विवाह खर्चबाट विद्यालयमा अक्षयकोष
सोमबार, फागुन ९, २०७८
गुल्मीको मुसिकोटमा आगलागी हुँदा एक घर जलेर नष्ट
आइतबार, फागुन ८, २०७८
जिल्लाको मुसिकोट नगरपालिकाको एक घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ । शनिबार राती मुसिकोट नगरपालिका– ४ हलोगाढे बारुकामा गुप्तबहादुर कार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।
बेथलमा क्वाड च्याम्प प्रतियोगिता
शनिबार, फागुन ७, २०७८
तानसेनको बेथल बोर्डिङ सेकेण्डरी स्कुलमा क्वाड च्याम्प प्रतियोगिता भएको छ । स्कूलको २५ औं वार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा विद्यालयको अतिरिक्त क्रियाकलाप समितिले नगरस्तरीय अन्तर विद्यालय क्वाड च्याम्प प्रतियोगिता सञ्चालन गरेको हो ।
सरस्वती हत्या काण्डः चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
बिहीबार, फागुन ५, २०७८
जिल्ला अदालत पाल्पाले महिला हत्याको आरोपमा चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतले बुधबार तानसेन–६ कुनसरे स्थित स्कुल डाँडाकी ६५ वर्षीया सरस्वती घर्ती मगरको हत्यामा संलग्न ४ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पाल्पाका ५० विद्यालय छनोट
बुधबार, फागुन ४, २०७८
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पाल्पाका ५० विद्यालय छनोट भएका छन् । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका १० स्थानीय तहका विद्यालय छनोट गरेको हो ।
आजको संसद् बैठकमा टेबल होला त एमसीसी ?
बुधबार, फागुन ४, २०७८
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आज बस्ने प्रतिनिधिसभा बैंठकमा टेबल हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर आजको संसद् बैंठकमा एमसीसी टेबल गर्न भनेका छन् ।
मंगलबार लुम्बिनी प्रदेशमा सार्वजनिक विदा
आइतबार, फागुन १, २०७८
लुम्बिनी प्रदेश सरकाले मंगलबार अर्थात् फागुन ३ गते सार्वजनिक विदा दिने भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने भएको हो ।
प्रेस चौतारी पाल्पाको अध्यक्षमा कार्की
आइतबार, फागुन १, २०७८
प्रेस चौतारी नेपाल पाल्पाको अध्यक्षमा पत्रकार कृष्ण कार्की निर्वाचित भएका छन् । चौतारीको तानसेनमा भएको ८ औं जिल्ला अधिवेशनबाट कार्की निर्विरोध निर्वाचित भएका हुन् ।
बेथल बोर्डिङ्गको रजत जयन्ती स्मारक अनावरण
आइतबार, फागुन १, २०७८
तानसेनमा रहेको बेथल सेकेण्डरी बोर्डिङ्ग स्कुलले रजत जयन्ती स्मारक अनावरण गरेको छ । स्कूलले आफ्नो रजत महोत्सवको अवसर पारेर रजत स्मारक अनावरण गरेको हो । उक्त स्मारकको लुम्बिनी प्रदेशका शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले अनावरण गरेका छन् ।
गुल्मीमा दलित सुकुम्बासीलाई लालपुर्जा
आइतबार, फागुन १, २०७८
गुल्मीको मालिका गाउँपालिका–७ घमिरका विपन्न १२ दलित परिवारले लालपुर्जा पाएका छन् । उनीहरु सडक निर्माणपछि गाउँ नै पहिरोको जोखिममा परेकाले २२ वर्षदेखि सिलादीस्थित सार्वजनिक जग्गामा बस्दै आएका थिए । सार्वजनिक वन क्षेत्रमा बसोबास गरिरहेका विपन्न परिवार घर, पानी, बिजुली लगायतका सुविधाबाट वञ्चित थिए ।
आजदेखि पाल्पाका विद्यालय खुले
आइतबार, फागुन १, २०७८
जिल्लाका विद्यालयहरु आजदेखि खुलेका छन् । कोरोना नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले शुक्रबार ९ बुँदे आदेश जारी गर्दै शैक्षिक संस्था तथा विद्यालयहरु खोल्न सक्ने बताएसँगै आजदेखि खुलेका हुन् ।
फागुन १ देखि पाल्पाका सबै शैक्षिक संस्थाहरु खुल्ने
शनिबार, माघ २९, २०७८
आगामी फागुन १ गतेदेखि जिल्लाका सम्पूर्ण शैक्षिक संस्था तथा विद्यालयहरू खुल्ने भएका छन् । कोरोना नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले ९ बुँदे आदेश जारी गर्दै शैक्षिक संस्था तथा विद्यालयहरु खोल्न सक्ने बताएसँगै फागुन १ गतेदेखि खुल्ने भएका हुन् ।


