छ । गाउँपालिका भित्र बसोबास गर्ने मगरहरुलाई संगठित गरी अधिकार र संस्कृतिको संरक्षणमा एक जुट बन्नका लागि नेपाल मगर संघ कालीगण्डकी गाउँपालिकाको आयोजनामा भेला भएको हो ।