Shittalpati
क्यानविरुद्ध प्रदर्शन
क्यानविरुद्ध प्रदर्शन नेपाल क्रिकेट संघ (क्यान)को विरोध गर्दै प्रदर्शन भएको छ । नाबालिग बलात्कारको मुद्दा चलिरहँदा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश गर्ने नेपाल क्रिकेट संघ (क्यान)को विरोध गर्दै काठमाडौंमा प्रदर्शन भएको हो ।
तानसेनमा निकालियो भीमसेनको रथ यात्रा, रौनक भने हराउँदै
तानसेनमा निकालियो भीमसेनको रथ यात्रा, रौनक भने हराउँदै जिल्लाको सदरमुकाम तानसेनमा बिहीबार धार्मिक आस्थासँग जोडिएको भीमसेनको रथ यात्रा निकालिएको छ । नेवार समुदायले हरेक वर्ष माघ शुक्ल भीमा द्वादशीका दिन भीमसेनको रथ यात्रा निकाल्ने गर्दछन् । तानसेनको शित्तलपाटीस्थित भीमसेन मन्दिर परिसरबाट निकालिएको रथ यात्राले तानसेन नगर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो । सो क्रममा भीमसेनको मूर्तिलाई खटमा...
चोरीका घटना बढेपछि पाल्पा प्रहरी चनाखो
चोरीका घटना बढेपछि पाल्पा प्रहरी चनाखो छिमेकी जिल्लाहरुमा चोरीका घटनाहरु बढेपछि पाल्पा प्रहरी चनाखो बनेको छ । जिल्ला प्रहरी कार्यालयले छिमेकी जिल्ला गुल्मी, स्याङ्जा, रुपन्देहीका विभिन्न स्थानमा चोरीका घटना बढ्न थालेपछि उच्च सर्तकताका साथ चनाखो बनेको हो । पाल्पामा पनि चोरीका घटना हुुन सक्ने भन्दै प्रहरीले सबैलाई उच्च सर्तकता अपनाउन भनेको छ । उसले एक सूूचना...
आज विश्व सिमसार दिवस मनाइदैं
आज विश्व सिमसार दिवस मनाइदैं प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘सिमसार क्षेत्र पुर्नस्थापना’ भन्ने नाराका साथ सन् २०२३ को विश्व सिमसार दिवस मनाउन लागिएको हो ।
पेट्रोल छर्केर बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास
पेट्रोल छर्केर बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास केही दिन अघि काठमाडौंमा पेट्रोल छर्केर आत्मदाह गरेको घटना सेलाउन नपाउदै फेरी बागलुङमा एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
उपेक्षामा सच्चा सहिद !
उपेक्षामा सच्चा सहिद ! हरेक वर्षजस्तै यसपटक पनि ‘सहिद दिवस’ आयो र गयो पनि । माघ १० देखि १६ गतेसम्म सहिदलाई सम्झने परम्परालाई यसपटक पनि निरन्तरता दिँदै सोमबार सहिद दिवस मनाइयो । कवि भूपी शेरचन भन्छन्, ‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई/चार सपूत मरेर नगए !’ तर, आजको अवस्था उनले भनेजस्तो...
गुन्द्री बनाउन महिला सामूहिकरुपमा सक्रिय
गुन्द्री बनाउन महिला सामूहिकरुपमा सक्रिय घाम लाग्ने पहारिलो खुल्ला बारीको पाटो आ–आफ्नै काम तर सामूहिकरुपमा खटिरहेका महिला साँझ बिहान घरधन्दा गरेर दिउँसो फुर्सद निकाले घर–घरबाट पराल लिएर पुग्छन् बारीको पाटोमा । जहाँ नौ वटा तान बनाइएको छ । उनीहरुले यसरी नै बर्सेनि परालको गुन्द्री बुन्दै आएका छन् । खेती किसानी गर्ने महिला दिदीबहिनीले घरमै उत्पादन...
न्यू होराइजनले मनायो ३० औं वार्षिक उत्सव
न्यू होराइजनले मनायो ३० औं वार्षिक उत्सव तानसेनमा रहेको न्यू होराइजन बोर्डिङ स्कुलले ३० औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कूलले एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि तथा पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले उद्घाटन गरेका हुन् ।
लुम्बिनीमा हिन्दू गुरुको प्रस्तावित कार्यक्रमप्रति आपत्ति
लुम्बिनीमा हिन्दू गुरुको प्रस्तावित कार्यक्रमप्रति आपत्ति महामानव गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा भारतका हिन्दू गुरु मोरारी बापूबाट रामकथा वाचन गरिने भनी प्रचारित कार्यक्रमको आयोजनाप्रति बौद्ध समुदायले विरोध प्रकट गरेको छ ।
राहदानी सेवा सहज बनाउन अग्रिम अनलाइन आवेदन
राहदानी सेवा सहज बनाउन अग्रिम अनलाइन आवेदन राहदानी विभागले आफ्ना सेवा सहज बनाउने उद्देश्यले एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागले एक सूचना प्रकाशित गरी सोमबारदेखि दैनिक एक हजार पाँच सयका दरले एक महिनाको प्रि–इनरोलमेन्ट हुने जनाएको छ ।
सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी
सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी सरकारले सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव स्थगन गर्ने भएको छ । सो प्रस्ताव स्थगन गरी नयाँ शिराबाट छलफल गर्ने तथा नेपालको संविधान र सूचनाको हकको प्रावधानअनुसार नै अगाडि बढाउने समझदारी भएको छ ।
आज सहिद दिवस विविध कार्यक्रम गरी मनाइदैं
आज सहिद दिवस विविध कार्यक्रम गरी मनाइदैं देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ । सहिदप्रति सम्मान गर्दै दिवस मनाउन लागिएको हो ।
Weather Update