आज लुम्बिनीका ४ जिल्लामा सार्वजनिक बिदा
सोमबार, मंसिर ४, २०८०
‘खुला दिसामुक्त’ पाल्पामै छैनन् सार्वजनिक शौचालय
आइतबार, मंसिर ३, २०८०
६ वर्षअघि पाल्पालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि कागजमै सीमित भएको छ । अनुगमन र घोषणा कार्यान्वयन नहुँदा जिल्ला घोषणामै सिमित बन्न पुगेको हो ।
आज विश्व शौचालय दिवस मनाइदैं
आइतबार, मंसिर ३, २०८०
आज विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ । विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको...
आगलागीबाट क्षति
शनिबार, मंसिर २, २०८०
अस्पतालसँगै रहेको खाद्य तथा व्यापार कम्पनी लिमिटेडको भवनमा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरमा अचानक विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दले जानकारी दिए । आगो लागेपछि अस्पतालमा भर्ना भएका बिरामीलाई अन्य अस्पतालमा पठाइएको छ ।
‘विपीनको उद्धार गर्न पहल भइरहेको छ’
शनिबार, मंसिर २, २०८०
शनिबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा मन्त्री साउदले इजरायल सरकारका अनुसार जोशी बन्धक अवस्थामा जीवित रहेको र उनलाई मुक्त गराउन अमेरिकाका परराष्ट्रमन्त्रीदेखि कतारका विदेशमन्त्रीसित आग्रह गरेको जानकारी दिए ।
टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट, सोमबार सुनुवाई हुने
शुक्रबार, मंसिर १, २०८०
सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट परेका छन् । टिकटक बन्दले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक उल्लंघन भएको भन्दै निवेदकहरुले निर्णय बदरको आदेश माग गर्दै रिट हालेका हुन्
हतियार प्रहारबाट युवक घाइते
बिहीबार, कात्तिक ३०, २०८०
बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् ।
गुल्मीमा भुस्याहा कुकुरको बिगबिगी
शुक्रबार, कात्तिक २४, २०८०
गुल्मीका विभिन्न क्षेत्रमा भुस्याहा कुकुरको बिगबिगी बढेको छ । मुख्य सडक या सहायक सडक, गल्लीमा साँझबिहान भुस्याहा कुकुरको संख्या बढेको पाइएको छ । विशेष गरी जिल्ला सदरमुुकाम तम्घास, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका लगायतका क्षेत्रहरुमा भुस्याहा कुुकुरको संख्या बढी देखिएको हो ।
बीस रुपैयाँको विवादमा महिलाको हत्या
शुक्रबार, कात्तिक २४, २०८०
अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका–९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो ।
तानसेनको टक्सारमा रोटी महोत्सव हुँदै
बिहीबार, कात्तिक २३, २०८०
पाल्पाको तानसेन नगरपालिका–३ टक्सार टोलमा रोटी महोत्सव हुन लागेको छ । पाल्पा उद्योग वाणिज्य संघ र तानसेन नगरपालिका, वडा– ३ को मुख्य आयोजना तथा मैत्री क्लव तानसेनको सहयोगमा कार्तिक २४ र २५ गते ‘प्रथम रोटी महोत्सव – २०८०’ हुन लागेको हो ।
पाल्पामा प्लाष्टिकका माला प्रतिबन्ध लगाउँदै स्थानीय सरकार
बिहीबार, कात्तिक २३, २०८०
पछिल्लो समय प्लाष्टिकका कृत्रिम मालाको प्रयोग बढ्दै गएका बेला पाल्पाका केही स्थानीय सरकारले भने त्यसको प्रयोगमा प्रतिबन्ध लगाउन थालेका छन् । तिहार पर्व नजिकिएसँगै बजारमा प्लाष्टिकका मालाले बजार लिन थालेपछि स्थानीयस्तरमा उत्पादित फूूलहरुले ठाउँ नपाउने भन्दै यहाँका स्थानीय सरकारले कृत्रिम मालाको प्रयोगमा निरुत्साहित गर्न सूचना नै प्रकाशन गरी प्लाष्टिकका मालामा...
आँधीखोलामा पुल बनेपछि चार जिल्लालाई सहज
बिहीबार, कात्तिक २३, २०८०
कालीगण्डकी लोकमार्गअन्तर्गत आँधीमुहानस्थित आँधीखोलामा पुल बनेपछि स्थानीयलाई सहज भएको छ । स्याङ्जाका पश्चिम, पर्वतका दक्षिण, गुल्मी र बाग्लुङ जिल्लाका पूर्वी भागका नागरिकलाई गल्याङ, पाल्पा, बुटवल, नारायणगढ, दाङ र भारतसमेत जान सबैभन्दा छोटो मानिएको बिहादी–सेतीवेणी–मिर्मी सडक खण्ड अन्तर्गत आँधीमुहानमा पुल बनेपछि सहज भएको हो ।
गुल्मीमा पहिलो पटक वितरण गरियो गैर आवासीय नेपाली नागरिकता
मंगलबार, कात्तिक २१, २०८०
गुल्मीमा पहिलो पटक गैर आवासीय नेपाली नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलबार पहिलो पटक रेसुङ्गा नगरपालिका –१ भिमचोकका भीष्म मरासिनीलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।


