एसक्यूसिको राष्ट्रिय सम्मेलनमा सेन्ट कपितानियोकी ढेंगा कथा लेखनमा तृतीय
मंगलबार, मंसिर १२, २०८०
लागूऔषध मुद्दाका फरार व्यक्ति पक्राउ
मंगलबार, मंसिर १२, २०८०
लागूऔषध ब्राउनसुगर हिरोइन मुद्दामा संलग्न रही ४ वर्षदेखि फरार रहेका व्यक्ति पक्राउ परेका छन् । गुल्मी कालिगण्डकी गाउँपालिका वडा २ घर भई हाल स्याङ्जाको फेदिखोला गाउँपालिका–२ उपल्लो कुँडुले बस्ने ४४ वर्षीय रेशम थापा मगर पक्राउ परेका हुन् ।
रामपुरमा महिला कानुनी अधिकार सम्बन्धी सचेतना कार्यक्रम
मंगलबार, मंसिर १२, २०८०
महिला कानुनी अधिकार सम्बन्धी सचेतना कार्यक्रम भएको छ । रामपुर नगरपालिका न्यायिक समितिको आयोजनामा वडा २ र ३ का महिला दिदीबहिनीहरुको सहभागितामा रामपुर वडा २ मा एक दिने सचेतना कार्यक्रम भएको हो ।
बालिका हत्या आरोपी खाँ जेल चलान
मंगलबार, मंसिर १२, २०८०
गुल्मीको चन्द्रकोट गाउँपालिकामा बलात्कारपछि बालिका हत्याका आरोपित एक व्यक्ति पूर्पक्षका लागि जेल चलान भएका छन् । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका बाँके खजुरा गाउँपालिका–७ का २३ वर्षीय रहिस खाँ पूर्पक्षका लागि सोमबार जेल चलान भएका हुन् ।
लागुऔषधसहित दुईजना पक्राउ
मंगलबार, मंसिर १२, २०८०
काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वान्टबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ ।झापाको बुधबारे गाउँपालिका– ५ का ३० वर्षीय सन्तोष तिवारी र सोही गाउँपालिका–३ का ३९ वर्षीय हरिबहादुर विकलाई पक्राउ गरिएको हो ।
पाल्पामा पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता
मंगलबार, मंसिर १२, २०८०
पाल्पामा पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले मंगलबार पहिलो पटक तानसेन नगरपालिका –४ सिल्खानटोलका १९ वर्षीय फेलिक्स बज्राचार्यलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।
स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ
सोमबार, मंसिर ११, २०८०
काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट स्रोत नखुलेको रकम रु १५ लाख ८४ हजार पाँच सयसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
नौ जनाविरुद्ध अख्तियारमा मुद्दा दायर
सोमबार, मंसिर ११, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी जिल्लाको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यी प्रदेशमा हल्का वर्षाको सम्भावना
सोमबार, मंसिर ११, २०८०
पश्चिमी वायुको प्रभावले सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज गुरु नानक जयन्ती मनाइँदै
सोमबार, मंसिर ११, २०८०
प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज सोमबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । कात्तिक पूर्णिमाकै दिन शिख धर्मका दश विशेष गुरुमध्येका प्रथम गुरु गुरु नानकको जन्म भएको हो ।
सकियो चतुर्मास, विवाह–व्रतबन्धको सिजन शुरु
सोमबार, मंसिर ११, २०८०
आज कार्तिकशुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा । यसलाई चतुर्मास वा कार्तिकस्नान समाप्त हुने पूर्णिमा भनिन्छ । यो दिन विशेषगरी विष्णुका मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ ।
मानिस बेपत्ता कसुरमा दुई प्रहरी कारागार चलान
आइतबार, मंसिर १०, २०८०
मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ । कारगार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू रहेका छन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
शनिबार, मंसिर ९, २०८०
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ ।


