Shittalpati
रूखबाट लडेर एक महिलाको मृत्यु
रूखबाट लडेर एक महिलाको मृत्यु जिल्लाको बगनासकाली गाउँपालिका –९ फक्टुङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । 
रामपुरका विद्यालय गर्मी बढेपछि बन्द
रामपुरका विद्यालय गर्मी बढेपछि बन्द अत्याधिक गर्मी बढेपछि पाल्पाको रामपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण शैक्षिक संस्थामा विदा दिएको छ । गर्मीका कारण विद्यालय सञ्चालनमा कठिनाइ भएकोले ५ दिन विदा दिइएको रामपुर नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
आज विश्व बालश्रम विरुद्धको दिवस
आज विश्व बालश्रम विरुद्धको दिवस विश्व बालश्रम विरुद्धको दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ । बालश्रमविरुद्ध आइएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्यूनतम उमेरसम्बन्धी महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रमविरुद्धको दिवसका रूपमा मनाउन थालिएको...
तानसेनमा ‘रक्तदान जीवनदान’ विषयक वक्तृत्वकला
तानसेनमा ‘रक्तदान जीवनदान’ विषयक वक्तृत्वकला जिल्लाको तानसेनमा ‘रक्तदान जीवनदान’ विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी श्रीनगर युवा रेडक्रस सर्कलको आयोजनामा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता भएको हो ।
चण्डी सामुदायिक पुस्तकालयको अध्यक्षमा पुनः न्यौपाने
चण्डी सामुदायिक पुस्तकालयको अध्यक्षमा पुनः न्यौपाने तानसेन नगरपालिका –१ मा रहेको चण्डी सामुदायिक पुस्तकालयको अध्यक्षमा पुनःसूर्य प्रसाद न्यौपाने चयन भएका छन् । पुस्तकालयको दोस्रो साधारणसभा तथा  प्रथम अधिवेनले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो ।
मनसुन भित्रिन अनुकूल वातावरण बन्दै
मनसुन भित्रिन अनुकूल वातावरण बन्दै पछिल्लो डेढसाता मुलुकका धेरै स्थानमा अधिकतम् तापक्रमले नयाँ कीर्तिमान राख्दा बढेको अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको थियो । गर्मीका कारण तराई–मधेशमा कृषिदेखि आम मानिसको जनजीवन अस्तव्यस्त हुँदा संसद्देखि सामाजिक सञ्जालसम्म विभिन्न प्रतिक्रिया र आवाज उठेका थिए ।
रामपुरका शिक्षकलाई उत्प्रेरणामूलक कार्यशाला
रामपुरका शिक्षकलाई उत्प्रेरणामूलक कार्यशाला जिल्लाको रामपुर नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरुका लागि उत्प्रेरणामूलक कार्यशाला सञ्चालन गरेको छ । नगरको शिक्षा शाखाले नगरका भित्रका प्राथमिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुका लागि एक दिने उत्प्रेरणात्मक कार्यशाला सञ्चालन गरेको हो ।
रामपुरमा अवैध मल भण्डारण गरी राखेको भेटियो
रामपुरमा अवैध मल भण्डारण गरी राखेको भेटियो जिल्लाको रामपुर नगरपालिका –५ बेझाडमा अवैध रुपमा रासयनियक मल भण्डारण गरी राखेको फेला परेको छ । शनिबार रम्भा गाउँपालिका –१ हुँगीमा अवैध मल बरामत गरेको केही समयमै रामपुरको बेझाडस्थित विजय श्रेष्ठको ४ तले पक्की घरको भुुई तलाको सटरमा अवैध मल भण्डारण गरी राखेको फेला परेको हो ।
पाल्पामा सामुदायिक विद्यालयका कर्मचारीहरु आन्दोलनमा
पाल्पामा सामुदायिक विद्यालयका कर्मचारीहरु आन्दोलनमा पाल्पाका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु कामकाज रोकेर आन्दोलनमा उत्रिएका छन् । सरकारले आफ्ना मागहरु नयाँ बजेटमा पनि सम्वोधन नगरेपछी विद्यालय कर्मचारीहरु कडा आन्दोलनमा उत्रिएका हुन् ।
बुटवल–पाल्पा बसन्तपुर केबुलकारको प्रधानमन्त्रीले गरे उद्घाटन
बुटवल–पाल्पा बसन्तपुर केबुलकारको प्रधानमन्त्रीले गरे उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुटवल–पाल्पा बसन्तपुर केबलकारको औपचारिक उद्घाटन गरेका छन् । आइएमई समूहको लगानीमा सञ्चालित लुम्बिनी केबलकारको बिहीबार ताम्रपत्र अनावरण गरी विधिवत रुपमा थालनी गरेका हुन् ।
विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द
विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ । बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको...
बुटवलका मासु पसलमा अनुगमन
बुटवलका मासु पसलमा अनुगमन भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएभारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशङ्कामा बुटवल उपमहानगरपालिकाले मासु पसल र ‘सप्लायर्स’मा अनुगमन थालेको छ । उपमहानगरपालिकाले भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा मासु र मासुजन्य पदार्थ भित्रिएको सूचनाका आधारमा बुटवलका मासु पसलमा अनुगमन थालेको हो । को आशङ्कामा...
Weather Update