Shittalpati
निर्वाचनको तयारी पूरा, प्रचार गर्न नपाइने
निर्वाचनको तयारी पूरा, प्रचार गर्न नपाइने निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ । आयोगले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सबै तयारी पूरा भएको बताएका हुन् । व्यस्थापकीय काम सकिएको र सुरक्षा व्यवस्था पनि मिलाइसकिएको आयोगले जनाएको छ ।
मतदान अधिकृत बर्खास्त
मतदान अधिकृत बर्खास्त नवलपरासीमा एक मतदान अधिकृतलाई बर्खास्त गरिएको छ । नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ अन्तरगत रहेको सुनवल नगरपालिकास्थित वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदान स्थलमा खटाइएका मतदान अधिकृत पृथ्वीराज चौधरीलाई बर्खास्त गरिएको हो ।
आज रातिदेखि चुनाव प्रसारमा निषेध, के गर्न पाइन्छ, के पाइन्न ?
आज रातिदेखि चुनाव प्रसारमा निषेध, के गर्न पाइन्छ, के पाइन्न ? आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारको निर्वाचनका लागि आज मध्यरातदेखि प्रचार गर्न नपाइने भएको छ । निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था अनुरुप राती १२ बजेदेखि चुनाव प्रसार गर्न नपाइने...
किसानले मागे उम्मेदवारसँग उद्यमी बन्ने योजना
किसानले मागे उम्मेदवारसँग उद्यमी बन्ने योजना चुनावको चहलपहल बढिरहँदा मतदाताले आफ्ना समस्या र गुनासा उम्मेदवारसमक्ष पोखिरहेका छन् । आ–आफ्नो क्षेत्रमा भोगेका समस्यालाई समाधान गर्ने खालका योजना ल्याउन उम्मेदवारलाई माग गरिरहेको पाइन्छ । किसान मतदाता पनि कृषिलाई आधुनिकीकरण गरी व्यावसायीकरण गर्ने खालका कार्यक्रम ल्याउन माग गरिरहेका छन् ।
पाल्पामा चुनावको झल्को दिने नमुना मतदान
पाल्पामा चुनावको झल्को दिने नमुना मतदान आसन्न प्रदेशसभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै पाल्पामा नमुना मतदानको अभ्यास गराइएको छ । आम सर्वसाधारणका निम्ति जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा अन्तर्गतको नमुना मतदान अभ्यास गराएको हो । जसले मंसिर ४ मा हुने निर्वाचनको झल्को दिएको छ । बदर मत कम गर्ने लक्ष्य र मतदातालाई सहजताका लागि...
तानसेनमा स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सचेतना र्याली
तानसेनमा स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सचेतना र्याली जिल्लाको सदरमुकाम तानसेनमा स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सचेतना र्याली निकालिएको छ । मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको पाल्पा विकास केन्द्रले विभिन्न संघ संस्थाहरुको सहकार्यमा आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउने उद्देश्यले सचेतना र्याली निकालेको हो ।
गुल्मीमा महिला मृत फेला
गुल्मीमा महिला मृत फेला गुल्मीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको ईस्मा गाउँपालिका–५ स्थित दरिनढुंगाकी ७४ वर्षीया जीवकला थापा आफ्नै घरभित्र मृत फेला परेकी हुन् ।
दुई दिन सार्वजनिक विदा
दुई दिन सार्वजनिक विदा आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सरकारले दुुई दिन सार्वजनिक विदा दिने भएको छ । सरकारले मंसिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा दिने भएको हो ।
डुबेर बालिकाको मृत्यु
डुबेर बालिकाको मृत्यु
जुत्ता चप्पल सिलाएरै फेरिएको जीवनशैली
जुत्ता चप्पल सिलाएरै फेरिएको जीवनशैली जुत्ता चप्पल सिलाउने व्यवसायलाई सम्मानजनक नजरले नहेर्ने गलत प्रवृत्ति हाम्रो समाजमा छ । जुत्ता चप्पल सिलाउने मात्रै नभई मजदुरी होस् या जुनसुकै पनि सानो काम गर्ने गरिब, विपन्न वर्गलाई समाजले राम्रो दर्जामा राख्न सक्दैन । कतिपयले समाजमा इज्जत नहुने, डर र लाजका कारण झट्ट काम गर्न मन पराउँदैनन् ।
निर्वाचनमा खटिने कर्मचारीलाई निर्देशन: ‘गल्ती गरे जागिर चट’
निर्वाचनमा खटिने कर्मचारीलाई निर्देशन: ‘गल्ती गरे जागिर चट’ मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि पाल्पामा खटिने कर्मचारीलाई निष्पक्ष निर्वाचन गराउन निर्देशन दिइएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षा निकायका कमाण्डरहरुलाई निष्पक्ष निर्वाचन गराउन निर्देशन दिइएको हो ।
निर्वाचनको दिन अत्यावश्यक सवारीसाधनले अनुमति लिनु नपर्ने
निर्वाचनको दिन अत्यावश्यक सवारीसाधनले अनुमति लिनु नपर्ने निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावको दिन अत्यावश्यक सवारी साधनका लागि पास आवश्यक नहुने प्रष्ट पारेको छ । आयोगले एक सूचना सार्वजनिक गर्दै अत्यावश्यक सवारी साधनका लागि पास आवश्यक नहुने जनाएको हो । आयोगले सवारी आवागमनलाई सहज बनाउन यस्तो निर्णय गरेको सूचना मार्फत जानकारी गराएको...
Weather Update