बेथलको ‘स्वर्णतिरको यात्रा’
आइतबार, फागुन २२, २०७८
तानसेनका सामुदायिक मेलमिलापकर्ताहरूलाई तालिम
शनिबार, फागुन २१, २०७८
तानसेन नगरपालिकाका सामुदायिक मेलमिलापकर्ताहरुलाई पुनर्ताजकीय तालिम दिइएको छ । द एसिया फाउण्डेशनको आर्थिक सहयोग, प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपालको आयोजना र तानसेन नगरपालिकाको समन्वयमा त्रिदिवसीय मेलमिलाप सम्बन्धी पुनर्ताजकीय तालिम दिइएको हो ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा विविएका विद्यार्थीलाई स्वागत तथा सम्मान
शुक्रबार, फागुन २०, २०७८
त्रिभुवन बहुमुखी क्यापस विविए चाथौ सेमेस्टरका विद्यार्थीले दोस्रो समेस्टरका विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेका छन् । स्वागत तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले विद्यार्थीमा भएको ज्ञान, शिक्षा लाई अझै फराकिलो बनाउदै, सिप तथा गुणयुक्त बनाउन विविए कार्यक्रमले महत्वपूर्ण भुमिका खेलेको बताए ।
बेथलका पूर्वविद्यार्थी र शिक्षकको पुनर्मिलन
शुक्रबार, फागुन २०, २०७८
तानसेनमा रहेको बेथल इङ्गलिस बोेर्डि सेकेण्डरी स्कुलका पूर्व विद्यार्थी र शिक्षकहरुबिच पूनर्मिलन भएको छ । स्कुलले २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा पूर्व विद्यार्थी र शिक्षकहरुबिच पूनर्मिलन गराएको हो । विगतमा स्कुलमा अध्ययन गरी अध्ययन र रोजगारको शिलशिलामा बाहिर रहेका विद्यार्थी र लामो समय स्कूलमा अध्यापन गराई बाहिर रहेका...
गुल्मी मालिकाका घर–घरमा डिजिटल परिचयपत्र बन्ने
बिहीबार, फागुन १९, २०७८
मालिका गाउँपालिकामा घर–घरमा डिजिटल परिचयपत्र बन्ने भएका छन् । गाउँपालिकाको भिलेज प्रोफाइल कार्यक्रम अन्तर्गत गाउँपालिकाका प्रत्येक घर–घरमा डिजिटल परिचयपत्र बन्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए ।
रहेनन् पत्रकार विके पाल्पाली
बुधबार, फागुन १८, २०७८
पत्रकार एवं साहित्यकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । पाल्पामा जन्मिएका उनको मंगलबार राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा ४६ वर्षको उमेरमा निधन भएको हो ।
प्रतिनिधि सभा बैठक फागुन २२ गतेसम्मका लागि स्थगित
बुधबार, फागुन १८, २०७८
बुधबार बसेको प्रतिनिधि सभाको बैठक पुनः स्थगित भएको छ । एमालेको अवरोधका कारण फागुन २२ गतेसम्मका लागि संसद बैंठक स्थगित भएको हो । बैठक पाँच मिनेटमै सकिएको थियो । सभामुख अग्नीप्रसाद सापकोटाले विपक्षी दल नेकपा एमालेको अवरोधका बीच सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन प्रस्तुत गर्ने समय दिएका थिए ।
सेना दिवस मनाइँदै
मंगलबार, फागुन १७, २०७८
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस आज मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ ।
पाल्पाको पूर्वखोलामा विषादी सेवन गरी बालिकाको ज्यान गयो
आइतबार, फागुन १५, २०७८
जिल्लाको पूर्वखोला गाउँपालिकामा विषादी सेवन गरी एक बालिकाको ज्यान गएको छ । गाउँपालिका- ३ मेञ्जिडाँडाकी १६ वर्षीया अस्मिता परियारको मुसा मार्ने विषादी सेवन गरी ज्यान गएको हो ।
बेथल रेडक्रसले दियो सामुदायिकका विद्यार्थीलाई झोला
आइतबार, फागुन १५, २०७८
बेथल बोर्डिङ स्कूलमा सञ्चालित बेथल जुनियर रेडक्रस सर्कलले जिल्लाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्कूल झोला सहित शैक्षिक सामग्री दिएको छ ।
भूमि सम्बन्धी समस्या समाधान गर्न माथागढी गर्यो आयोगसँग समझदारी
शनिबार, फागुन १४, २०७८
जग्गा विहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि पाल्पाको माथागढी गाउँपालिकाले भूमि सम्बन्धी समस्या समाधान आयोगसँग समझदारी गरेको छ ।
बुद्धि विकास प्रावि माथागढीले मनायो ६८ औं वार्षिकोत्सव
शुक्रबार, फागुन १३, २०७८
जिल्लाको माथागढी गाउँपालिका–२ रुप्सेमा रहेको बुद्धि विकास प्राथामिक विद्यालयले वार्षिकोत्सव मनाएको छ । विद्यालयले एक औपचारिक कार्यक्रमका बीच ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सवको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले उद्घाटन गरेकी हुन् ।


