Shittalpati
लुम्बिनीमा आज सार्वजनिक बिदा
लुम्बिनीमा आज सार्वजनिक बिदा लुम्बिनी प्रदेशमा आज आइतबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो । विगतमा जस्तै प्रदेश स्थापना दिवसको अवसरमा यसवर्ष पनि सार्वजनिक बिदा दिइएको लुम्बिनी प्रदेश गृह मन्त्रालयले जनाएको छ ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा बिबिए र बिबिएमका विद्यार्थीलाई स्वागत तथा सम्मान
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा बिबिए र बिबिएमका विद्यार्थीलाई स्वागत तथा सम्मान त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा बिबिए र बिबिएमका विद्यार्थीलाई स्वागत तथा सम्मान गरिएको छ । बिबिए र बिबिएममा अध्ययनरत विद्यार्थीहरुले सोही समूूहका नव आगन्तुक विद्यार्थीहरुलाई  एक औपचारिक कार्यक्रमको आयोजना गरी स्वागत गरेका हुन् ।
तानसेनमा ‘जहाँ मार्किङ त्यहाँ पार्किङ’ अभियान
तानसेनमा ‘जहाँ मार्किङ त्यहाँ पार्किङ’ अभियान तानसेनमा ट्राफिक व्यवस्थापनको समस्या समाधान गर्न ‘जहाँ मार्किङ त्यहाँ पार्किङ’ अभियान सुरु गरिएको छ । तानसेन नगरपालिकाले ट्राफिक प्रहरीसँग सहकार्य गरेर सो अभियान सञ्चालन गरेको हो ।
रामपुर एकीकृत घुम्ती शिविर : वडामै पुगेर सेवा
रामपुर एकीकृत घुम्ती शिविर : वडामै पुगेर सेवा जिल्लाको रामपुर नगरपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । नगर सरकारले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो ।
गुल्मीमा खसीबोका बिक्रीबाट मनग्य आम्दानी
गुल्मीमा खसीबोका बिक्रीबाट मनग्य आम्दानी गुल्मीमा यतिबेला बाख्रापालन व्यवसाय गर्ने किसान धेरै छन् । बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्न थालेपछि यहाँका किसान बाख्रापालनलाई आफ्नो दैनिकीसँग जोड्दै जान थालेका हुन् ।
पाल्पामा जेसिजको संसदीय प्रणाली सम्बन्धी तालिम
पाल्पामा जेसिजको संसदीय प्रणाली सम्बन्धी तालिम  पाल्पा जेसिज वर्ष २०२४ ले संसदीय सभा प्रणाली सम्बन्धी दुुई दिने राष्ट्रियस्तरको तालिम तानसेनमा सञ्चालन गरेको छ । जेसिजमा आवद्ध जेसी सदस्यहरुलाई बैठक सञ्चालन, मर्यादा, आफ्ना भनाइ राख्ने शैली लगायतका बारेमा जानकारी दिने उद्देश्यले शुक्रबारदेखि तालिम सञ्चालन गरिएको हो ।
आन्तरिक पर्यटन प्रवर्धनमा ‘नेशनल लाईफ’
आन्तरिक पर्यटन प्रवर्धनमा ‘नेशनल लाईफ’ नेपालकै सबैभन्दा पुरानो बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले वित्तिय क्षेत्रसँगै पर्यटन प्रवर्धननमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ । कम्पनीले बेला–बेलामा आफ्ना अभिकर्ता, कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप देशका प्रमुख पर्यटकीय स्थलहरुको अवलोकन, भ्रमण गराई आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउँदै आएको हो ।
आज विश्व सिमसार दिवस मनाइदैं
आज विश्व सिमसार दिवस मनाइदैं आज विश्व सिमसार दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष नेपालमा दिवसको नारा ‘सिमसार र मानवको कल्याण’ भन्ने तय गरिएको छ । प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन यो दिवस मनाउने गरिएको हो ।
परमानन्द बाल वृद्व कल्याण संघ पाल्पाको साधारण सभा
परमानन्द बाल वृद्व कल्याण संघ पाल्पाको साधारण सभा असहाय बालबालिका र वृद्धवृद्धाहरुको क्षेत्रमा काम गर्दै आएको परमानन्द बाल वृद्ध कल्याण संघ पाल्पाले १० औं साधारण सभा गरेको छ । संघले तानसेनमा एक औपचारिक कार्यक्रम गरी सभा गरेको हो । सभाको लुम्बिनी प्रदेशका सांसद एवं पूर्वमन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका हुन् ।
एनसेल घोटलाका विरुद्ध  पाल्पा शान्ति समाज, गर्‍यो  साताव्यापी विरोध प्रदर्शन
एनसेल घोटलाका विरुद्ध पाल्पा शान्ति समाज, गर्‍यो साताव्यापी विरोध प्रदर्शन मानव अधिकार तथा शान्ति समाज पाल्पाले साताव्यापी कार्यक्रमको आयोजना गरी एनसेल घोटला प्रकरणको विरोध गरेको छ । समाजले तानसेनमा माघ १२ गतेदेखि जिल्ला प्रशान कार्यालय अगाडिबाट सुरु गरेको विरोध प्रर्दशन तानसेनका विभिन्न चोक चोकमा गरेको थियो ।   
तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मनोनयन पेश
तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मनोनयन पेश प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारकातर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भएको छ ।
वैदेशिक रोजगारीमा छ सयभन्दा बढीलाई ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीमा छ सयभन्दा बढीलाई ठगी गर्ने पक्राउ वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै  छ सयभन्दा बढीलाई ठगी गरेको आरोपमा एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्जोसोम गाउँपालिका–४, ललितपुर बस्ने ३२ वर्षीय विकाश वाइवा रहेको उपत्यका अनुसन्धान कार्यालय काठमाडौँले जनाएको छ । पक्राउ परेका उनलाई प्रहरी आज सार्वजनिक गरेको हो । 
Weather Update