पत्रकार नेपाल ‘कम्मिट टु वर्क’ अवार्डबाट सम्मानित
शुक्रबार, मंसिर ९, २०७९
मजदुर कोठामा मृत भेटिए
बुधबार, मंसिर ७, २०७९
काठमाडौँमा काम गर्दै आएका एक मजदुर आफ्नै कोठामा मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा ज्यामी काम गर्ने मकवानपुरका ४५ वर्षे गोविन्द परियार आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
स्याङ्जा–२ को मतगणना अनिश्चित, आयोगको निर्णय पर्खिंदै
बुधबार, मंसिर ७, २०७९
मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि आजसम्म स्याङ्जा क्षेत्र नं २ को मतगणना हुन सकिरहेको छैन । वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसे पनि दलहरुबीच सहमति जुट्नाको साटो आ–आफ्नै अडानमा रहेकाले मतगणना सुरु हुन नसकेको हो ।
पश्चिम पाल्पाको न्वागी, जहाँ देवीलाई चढाएर मात्र धान उपभोग गरिन्छ
बुधबार, मंसिर ७, २०७९
प्रायःनयाँ धान घरमा भिर्याएपछि पहिले हामीले नयाँ चामलको भात खान्छौं । तर पश्चिम पाल्पामा भने नयाँ धान भिर्याएपछि पहिले देवीलाई चढाएर मात्र उपभोग गर्ने प्रचलन रहेको छ । यहाँको प्रशिद्ध मन्दिर रैनादेवी मन्दिरमा नयाँ धान उत्पादन गरेपछि भगवतीलाई चढाएर पछि मात्रै खाने गरिन्छ ।
देशभरका शिवालयमा छरियो शतबीज
बुधबार, मंसिर ७, २०७९
देशभरका शिवालयमा शतबीज छरिएको छ । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मंगलबार दिवंगत पितृको सद्गतिको कामना गर्दै शिवालयमा शतबीज छरिएको हो । त्रयोदशीको रातभर भक्तजनले शिवालय एवं घर–घरमा समेत दिवंगत पितृको नाममा महादीपदान गरेका थिए । विशेष गरी काठमाडौंको पशुपति क्षेत्रमा भक्तजनहरुको भीड लागेको थियो ।
पाल्पामा स्थानीय तह भन्दा ८ प्रतिशत मत कम खस्यो
मंगलबार, मंसिर ६, २०७९
पाल्पामा स्थानीय तहभन्दा कम मत खसेको छ । आइतबार सम्पन्न प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जिल्लाभर ६० दशमलव ९४ प्रतिशत मत खसेको छ । जिल्लामा २ लाख १ हजार ३ सय २६ मतदात रहेकोमा १ लाख २२ हजार ६ सय ९४ मत खसेको हो ।
पाल्पा क्षेत्र नं. २ को मत गणना सुुरु
सोमबार, मंसिर ५, २०७९
पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । करिव ४ बजेतिर यस क्षेत्रको मतगणना सुरु भएको मत गणनास्थलबाट हाम्रा संवाददाता कृष्ण पोखरेलले बताए ।
गर्भवतीको हेलिकप्टरबाट उद्धार
सोमबार, मंसिर ५, २०७९
कालीकोटमा सुत्केरी हुन नसकेकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको महाबै गाउँपालिका–५ का रवीन्द्र भट्टराईकी श्रीमती पुष्पा भट्टराईको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।
दुर्घटनामा पत्रकार कँडेलको मृत्यु
शनिबार, मंसिर ३, २०७९
मोटरसाइकल दुर्घटनामा रुपन्देहीका ३५ वर्षीय पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु १ क ५२७६ नंको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु ४४ प ८२०१ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
निर्वाचन सामग्रीसहित पाल्पाका मतदान केन्द्रमा खटिए कर्मचारी
शनिबार, मंसिर ३, २०७९
आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाल्पामा कर्मचारी र सुरक्षाकर्मीहरू मतदान केन्द्र हिँडेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आवश्यक सामग्रीसहित बिहीबार सबैजसो केन्द्रमा कर्मचारीहरू पुगेका हुन् ।
आचारसंहिता उल्लंघन गरे २५ हजार
शनिबार, मंसिर ३, २०७९
बिहीबार रातिदेखि मौन अवधि सुरु भएको छ । यो समयमा चुनावी प्रचार–प्रसार गर्न पाइने छैन् । यति कोही कसैले यो समयमा निर्वाचन आचारसंहिता उल्लंघन गरे २५ हजार जरिवाना तिर्नु पर्नेछ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म...
आज विश्व शौचालय दिवस मनाइदैं
शनिबार, मंसिर ३, २०७९
आज विश्व शौचालय दिवस । विश्वमा हरेक वर्ष १९ नोभेम्बरमा शौचालय दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी शौचालय दिवस मनाइँदै छ । शौचालय र यसको महत्व सबैसामु फैलाउने उद्देश्यले शौचालय दिवस मनाउने गरिन्छ ।
उत्पादनतर्फ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
शुक्रबार, मंसिर २, २०७९
उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ । गत भदौ २० देखि कात्तिक २१ सम्म सञ्चालित परीक्षाको नतिजा एचआरडी कोरियाबाट प्राप्त भएको इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षामा आठ हजार सात सय ८५ जना उतीर्ण भएका छन् ।


