Shittalpati
रामपुरका युवा पञ्चेबाजा संरक्षणमा
रामपुरका युवा पञ्चेबाजा संरक्षणमा गाउँघरमा हराउँदै गएको पुरानो पञ्चेबाजा संरक्षणमा पाल्पा रामपुरका युवाले अभियान थालेका छन् । मौलिक संस्कृतिसँग जोडिएको बाजाको संरक्षणमा रामपुर नगरपालिका–६ स्थित तालपोखरा युवा समूहमा आवद्ध युवा सक्रियरूपमा लागेका हुन् ।
मनपरी भाडा असुल्न थालेपछि पाल्पामा भाडा समायोजन
मनपरी भाडा असुल्न थालेपछि पाल्पामा भाडा समायोजन जिल्लाका विभिन्न स्थानबाट सवारी साधनहरुले मनपरी भाडा लिएको गुनासो बढेपछि भाडा समायोजन गरिएको छ । जिल्लाको तानसेन नगरपालिकामा २ सय भन्दा बढी नागरिकले भाडाका सवारी साधनले यात्रुहरुलाई ठगी गरेको उजुरी दिएपछि सर्वपक्षीय सरोकारवालाहरुको बैठक राखेर भाडा समायोजन गरिएको तानसेन ९ का वडा अध्यक्ष राजेशकुमार अर्यालले जानकारी गराए ।
हात–हतियार बुझाउन पाल्पा प्रशासनको आग्रह
हात–हतियार बुझाउन पाल्पा प्रशासनको आग्रह जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजतप्राप्त हातहतियार प्रहरीमा बुझाउन आग्रह गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार प्रहरीमा बुझाउन आग्रह गरेको हो ।
रुपन्देहीमा तीन जनाको उम्मेदवारी खारेज
रुपन्देहीमा तीन जनाको उम्मेदवारी खारेज निर्वाचन आयोगले रूपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज गरेको छ । निर्वाचन आयोगमा परेको उजुरीमाथि छानबिन गर्दा उम्मेदवार बन्न अयोग्य देखिएकाले उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ । गुरुङ एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष हुन् ।
गाउँघरमा बज्नै छाडे सहनाई
गाउँघरमा बज्नै छाडे सहनाई गाउँघरमा बजाइने सहनाई बाजा हिजोआज बज्न छाडेका छन् । पुराना पुस्ताले सहनाई बाजाको राग बिर्सदै गएका छन् भने नयाँ पुस्ताले सहनाई बाजाको महत्व र राग बुझ्नै पाएका छैनन् । विभिन्न शुभ कार्य होस् वा धार्मिक कार्य नेपाली संस्कृतिमा बाजाको महत्वपूर्ण भूमिका रहन्छ ।
अविरल वर्षाका कारण पाल्पाका ३४ घर जोखिममा
अविरल वर्षाका कारण पाल्पाका ३४ घर जोखिममा असोज १८ गते रातीदेखि परेको अविरल वर्षाका कारण पाल्पाका ३४ घर जोखिममा रहेका छन् । जिल्लाका विभिन्न स्थानमा पहिरोसँगै घरहरु चर्किएर जोखिममा रहेका हुन् । यहाँको रिब्दीकोट गाउँपालिका, बगनासकाली गाउँपालिका, निस्दी गाउँपालिका र तिनाउ गाउँपालिकाका ३४ घरहरु जोखिममा रहेका छन् ।
आशै–आशमा टर्यो जहाज उड्ने सपना
आशै–आशमा टर्यो जहाज उड्ने सपना गुल्मीको रेसुङ्गा नगरपालिका–९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यसपटकको दसैंमा पनि पूरा सकेन । विसं २०६३ पछि हरेक वर्षको दसैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाज उडेको छैन । हरेक वर्षको दसैंलाई बहाना बनाउँदा राज्यको करोडौँ लगानी बालुवामा खन्याएको पानी सरह भएको उनको गुनासो...
सर्पले डसेर मृत्यु
सर्पले डसेर मृत्यु आइतबार राति सर्पले डस्दा स्याङ्जाको वालिङमा एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको वालिङ–८ बोगटीडाँडाका ५५ वर्षीय निलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा निधन भएको अस्पतालका सूचना अधिकारी उदयबहादुर पौडेलले जानकारी दिए ।
आफ्नै कोठामा युवती मृत फेला
आफ्नै कोठामा युवती मृत फेला जिल्लाको रिब्दीकोट गाउँपालिका –२ मसारमा एक युवती मृत फेला परेकी छन् । मसारका सन्तोष विकको २२ वर्षीया श्रीमती रेश्मी विक आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन् ।
बेथल भूपू विद्यार्थी समाजले मनायो साधारण सभा
बेथल भूपू विद्यार्थी समाजले मनायो साधारण सभा बेथल भूपू विद्यार्थी समाज तानसेनले ११ औं साधारण सभा मनाएको छ । बेथल इङ्लिस बोर्डिङ स्कूलमा गठित समाजले एक औपचारिक कार्यक्रमका बिच साधारण सभा मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि तथा समाजका संरक्षक विद्यालयका प्रिन्सिपल खेमबहादुर सारुले स्कूले जीवनका साथीहरुसँगको अनुभव र मित्रता अत्यन्तै अविस्मरणीय हुने भएकाले विद्यालयमा समाज गठन...
प्रत्यक्षतर्फको मनोनयनपत्र दर्ता : शीर्ष नेता को कहाँबाट
प्रत्यक्षतर्फको मनोनयनपत्र दर्ता : शीर्ष नेता को कहाँबाट आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभर उम्मेदवारको मनोनयनपत्र सुरु भएको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न लागिएको हो ।
यी प्रदेशमा वर्षाको सम्भावना
यी प्रदेशमा वर्षाको सम्भावना अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरुमा आंशिकदेखि...
Weather Update