अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइँदै
शनिबार, मंसिर ९, २०८०
तिनाउ कचलका पहिरो पीडितलाई काँग्रेसको सहयोग
शुक्रबार, मंसिर ८, २०८०
नेपाली काँग्रेस तिनाउ गाउँपालिका पाल्पाले पहिरो पीडित परिवारलाई राहत सहयोग गरेको छ । काँग्रेसले गत साउनमा अविरल वर्षाका कारण गएको पहिरोले घर खेतमा क्षति पुर्याएका तिनाउ गाउँपालिका– १ कचलका परिवारलाई आवश्यक राहत सामग्री सहयोग गरेको हो ।
प्रहरीमाथि ढुङ्गामुढा गर्ने पाँच पक्राउ
शुक्रबार, मंसिर ८, २०८०
बिहीबार काठमाडौँको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा प्रहरीमाथि ढुङ्गामुढा गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कालीगण्डकी नदीमा रिब्दीकोटका ६७ वर्षीय पुरुष मृत फेला
बिहीबार, मंसिर ७, २०८०
जिल्लाको तानसेन नगरपालिका–१४ दुमैस्थित कालीगण्डकी नदीमा एक पुरुष मृत फेला परेका छन् । मंगलबारदेखि हराएका रिव्दीकोट गाउँपालिका –३, मालमुलका ६७ वर्षीय होमबहादुर खत्री विहीबार दिउँसो मृत फेला परेका हुन् ।
तुलसीको विवाह गरी मनाइयो हरिबोधनी एकादशी
बिहीबार, मंसिर ७, २०८०
तुलसीको विवाह गरी हरिबोधिनी एकादशी मनाइएको छ । बिहीबार घर–घरमा रहको तुलसीको दामोदर ‘विष्णु’ सँग विवाह गरी हरिबोधिनी एकादशी मनाइएको हो ।
पप माविमा अयोध्याप्रसाद प्रधानको शालिक अनावरण
बिहीबार, मंसिर ७, २०८०
तानसेनस्थित पद्य पव्लिक नमूना माध्यमिक विद्यालयमा शिक्षाका पिता अयोध्याप्रसाद प्रधानको शालिक अनावरण गरिएको छ । विद्यालयले अमृत महोत्सव वर्षको अवसर पारेर बिहीबार एक औपचारिक कार्यक्रमका बिच प्रधानको अर्धकदको शालिक अनावरण गरेको हो ।
शिक्षाका पिता : अयोध्या प्रसाद प्रधान
बिहीबार, मंसिर ७, २०८०
लुम्बिनी प्रदेश पाल्पा तानसेन असनटोल निवासी माता तिलोत्तमादेवी प्रधान र पिता बद्रीनारायण प्रधानका कनिष्ठ सुपुत्र अयोध्या प्रसाद प्रधानको जन्म वि.सं १९६० बैशाख १८ गते अक्षय तृतीयाका दिन भएको हो ।
तुलसीको विवाह गरिँदै
बिहीबार, मंसिर ७, २०८०
एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकोमा आज तुलसीको दामोदर ‘विष्णु’सँग विवाह गरिँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतिकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्ने गरिन्छ ।
बोरामा बाँधेर फालेको अवस्थामा दुई शव फेला
बुधबार, मंसिर ६, २०८०
भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कलवडमा आज एक पुरुष र एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार अन्दाजी ३०–३२ वर्षको उमेरका उनीहरुको शव भेटिएको हो ।
लुम्बिनीमा अझै जुटेन सरकार विस्तारको सहमति
बुधबार, मंसिर ६, २०८०
लुम्बिनी प्रदेशमा सरकार विस्तारको सहमति अझै जुट्न सकेको छैन । सत्ता साझेदार दलभित्रै आ–आफ्नै अडान कायम राख्दा सरकार विस्तारमा सहमति नजुटेको हो ।
चिसो छल्न चितवनमा ‘पर्यटक’ चरा आउन थाले
मंगलबार, मंसिर ५, २०८०
चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी ‘पर्यटक’ चराको आगमन सुरु भएको छ । जाडो चल्न हाँस प्रजाति सहित बाज, चिललगायतका चरा यहाँ आउन थालेका हुन् ।
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ
सोमबार, मंसिर ४, २०८०
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस वर्षको छठ सकिएको छ । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका ब्रतालुले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकिएको हो ।
पाटेबाघ मृत फेला
सोमबार, मंसिर ४, २०८०
चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो ।


