Shittalpati
नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ
नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । 
ठगी गर्ने तीन जना पक्राउ
ठगी गर्ने तीन जना पक्राउ वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । 
भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ
भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ पाल्पाबाट अवैध रुपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीबास तर्फ ल्याउँदै गरेका सात गाई मरेका छन् । तस्करले अवैध रुपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबास तर्फ ल्याउँदै गरेका गाई बाटोमै मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए । 
बीपीको सम्झना
बीपीको सम्झना नेपालको राजनीतिक इतिहासका एक चर्चित पात्र बीपी कोइरालालाई वर्षमा तीन पटक विशेष स्मरण गर्ने गरिन्छ । खासगरी बीपीले स्थापना गरेको दल नेपाली काँग्रेसले बीपीको जन्मजयन्ती, स्मृति दिवस र मेलमिलाप दिवसलाई औपचारिक तवरमा मनाउँदै आएको छ ।
गौं हत्याको विरोधमा तानसेनमा सद्भाव  र्‍याली  
गौं हत्याको विरोधमा तानसेनमा सद्भाव  र्‍याली   धरानमा भएको गौं वंश हत्याको विरोधमा हिन्दुवादी संघ संस्थाको आयोजनामा आइतबार  तानसेनमा  शान्तिपूर्ण सद्भाव र्‍याली निकालिएको छ ।
पाल्पामा आत्महत्या चुनौती बन्दै, रोकथामका लागि कसले के गर्ने ? 
पाल्पामा आत्महत्या चुनौती बन्दै, रोकथामका लागि कसले के गर्ने ?  पाल्पामा आत्महत्या चुनौतीको रुपमा देखा परेको छ । आत्महत्या गर्नेक्रम वर्षेनी बढेको अवस्थामा त्यसलाई न्यूनिकरण गर्न अपनाइएका सबैखाले प्रयास असफल हुँदै जाँदा यो चुनौतीका रुपमा देखा परेको हो । जानी जानी ज्यान फाल्ने अर्थात् आत्महत्या गर्नेक्रम नरोकिँदा सरोकारवाला निकाय चिन्तित छन् भने शोकमा डुब्ने परिवार सदस्य बाँचुञ्जेल कलंकको टीका लाउन...
आज बीपी जयन्ती : सम्झनामा पाल्पा, गुल्मीसहित देशभर कार्यक्रम हुँदै
आज बीपी जयन्ती : सम्झनामा पाल्पा, गुल्मीसहित देशभर कार्यक्रम हुँदै प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली काँग्रेस र पार्टीका भ्रातृ संगठनले देशभर कार्यक्रम तय गरेका छन् । पाल्पा र गुल्मी काँग्रेसले बीपी जयन्तीका लागि एक हप्ता अघि नै कार्यक्रम सार्वजनिक गरेको थियो ।  
श्रीनगर उपशाखाले मनायो प्राथमिक उपचार दिवस
श्रीनगर उपशाखाले मनायो प्राथमिक उपचार दिवस नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा तानसेनले विश्व प्राथमिक उपचार दिवस मनाएको छ । हरेक बर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिवार विश्व रेडक्रसकर्मीहरूले विश्व प्राथमिक उपचार दिवस मनाउदै आएका छन् ।
निजामती सेवा दिवसको अवसरमा तानसेनमा रक्तदान
निजामती सेवा दिवसको अवसरमा तानसेनमा रक्तदान २० औं निजामती सेवा दिवसको अवसरमा पाल्पाको तानसेनमा रक्तदान कार्यक्रम गरिएको छ । कर्मचारी मिलन केन्द्रको आयोजना र लुम्बिनी मेडिकल कलेज प्रभासको प्राविधिक सहयोगमा सो कार्यक्रम गरिएको हो ।
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । शुक्रबार बिहान वालिङ नपा–६ रसखोलास्थित आमडालीका ३६ वर्षीय यमबहादुर थापाको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
आज साक्षरता दिवस मनाइँदै
आज साक्षरता दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर ८ का दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने गरिन्छ । युनेस्कोले सन् १९६५ नोभेम्बर १७ मा सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवस घोषणा गरेको हो । 
तानसेनमा निकालियो अमरनारायणको रथयात्रा
तानसेनमा निकालियो अमरनारायणको रथयात्रा जिल्लाको सदरमुकाम तानसेनमा अमरनारायणको रथयात्रा निकालिएको छ । तत्कालीन समयमा सेन राज्य पाल्पा नेपालमा राज्य विलय भएपछि पाल्पाको कमाण्डर भएपछि काजी अमरसिंह थापाले नारायणको कलात्मक मन्दिर निर्माण गरी हरेक वर्ष तानसेनमा जात्रा निकाल्ने प्रचलन अनुरुप यस वर्ष विहीबार निकालिएको हो ।
Weather Update