समाजसेवी भारतीको निधन
मंगलबार, कात्तिक १४, २०८०
गुल्मीको मालिकामा विजुली सट भई बंगालोमा आगलागी
मंगलबार, कात्तिक १४, २०८०
गुल्मीमा बंगालोमा आगलागी हुँदा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला मालिका गाउँपालिका वडा नम्बर– ६ फुलबारीका रामप्रसाद भण्डारीको बङ्गालोमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
नेपालका करिब ६० प्रतिशत घर एकतले
सोमबार, कात्तिक १३, २०८०
नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरणअनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर छन् ।
फरार अभियुक्त पक्राउ
सोमबार, कात्तिक १३, २०८०
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणका क्रममा शौचालयबाट भागेका अभियुक्त पुनः पक्राउ परेका छन् ।
गाउँघरमा देखिन छाडे पिङ
सोमबार, कात्तिक १३, २०८०
दसैं भन्ने बित्तिकै सबैलाई पिङको सम्झना आउँछ, तर चाडपर्वको रौनक बढाउने लिंगे पिङ पछिल्लो समय विस्तारै हराउँदै गएको छ । चचहुइय्य भन्दै दसैं–तिहारसम्मै खेलिने पिङ देखिन छाडेका छन् । केही समय अघिसम्म दसैंको नवदुर्गा सुरु भएपछि गाउँदेखि सहरसम्म पिङको माहोल देखिन्थ्यो ।
गुल्मीको सराय नाच संरक्षणमा युवा
सोमबार, कात्तिक १३, २०८०
गुल्मीका युवा पछिल्लो समय ऐतिहासिक सराय नाच संरक्षणमा जुटेका छन् । परम्परागत रुपमा खेलिँदै आएको सो ऐतिहासिक सराय नाच लोप हुँदै जान थालेपछि यहाँका युवा संस्कृतिको संरक्षणका लागि जुट्न थालेका हुन् ।
पाल्पामा नयाँ नोट लिन सर्वसाधारणलाई सास्ती
शुक्रबार, कात्तिक ३, २०८०
दसैँका लागि नयाँ नोट साट्न राष्ट्रिय वाणिज्य बैंक तानसेनस्थित शाखामा पुगेका तानसेन–५ कैलाशनगरका दिपक अधिकारीले ३ घण्टा कुरेर नयाँ नोट पाए । बिहीबार बिहान बैंक पुगेका उनले नयाँ नोट साट्न विहानभर लाइन बस्नुपर्यो ।
दसैँमा चङ्गा उडाउने संस्कृति हरायो
शुक्रबार, कात्तिक ३, २०८०
दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन । दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ ।
दसैँमा मौसम सामान्यतया सफा रहने
बिहीबार, कात्तिक २, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
आज दसैँको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै
बिहीबार, कात्तिक २, २०८०
आज बडादसैँको पाँचौं दिन देवी स्कन्दमाताको पूजा–आराधना गरेर मनाउँदै छ । दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरी मनाउन लागिएको हो ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
बुधबार, कात्तिक १, २०८०
लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रदेशका रूपन्देही, दाङमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो ।
दसैँको मुखमा छोइनसक्नु महँगी
बुधबार, कात्तिक १, २०८०
दसैँ नजिकिँदै गर्दा महँगी अचाक्ली बढेको छ । दसैँको मुखमा चामल, हरियो तरकारी, खाने तेल, लत्ताकपडा र जुत्ताको मूल्य अत्याधिक बढेको हो । बजारमा दसैँको किनमेल सुरु भएको छ । तर बजारभाउ महँगो हुँदा उपभोक्ता दसैँको सरसामान कसरी जुटाउने भन्ने अन्योलमा छन् ।


