Shittalpati
प्रेस चौतारी पाल्पाको दोस्रो साधारणसभा रामपुरमा
प्रेस चौतारी पाल्पाको दोस्रो साधारणसभा रामपुरमा प्रेस चौतारी नेपाल पाल्पा शाखाको दोश्रो साधारण सभा रामपुरमा भएको छ । चौतारीले एक समारोहकोबिच साधारण सभा गरेको हो । सभाको प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले उद्घाटन गरेका हुन् ।
पर्यटकको बसाइ लम्ब्याउने रामपुरको चिन्ता
पर्यटकको बसाइ लम्ब्याउने रामपुरको चिन्ता कालीगण्डकी सभ्यतासँग जोडिएको स्थलसमेत हो पाल्पाको पर्यटकीय गन्तव्य रामपुर । भूगोलले चिटिक्क सजिएको वरपर डाँडाकाँडाले घेरिएको काठमाडौँ उपत्यकाकै झल्को दिने गन्तव्य पनि हो यो । लामो समयसम्म सडक सञ्जालले नजोडिँदा मौलिक पहिचान नै कताकता हराए जस्तै बनेको यो स्थल सडक पूर्वाधारकै अभावमा लामो समयसम्म विकासमा पछि परेको थियो ।
पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा अन्याय हुने गरी काम हुँदैन : अध्यक्ष लम्साल 
पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा अन्याय हुने गरी काम हुँदैन : अध्यक्ष लम्साल  नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा अन्याय र अपमान हुने गरी काम नहुने बताएका छन् ।
नेपाल शिक्षक संघ पाल्पाको जिल्ला प्रतिनिधि सभा , उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै रैनादेवी छहरा शिक्षक संघ सम्मानित  
नेपाल शिक्षक संघ पाल्पाको जिल्ला प्रतिनिधि सभा , उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै रैनादेवी छहरा शिक्षक संघ सम्मानित   नेपाल शिक्षक संघ पाल्पाको २३ औँ जिल्ला प्रतिनिधि सभा भएको छ । तानसेनमा एक  औपचारिक कार्यक्रम गरी संघले सभा गरेको हो । 
लिम्बू भाषाको वंशावली सार्वजनिक
लिम्बू भाषाको वंशावली सार्वजनिक लामो समयको खोज अनुसन्धानपछि फेम्सोहाङ लिबाङ (लिम्बू) समुदायको वंशावली सार्वजनिक भएको छ । दश वर्षको अनुसन्धानपछि शुक्रबार मोरङको पथरीशनिश्चरेमा उक्त वंशावली सार्वजनिक गरिएको हो । साँवा वंशावलीका अध्यक्ष धनप्रसाद साँवाको प्रमुख आतिथ्यमा  वंशावली सार्वजनिक भएको थियो ।
सरकारले तीन दिन प्रजातन्त्र दिवस मनाउने
सरकारले तीन दिन प्रजातन्त्र दिवस मनाउने सरकारले आउँदो फागुन ७ को ऐतिहासिक दिनको महत्वलाई जनस्तरमा पु¥याउन तीन दिनसम्म विविध कार्यक्रम आयोजना गर्ने भएको छ । सरकारले फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गरी भव्य रुपमा प्रजातन्त्र दिवस मनाउने भएको हो ।
अब सबै पालिकामा हुलाक, १ हजार ६ सय ३६ दरबन्दी खारेज
अब सबै पालिकामा हुलाक, १ हजार ६ सय ३६ दरबन्दी खारेज सरकारले हुलाक सेवा सबै पालिकाहरुमा विस्तार गर्ने भएको छ । संगठन संरचना परिवर्तन गर्दै सरकारले हुलाक सेवालाई पालिकाहरुमा विस्तार गर्ने भएको हो ।
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आयोगको चासो
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आयोगको चासो प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेशबमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेकोे बताएका छन् । अदालतले २०७४ चैत ७ गते उक्त आदेश दिएको थियो ।
अपहरण गरेर सात लाख फिरौती माग्ने दुई पक्राउ
अपहरण गरेर सात लाख फिरौती माग्ने दुई पक्राउ नुवाकोटको ककनी गाउँपालिका–४ का सूर्यबहादुर तामाङलाई अपहरण गरेर रु सात लाख फिरौती लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा जिल्लाको ककनी गाउँपालिका–४ का राजकुमार तामाङ र शिवपुरी गाउँपालिका–८ का चन्द्रबहादुर तामाङ रहेका छन् ।
आजदेखि इ–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु
आजदेखि इ–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु अध्यागमन विभागले आजदेखि ई–भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ । आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरे । 
बेसहाराको सहारा बन्दै ‘अभियान नेपाल’
बेसहाराको सहारा बन्दै ‘अभियान नेपाल’ तानसेनमा रहेको अभियान नेपाल बेसहारा परिवारको सहारा बन्दै गएको छ । सडकमा बेवारिसे अवस्थामा भेटिएका हुन् वा बाबु आमा नभएका बालबालिका र मानसिक सन्तुलन गुमाएका व्यक्ति नै किन नहुन् उनीहरुको उद्दार र व्यवस्थापनमा अभियान नेपाल विगत २१ वर्षदेखि सहारा बन्दै आएको हो ।
स्याङ्जामा पर्यटन पूर्वाधारका ४५ योजना सञ्चालनमा
स्याङ्जामा पर्यटन पूर्वाधारका ४५ योजना सञ्चालनमा स्याङ्जामा चालु आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माण सम्बन्धी ४५ योजना सञ्चालनमा रहेका छन् । गण्डकी प्रदेश सरकारले स्याङ्जाका ४५ योजना निर्माणका लागि बजेट विनियोजन गरेसँगै पर्यटन पूर्वाधार निर्माण थालिएको हो । 
Weather Update