नायव सुब्बासहित लेखापढी व्यवसायमाथि आरोपपत्र दायर
बिहीबार, वैशाख ७, २०८०

१ सय ५९ वडामा अनलाइनबाट दर्ताका लागि पूर्वाधार छैन
बिहीबार, वैशाख ७, २०८०
देशभरका छ हजार सात सय ४३ वडामध्ये एक सय ५९ वडाले अझै अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्न नसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

उच्च अदालत तुलसीपुरको आदेशपछि पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोकियो
बिहीबार, वैशाख ७, २०८०
उच्च अदालत तुलसीपुरको आदेशपछि पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोकिएको छ । पाल्पा दरबार परिसरका संरचना सम्बन्धमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले छलफलका लागि बोलाएसँगै तानसेन नगर सरकारले संरचना भत्काउने कार्य रोकेको हो ।

भत्काइयो पाल्पा दरबार क्षेत्रका ५७ घरटहरा
बिहीबार, वैशाख ७, २०८०
तानसेन नगर सरकारले ऐतिहासिक पाल्पा दरबार संग्रहालय क्षेत्रका घरटहरा डोजर लगाएर भत्काएको छ । नगर सरकारले दरबार संग्रहालय परिसरको तानसेनस्थित शित्तलपाटी मूलढोका र तेस्रो सडक दरबार क्षेत्र वरपर रहेका ५७ घरटहरा बुधबार भत्काएको हो । दरबारलाई सुन्दरता प्रदान गरी विश्व पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउने उद्देश्यले यहाँका सरकारी संरचनामा नगर...

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन स्थानीय सरकारसँग छलफल
बिहीबार, वैशाख ७, २०८०
लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन पाल्पाका स्थानीय सरकारसँग छलफल गरेको छ । मन्त्रालयले तानसेनमा स्थानीय तहका जनप्रतिनिधी तथा प्रमुख प्रशासकीय अधिकृतहरुलाई राखेर छलफल गरेको हो ।

रेचेघाटमा पक्की पुल निर्माण
बिहीबार, वैशाख ७, २०८०
पाल्पाको विकट क्षेत्र निस्दी गाउँपालिका–६ र पूर्वखोला गाउँपालिका–१ जोड्ने निस्दीखोलाको रेचेघाटमा पक्की पुल निर्माण गरिएको छ । जय नेपाल कम्पनी विवेककुमार निर्माण सेवा प्रालि, स्याङ्जाले ठेक्का लिएको उक्त पुल कुल चार करोड ४८ लाखको लागतमा निर्माण गरिएको हो ।

सिटिजन्स बैंकले दियो तानसेन बहुमुखी क्याम्पसलाई पंखा
बिहीबार, वैशाख ७, २०८०
सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेड तानसेन शाखाले तानसेन बहुमुखी क्याम्पसलाई पंखा दिएको छ । बैंकले १६ औं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत क्याम्पसलाई ७ थान पंखा दिएको हो ।

रिब्दीकोटको जंगलमा एक वृद्ध मृत फेला
बुधबार, वैशाख ६, २०८०
जिल्लाको रिब्दीकोट गाउँपालिकाको एक जंगलमा वृद्ध मृत फेला परेका छन् । रिब्दीकोट गाउँपालिका–५ ढकाल टोलका ६३ वर्षीय राजकुमार घिमिरे घर नजिकै रहेको भैरव सामुुदायिक वनमा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

सेनाको गोरखा–जितगढी पदयात्रा
बुधबार, वैशाख ६, २०८०
नेपाली सेनाले चैत २९ गतेदेखि गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको छ । ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्ग लगायतका धरोहरको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने तथा सैनिक ईतिहासको जगेर्ना गर्ने उद्देश्यले सेनाले पदयात्रा शुरू गरेको हो ।

महिला सक्रियतामा भजन : हट्दै अल्छीपन, हलुङ्गिदै मन
बुधबार, वैशाख ६, २०८०
अधिकांश भजनकिर्तनमा पुरुषको वर्चस्व पाइन्छ । पुरुष समूहमा सहभागी भएर विभिन्न स्थानमा भजन गाउने गर्छन् । महिला सहभागिता कमै देखिन्छ । वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय रहेको राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधाममा राधे भजनमा महिलाको सक्रियता छ ।

पाल्पाली संगमले काठमाडौँमा महोत्सव गर्दै
मंगलबार, वैशाख ५, २०८०
पाल्पाबाट विभिन्न पेशा व्यवसाय, अध्ययन र रोजगारको शिलशिलामा काठमाडौंमा बस्दै आएका पाल्पालीहरुको साझा संस्था पाल्पाली संगमले काठमाडौंमा महोत्सव गर्न लागेको छ । संगमले स्थापना दिवसको अवसरमा काठमाडौँमा पाल्पा महोत्सव २०८० आयोजना गर्न लागेको हो ।
कानुन सिक्दै रामपुरका जनप्रतिनिधि
मंगलबार, वैशाख ५, २०८०
स्थानीय तहमा कानुनी ज्ञानको कमीले कार्यसम्पादनमा अलमल र अन्योल सिर्जना भइरहेका बेला पाल्पा रामपुर नगरपालिकाका जनप्रतिनिधिहरूले कानुनी प्रक्रियाको विषयमा जानकारी लिन थालेका छन् । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सहकारी मन्त्रालयले रामपुरमा तालिम दिइरहेको छ । दुुई दिनसम्म चल्ने सचेतनामूलक कार्यक्रम सोमबारदेखि सुरु भएको हो ।

कालीगण्डकी नदी किनारमा एक महिला मृत फेला
सोमबार, वैशाख ४, २०८०
कालीगण्डकी नदी किनारमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको रामपुर नगरपालिका –घोप्टेघाटस्थित कालीगण्डकी नदीको किनारमा स्याङ्जा चापकोट नगरपालिका–८ दामाचौरकी ५३ वर्षीया सरस्वती पाठक सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।